< Yohana 2 >

1 nivi u tra wa a wuce igran iri a heni cana u Galili u yi yesu a hei niki
तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
2 ba hla ni yesu di almajeranma ndu ba hi ni igan ugran
येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।
3 u lman inabin a kle u yi yesu hla ni wu iba na he ni iman inabin na
दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।”
4 yesu hla niwu iwa ahi ge ka krji u ye nime? iton mu na tsra rina
येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”
5 iyima a hla ni miri bi nduma ko a hla ni nduyi tie gen bika tie u ndu bari ba he niki ni tita tan ne
उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।”
6 iwa yahudawa ba tie ndu niwa ni igan ba u tsarka ke ko rime ni mi mba ni ban durom iri
यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए।
7 iwa hla ni bawu suru man shu ni indun ba uba suruman shu mba pleleme
येशूले सेवकहरूलाई भन्‍नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
8 iwa hla ni bi ndu ba tie ni mima hi no nikon ugan u ba tie nakima
त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।” तिनीहरूले त्यसै गरे।
9 nikon u igan a vu ma hla toh wa a katie ima ina bin wana toh iwurji wa a rji a na iwa to
जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए,
10 na hla niwu ko nha niga ma inabin ndi ndi ni mumla nduba so kle rikiko ba nji iwa a lolomey ye ni kokon iwu u ma ndindi zi sei zizan
र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।”
11 iwayi a hi gban u mumlan wa yesu tie ni cana galili na tsoro dauka ka ma amajeran ma ba kpayenme ni tiea
येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।
12 ni kle ki yesu ni yinman ni miri vayima ni almajeran ma ba hi kafarnahum na ka sori niki tie vi bari
यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो।
13 igan u zagran idina tie whire u yesu a hon hi ni uri shaliman
यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो।
14 a ka toh bi le ni lando ni ik rju ni tantabaru ni bi siran iklen ba son niki
उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो।
15 iwa tie gbugban ni rjirji na zuba rju wawu ni mitara u rji ni nitman ni lando na vu glengbe in klen vara hlega ni bi saran klen na kpa tabru a zie lega
तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्‍काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो।
16 a hla nibi le ni tan tabara vu kpie bi yi rju niwa yi bi kako itiemu tie chuchuu lea ni kpie
उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!”
17 u alma jeran ma ba tika andi ba nha nhan zindi to iko me ni irime kle
उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: “तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।”
18 binikon ni yahudawa ba batre niwu a a hi gban geri u ya tsoro ta ni tu ikpe wa u si tie mba
त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?”
19 yesu sa nibawu zie tra rji yi mi merie ni mi ivi tra
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”
20 ubi mikon yahudawa ba tre ba tie ise arabayin don tannen riko na nme trarsi a kle u ri ban ivi tra yin ni nme koa?
तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?”
21 ama asita tra itra u kpa ma mu
तर उहाँले भन्‍नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो।
22 nikogon wa a ta shimen ni beh almajeran ma ba lu tika ndi ana hla naki uba kpayemen ni nasi ni lantre wa yesu a hla
उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्‍नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्‍वास गरे।
23 ngari aheni urushelima ni idi gbugbuu ba kpayemen ni iden ma ni wa ba igban wa a tie
अब निस्तार चाडको भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे। अनि उहाँको नाममा विश्‍वास गरे।
24 yesu na kpayeme ni bana atoh bawauu
तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन। किनकि उहाँले सबै मानिसहरूलाई चिन्‍नुहुन्थ्यो।
25 ana son ndu dio shaida ma ni tu indi na nitu wa a toh kpe wa a he mi ndi
उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन; किनकि मानिसको मनभित्र के छ, त्यो उहाँले जान्‍नुहुन्थ्यो।

< Yohana 2 >