< Yohana 19 >

1 U Bilatus tsi Yesu ni panlan.
तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।
2 Soja ba chan inchon tie na u bi ta chu. Ba ban son ni Yesu nitu nda sru nklon u bi chu niwu.
सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए ।
3 Ba wlu ye niwu, nda tre, “Ndu Irji ziwu gbron nkon, Ichu Yahudawa!” nda wru'u.
तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।
4 U Bilatus la kma rju ye ra nda hla, “To mba, mi nji wu ni ye ni yiwu ni ra ndu yi toh ndi mi na vu ni lahtre na.”
तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।”
5 U Yesu a rju hi ni ra ni nchon tu chu'a ni tuma. Bilatus a tre, “Toyi, ngye ndji'a yi.”
त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्‍त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!”
6 Ni Pristoci bi ninkon-ninkon ma ni bi no chu'a mren ba to Yesu, u ba lu ni tre gbangban me, u du ba giciye wu, ndu ba giciye wu.” U Bilatus hla bawu, “Ban hi giciye, ime me mina to ni lahtre ni kpeti na.”
जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”
7 U Yahudawa ba hla niwu, “Ai ki he ni tron, ni du tron abi ni ndu kwu ni tu wa ka tuma tie Vren Irji.”
यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”
8 Wa Bilatus a wo naki na tie sissri kpukpome.
जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,
9 Wa la lu ri hi ni trangon, u gona minye Yesu, “U rji ni ntsen?” u Yesu na la sa niwu ngana.
अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
10 U Bilatus tre ni wu, u na sa nimu na? Una to ndi me he ni gbengblen wa mi kpa'u chuwo a na, ni la giciye niwu na?
तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?”
11 Yesu hla niwu, “Ai u na he ni gbengble na se ka ba no gbengble rji ni shu. Niti ki, indji wa a ka nowu a zan ni lahtre.”
येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
12 Niwo wu naki, u Bilatus ni wa gon wa ani chuwu chuwo, u Yahudawa ba ba lu tre ngban me andi, “U ta ka guyi chuwo, una ikpan Kaisar na, indji wa a ka tuma tie chu, a kpa Kaisar tsri.”
यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।”
13 Ni wa Bilatus a wo bi tre mba wa ba si tre'a, na nji Yesu rju ni hra na kuson ni riron ma ni bubu wa ba yo ndi, tragon u bla tre ni Yahudawa ba yo, “Gabbata.”
जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे ।
14 U ni vi kima ba mla ki ti ni gben idin u za gran, ni nton krifi tanne mba ni gbengbe rji. Bilatus hla ni Yahudawa “yayi, ingye Ichu mbi!”
निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!”
15 U ba lu yra gro, ndu ba njiwu hi, ndu ba njiwu hi, ndu ba giciye niwu, Bilatus minye ba, “Mi giciye ni Chu mbi?” Pristoci bi ninkon ba tre, “Kina he ni ichu rina se Kaisar.”
तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”
16 U Bilatus a ka Yesu chuwo ni bawu ni ndu ba hi giciye wu.
तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
17 U ba nji Yesu na hi, na ban giciye'a kima, ni hi ni bubu wa ba yo, “Bubu kwukwu ni Yahudawa mba (Golgota).”
तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ ।
18 U ba giciye niki, ni indji hari bari, iri ni ko ni nhama ko rime, Yesu mba he ni tsutsu.
त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।
19 Bilatus mba nha yo gban nitu giciye. Niki ba nha ndi: “YESU U NAZARET, ICHU YAHUDAWA.
पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा ।
20 Yahudawa gbugbuwu ba krawu igban nitu bubu wa giciye Yesu i whewhre ni mi gbu. Yo gban a he ni l'be Yahudawa, ni Romawa, ni Helenawa.
यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो ।
21 U Pristoci bi ninkon bi Yahudawa ba ndi, ndu na nha ndi Ichu Yahudawa na, u tre, 'Iwa yi tre ndi, “Ime yi Mi Chu Yahudawa.'””
तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्‍नुहोस् ।”
22 Bilatus tre, “Ikpe wa mi nha mi nha naki.”
पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ ।”
23 Ni kogon wa soja ba giciye Yesu, u ba ban nklon ma, nda y'ba ga'u tie nhama nzah, ko nha niwu ma, ngbala, u nklon ba na wran na ba ka klo ki klo ni shu ye ni meme.
सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए । हरेक सिपाहीको लागि एक-एक भाग पर्‍यो र लबेदा पनि । अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो ।
24 U ba hla ni kpamba, kina y'ba nklon na, ye ki ta chacha ni tuma ni to indji wa ani ban wu. Ba tie naki ni ndu lan tre Irji ndu shu wa a tre ndi, “Ba ga nklon Mu ni kpamba, na ta chacha nitu nklon Mu.” Wayi a kpe wa Sojoji ba tie.
तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले ।”
25 Iyii Yesu, u vayi yima vren wa, Maryamu iwa Klofas, ni Maryamu Magdaliya ba kri whi ni giciye u Yesu'a.
सिपाहीहरूले यी कुराहरू गरे । येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए ।
26 Niwa Yesu a toh yima ni vren koh ma wa ani son'a, ba kri whewhre, a hla ni Yi Ma, “Iwa, toh Vren me!”
जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!”
27 Nda hla ni almajiri, “To, Iyi me!” Rji ni nton kima ivren koh ma a njiwu nda hi ni koh ma.
तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे ।
28 Ni kogon kima, ni toh ndi ko ngyeri a tie kleye, u ni ndu lantre Irji'a he towa ba hla, Yesu a tre ndi, “Hlan mma ni tie Me.”
यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”
29 Ni ngbala ko mba imma inabi a he ngbala shu ni gbu lan nda sa yra, u ba ka soso sun ni mi imma inabi wa'a sayra na lowu ni kpala na zu ka sun ni wu ni nyu.
अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो । त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए ।
30 Niwa Yesu mah imma wa a sayra, na tre, “A kle.” Na ka tu ma ti grji na chu vri ma.
जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो ।
31 U Yahudawa, ba to a hi vi u mlati mati, bana son ni ndu kpon'a kru ni giciye'a na, ni nton u idin na (idin'a a vi u ndindima) (special), u ba bre Bilatus ni ndu nzi za mba ni grji ba zi.
यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्‍ने हेतुले (किनकि शबाथ महत्त्‍वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे ।
32 U soja ba ye nzi za indji u mumla na nzi wu ha waba giciye ba baba Yesu.
तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए ।
33 U ba ye nitu Yesu na to nda a kwu ye, u bana nzi za mana.
जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे । त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन् ।
34 Naki me, iri ni mi soja ba, akama na tu bu ni mashi ni san, hihari me iyi mba mma ba rju.
तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो ।
35 Indji wa to iki'a, wawu yi shaida, shaida ma a u njanji. A to ndi ikpe wa a tre a njanji ni ndu yi me kpa nyeme.
जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन् छन्, र तिमीहरूले विश्‍वास गर ।
36 Ba ti naki ni ndu lantre ma, ndi shu, “kwukwu ma riri me bana mre na.”
यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।”
37 U lan tre ri tre, “Ba ya indji wa ba t'bu'a.”
फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”
38 Ni kogon biyi, Yusufu igu u Arimatiya, wa ahi almajiri Yesu (A riri, nitu sissri Yahudawa) a bre Bilatus ndu wawu gon ndu wawu ban k'mo Yesu. Bilatus no gon, u Yusufu ye ban ik'mo'a.
यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे ।
39 Nikodimus ngame aye, wa ni mumla a ye ni Yesu ni chu. A nji turare u myrrh mba aloes, a tiewhre lita deri ni ron ma.
निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए ।
40 U ba ban kmo Yesu na nyewu, ni pri ni kpi be nyen whi riro, ni ndu ba rju na wa du Yahudawa he.
त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे ।
41 Ni bubu wa ba giciye niwu la bu ri he niki, ni mi labu'a ibe ri a he ni ki wa bana rju ndrjori to na.
अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्‍तिलाई गाडिएको थिएन ।
42 Nitu wa a hi vi u mlati-mlati u Yahudawa, ibe'a he whewhre, u ba ka Yesu yo ni mi.
यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।

< Yohana 19 >