< Yohana 15 >

1 “Ime yi Mi nchi kunkro u njanji, u Ti mu ahi Indji u rju'a.
येशूले भन्‍नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ।
2 Ani gyen ko ilan rime rju ni kpa Mu wa ana klo'a na, iwaani klo'a ani mla'u tie ni ndu la klo babran me.
ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ।
3 Bi kpa tsatsra me ye, nitu wa Mi hla tre Mu ni yiwu ye.
मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ।
4 Bi ka son nimi Mu, ima Mi ka son ni mi mbi ngame, na wa ilan kunkro na ya klo kima na se ahe ni nchi konkro'a, na ni me bi na ya na se bi son ni mi Mu.
ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ।
5 Mi nchi kunkron u bi lan ma, indji wa a son ni Me'a Mi he niwu, ani klo gbugbuwu, inda u ta na he ni Me na, bina ya tie kperi na.
“दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ।
6 Indji wa ana son ni Me na, ba kawu taga na ilan kunkro wa ka klu baka kpulu ba sru na yo lu, baka gon tie nton.
यदि कोही ममा रहिरहँदैन भने त्यो हाँगाजस्तै मिल्काइन्छ, र त्यो सुक्छ; त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालिदिइन्छन्, र ती जलाइन्छन्।
7 U ta son ni Me, u lantre Mu son niwu, minye me ko ngyeri wa u son'a u Mi tie ni yiwu.
तर यदि तिमीहरू ममा रहिरह्‍यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ।
8 Ni naki, inde Timu ni fe gbre san; ni ndu yi klo babran, ni bi almajere Mu.
तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ।
9 Na wa Iti Mu ni son Me, anaki Ime me mi son yi. Bika son ni mi son Mu.
“पिताले मलाई प्रेम गर्नुभएझैँ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो।
10 U ta hu du mu, u sun ni mi son Mu nawa Mi hu du Iti Mu ni sun ni mi son ma.
जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ।
11 Mi tre kpe biyi ni yiwu ni ndu si sron Mu nda he ni yi, na ndu si sron a shu.
मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्!
12 Iwa yi a hi ndu Mu, ni ndu yi son kpa mbi na wa Mi son yi'a.
मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु।
13 Indrjori na he ni son ri zan wayi na - wa iri ni re (ivri) ma no ni tu kpukpan ma.
आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
14 Bi kpukpan Mu inde bi tie kpe wa Mi hla ni yiwu dun yi tiewu.
यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने तिमीहरू मेरा मित्रहरू हौ।
15 Mi na la yo yi tie igran ngana; igran na to kpe wa Iti koh ma ni tie'a na. Mi yo yi kpukpan Mu, ni kpe wa Mi wo ni Timu wawu, wu Mi dun yi to.
अब उसो म तिमीहरूलाई सेवक भन्दिनँ; किनकि सेवकलाई आफ्ना मालिकको कुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु।
16 Ana biyi bi chu Me na, a Me mi chu yi ni ton yi ni dun yi hi ni klo ni ndu klo mbi ndu ba toh naki iwa yi ni he naki, ni tu ko ngyeri bi minye Ti Mu ni mi nde Mu, ani no yi.
तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ; र तिमीहरूलाई सधैँ रहिरहने फल फलाउनलाई नियुक्त गरेँ। मेरो नाममा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ।
17 Mi yo yi ni ndu yi kpa nyeme ni kpa mbi.
मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर।
18 I gbungblu'a nita kama ni yi, bi ka to ndi a kama ni Me ri na kama ni yi.
“यदि संसारले तिमीहरूलाई घृणा गर्‍यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ।
19 Bini na u gbungblu'a, gbungblu'a ba ni son yi nawu mba. Ni wa bina u gbungblu; a na, Mi la juyi ni mi gbungblu'a, nitu ki gbungblu'a ni kama niyi.
तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।
20 Bi ka rimren ikpe wa Mi na hla ni yiwu'a, “Igran na zan tiko ma ni ninkon na.” Inde ba ti me di, biyi me ba tiyi di'a, inde ba hu tre mu, ba hu tre mbi ngame.
मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’ यदि तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्‍नेथिए।
21 Ba ti bibi kpe mba ni yiwu wawu ni tu inde Mu, niwa ba na toh indji wa a ton me na.
मेरो नामको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्। किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्।
22 Mi na ye tre ni ba na, ba na he ni lahtre na, u zizan, ba na he ni kpe u gbisron tu lahtre mba na.
म आएर तिनीहरूलाई नभनेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब आफ्ना पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन।
23 Indji wa a kama ni Me, a kama ni Ti Mu.
मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गर्दछ।
24 Mi na ye ti ndu kpe wa ko indrjori na ti bre ti na ni mi mba na, bana heni lahtre na, u zizan ba to ye, ba ka mba ni Me ni Ti Mu wawu.
पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्। तर अब तिनीहरूले यी अचम्मका कामहरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्।
25 Ba ti ngari ni ndu itre wa ba nha zi ni tron'a, 'Ba kamba ni Me migyen.
तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनलाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’
26 Indji u no si sron ni ta ye - wa Mi ton ye yiwu rji ni ti'a, ahi Ibrji u njanji (Ruhu Gaskiya), iwa a rju rji ni Ti'a aye, ani no gban (shaida) nitu Mu.
“जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्‍लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ।
27 Bi no gban nitu wa bi he yayi tun rji ni mumla.
अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।”

< Yohana 15 >