< Yohana 13 >

1 Igan idin tsatsra rigyen u ye, u Yesu to andi inton tsra wa a lu ni gbungblu hi ni Ti'a. Niwa ani son bi ma wa ba he ni gbungblu, a son ba ye ni kekle.
यो निस्तार चाडको अगिल्‍लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो।
2 Ibrji yo ni sron Yahuda Iskariyoti ivren Saminu, aka Yesu le.
बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो।
3 Ato ndi Iti a ka kongeri no ni woma, na rji ni Rji, ani la kma hi ni Rji.
पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्‍वरबाट आउनुभएको हो र परमेश्‍वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्‍ने येशूलाई थाहा थियो।
4 A lunde ni bubu ri biri, na ju kpima, na ban inklon u se ma kpa na ka kpa ma niwu.
त्यसकारण उहाँ भोजनबाट उठ्नुभयो, र आफ्ना बाहिरी लुगा फुकाल्नुभयो, र कम्मरमा एउटा तौलिया बाँध्नुभयो।
5 Wa sur ima ni konko na si ngla za ni almajere ma ba na se za ba wu ni inklon u se kpa wa a ka kpama niwu'a.
त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो।
6 Na ye ni Siman Bitrus, u Bitrus tre niwu, “Bachi, u ngla za mu me?”
जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?”
7 Yesu sa niwu na tre, “Ikpe wa mi si ti'a una to na zizan? U to ni ton u ye (ajima).
येशूले भन्‍नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।”
8 Bitrus hla niwu, una ti bre ngla za mu.” Yesu hla niwu, “Mita ngla niwu na, una he ni san me ni me na.” (aiōn g165)
पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।” (aiōn g165)
9 Siman Bitrus hla niwu, “Bachi, na ngla zamu migyen na, ngla womu ni tu mu.”
सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।”
10 Yesu hla niwu, “Indji wa a sukpa'a ana wa sukpa na, se ka ngla za, wa ahi tsatsra ndji wawu bi tsatsra, ama ani wawu mbi na.
येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।”
11 (Yesu a to indji wa ani kawu le, kima sa wa tre naki, ana wawu mbi bi tsatsra na).
किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्‍नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्‍नुभयो।
12 Ni kokon wa Yesu ngla za bawu, a ban konlon ma na kuson ngari, na hlabawu, “Bito kpe wa mi ti ni yiwu'a?
चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ?
13 Bi yo me ni 'Mala' ni 'Bachi,' u bi yo me tsra, a naki mi he.
तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ।
14 U to Me wa mi Bachi ni Mala, u mi ngla za mbi, biyi ngame bika ngla za ni kpambi.
प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ।
15 U mi tsro yi misali, ni ndu ti na wa mi tie ni yiwu.
मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर।
16 Gbigbi njanji mi si hla ni yiwu, igran na zan tiko ma ni ninkon na, ivren u ton ndu ana zan indji wa ton'u ndu ninkon na.
म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन।
17 Bita to kpi biyi, bi-bi lulu ni nde bi ti ba.
अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ।
18 Mi na si tre yi wawu na; Mi to biwa mi chu ba'a - nitu ndi nassi tsra indji wa a tan bredi a tayar nimu.
“तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’
19 Mi si hla wa yi ni yiwu zizan ri ni ndu ka ti naki ni ndu yi ka kpa-nyeme ni me ni nton wa ani ti naki'a.
“यस कुरालाई त्यो हुनुभन्दा पहिले नै तिमीहरूलाई भनिदिएको छु, ताकि यो पूरा भएपछि तिमीहरूले म उही नै हुँ भनी विश्‍वास गर्नेछौ।
20 Njanji, njanji, mi si hla ni yiwu, indji wa a kpa ndi wa mi ton'wu, ahi Me a kpa, indji wa a kpa Me, a kpa Indji wa a ton Me.
म तिमीहरूलाई साँच्‍चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।”
21 Ni kogon wa Yesu tre naki, na lo sron ni (Ruhu), na ti gban (shada) andi, gbigbi njanji, mi si hla ni yieu ndi iri ni mibi ani le ni me.”
यति भनिसक्नुभएपछि येशू आत्मामा धेरै व्याकुल हुनुभयो, र उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।”
22 Almajire ba ba kma ya kpa mba, na ni tamre, ka ahi nha ni mi mba a si tre ni tu ma.
उहाँले कसलाई भन्‍नुभएको हो भनेर अलमलमा परी चेलाहरूले एक-अर्कालाई हेराहेर गरे।
23 Iri nimi almajire ma, wa Yesu ni son, ahe ni tebru, na kunyre ni san Yesu.
येशूले प्रेम गर्नुहुने चेला उहाँकै छेउमा अडेस लागेर बसिरहेका थिए।
24 Siman Bitrus hla ni almajire bika minye, “Ndu hla tawu a hi nha a si tre ni tu ma.”
सिमोन पत्रुसले यिनै चेलालाई इशारा गरेर भने, “उहाँले कसलाई भन्‍नुभएको हो? उहाँलाई सोध।”
25 Wa hla bru kunyre ni san Yesu, na tre niwu, Bachi, ahi nha?
येशूको शरीरमा अडेस लागेर तिनले सोधे, “प्रभु त्यो को हो?”
26 U Yesu hla niwu, a wawu yi wa mi ka cichon bredi sun ni kano. Naki ri na ka bredi sun, na ka no Yahuda ivren Siman Iskariyoti.
येशूले जवाफ दिनुभयो, “मैले यो रोटीको टुक्रा भाँडामा चोपेर जसलाई दिन्छु, त्यो त्यही हो।” अनि उहाँले रोटी चोपेपछि सिमोनको छोरा यहूदा इस्करियोतलाई दिनुभयो।
27 Ni kogon bredi'a u ibrji a ri ni wu, u Yesu hla niwu, “Ikpe wa u son ti'a, uka ti gbagbla.”
यहूदाले त्यो रोटी लियो, र त्यसपछि शैतान त्यसभित्र पसिहाल्यो। तब येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गर्नु छ, चाँडो गरिहाल।”
28 Indrjori na la he ni tebru na, wa ani to ikpe wa yo'a hla niwu naki'a.
येशूले त्यसलाई यो किन भन्‍नुभयो त्यसको अर्थ त्यहाँ खान बस्‍नेहरूमध्ये कसैले पनि बुझेनन्।
29 Bari mba ba ya ndi, a Yahuda yi ni nji imbu nklen Yesu hla niwa, “Le ikpe wa ki son ti ndu niwu ni idin,” ko ka no ikpe ni bi wa ba kunyre'a.
यहूदाले पैसाको हिसाब राख्ने भएको हुँदा सायद चाडको निम्ति आवश्यक कुनै कुरा किन्‍न अथवा केही पैसा गरिबहरूलाई दिन भनी येशूले अह्राउनुभएको होला भनी कतिले ठाने।
30 Ni kogon wa Yahuda a kpa bredi'a, wa rju gbagbla gbagbla me ni chu me.
रोटी लिएपछि यहूदा तुरुन्तै बाहिर निस्क्यो। त्यस बेला रात परेको थियो।
31 Ni kogon wa Yahuda hi'a, Yesu tre, zizan ba no Vren Indji ni kon, ngari ba no Irji ninkon ni mi ma.
यहूदा कोठाबाट बाहिर गएपछि येशूले भन्‍नुभयो, “अब मानिसको पुत्रको महिमा भएको छ, र उसमा परमेश्‍वरको महिमा भएको छ।”
32 Irji ni no ninkon ni mi ma, ani no ninkon zizan zizan.
यदि परमेश्‍वर उसमा महिमित हुनुभयो भने परमेश्‍वरले उसलाई आफैँमा महिमित पार्नुहुनेछ, र उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ।
33 Imri bi tsitsa mi he ni yi ni vi ton tsa me, biwa me na wa mi hla Yahudawa, bubu wa me mi hi bi na ya hi na. Zizan mi hla wa yi ni yiwu.
“हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।
34 Mi si no yi indu ri sama, son kpa mbi, na wa mi son yi, na bi ka son kpambi.
“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ।
35 Na ko nha ni to yi ndi bi almajire mu, inde bi son kpambi.”
तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्‍नेछन्।”
36 Siman Bitrus tre niwu, Bachi, u hi ni ntsen?” Yesu hla ni wu, bubu wa mi si hi'a, una ya hina me zizan hi na, u wuka ye hu me ni kogon.”
सिमोन पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ, तर पछि तिमीले मलाई पछ्याउनेछौ।”
37 Bitrus hla niwu, “Bachi, a ngyeri mba sa mi na hu zizan na? Mi no re (ivri) mu ni tu me.”
पत्रुसले सोधे, “प्रभु, म अहिले तपाईंसँग किन आउन सक्दिनँ र? म त तपाईंका निम्ति प्राण दिन पनि तयार छु।”
38 Yesu hla niwu, u ka re (ivri) me no ni tu mu? Gbigbi njanji, mi si hla niwu, u kame ni me ni kpatron ingyu tra ri ndu mble ndu kpan
तब येशूले भन्‍नुभयो, “के तिमीले साँच्‍चै आफ्नो जीवन मेरो लागि दिन्छौ? म तिमीलाई साँच्‍चै भन्दछु, भोलि बिहान भाले बास्‍नुअगि नै तिमीले मलाई ‘चिन्दिनँ’ भनी तीनपल्ट अस्वीकार गर्नेछौ!”

< Yohana 13 >