< Yohana 1 >

1 ni mumla itre a he u tre he ni ba chi u tre a hi bachi
आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो।
2 iwayi a he rji ni mumla ni bachi
आदिमा उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो।
3 koge ba tie ni wa wuti ba na tie kpe ri na sei ni wawuyi
सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन।
4 ni uahi nou ivri he u viri a ka tie ipan ni indi wawu
उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
5 ipan a lan ni mi bwu i bwu na ka ipan na
ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।
6 indi ri he wa bachi ton ndu wa ba yo di yahaya
परमेश्‍वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्‍ना थियो।
7 aye toh na hla tre ikpan ni ndu indi wawu kpa yenme ni tu ma
तिनीद्वारा सबै मानिसहरूले विश्‍वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए।
8 a na yahaya ahi kpan na ama ndu ye toh kpan na hla
तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए।
9 ikpan i njanji wa a no kpan ni indi wawu ani ye ni gbungbula
हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।
10 a he ni gbungbulu yi ba mei gbungbulu ni tuma indi bi gbungbulu bana toh na
उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन।
11 aye ni bama u bima bana kpaa na
उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।
12 abi wa ba kpa na kpayenme ni indi ma abiki migen ano ba ikon ndu ba yo ba tie imiri rji
तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो।
13 wa ba na grji ni kon irji u yina ana nitie u kpa na ana tie u ndi na a hi tie rji
ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्‍वरबाट जन्मेका हुन्।
14 ilan tre ka tie nma kpa na son mi mi buu wa aye rji ni irji na sh ni iko ni njaji
वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।
15 yahaya a hla ni tu ma da ni yo indi kpan kpan me nanihla ahe wayi i mi tre indi wa ani ye ni kogon mu a za me a he ri mi ka ye
यूहन्‍नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्‍च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।”
16 ni tsara ma yi kikpa alheri ni tu alheri
उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ।
17 doka tre yi ye rji ni musa alheri ni njaji baye rji nikonyesu Amasihu
किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।
18 ba iton wa idiori taba sa shishi ni irji indi wa ahi wawu yi kangrjima a hi nji iwa a kuyer ni kbu bachi rji wawuyi tsro u
परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्‍वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।
19 yahudawa ba lude ton ba ni firistici ni lawiyawa he niwu ni ni tu ba son miyen ahi wu nhan?
जब यरूशलेमका यहूदीहरूले तिनी को हुन् भनी सोध्न पुजारीहरू र लेवीहरूलाई पठाए, तब यूहन्‍नाले दिएको गवाही यही थियो।
20 wa nhla ni bawu gerger ana kpa tron na wa si sa bawu adie ana imeyi me Almasihu na
तिनी स्वीकार गर्न चुकेनन्, तर “म ख्रीष्‍ट होइनँ” भनी स्पष्‍ट रूपमा स्वीकार गरे।
21 u ba miyen a hi wu nahn? ahi wu yi iliya? iwa tisan ana mena u tra ahi wuyi wu anabi? wa ti san aa
तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ? के तिमी एलिया हौ?” तिनले भने, “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” तिनले जवाफ दिए, “म होइनँ।”
22 ba miyenu a hi wu nha ki son ki hi hla ni biwa ba ton ta? u hla ta wu di geri ni tu me?
अन्त्यमा तिनीहरूले सोधे, “तिमी को हौ त? हामीलाई पठाउनेहरूलाई बताउनको निम्ति हामीलाई एउटा जवाफ देऊ। तिमी आफ्नो विषयमा के भन्छौ?”
23 wa hla mi lantre wa a bi tie ni kon irji nawa wandi anabi ishaya hla a
यूहन्‍नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।”
24 bandi waba ton ba rji tarisawa ba he niba u ba miyen andi
तब पठाइएका केही फरिसीहरूले
25 u ge mba sa u yin btsima ise una Almasihuna u na iliyana ko annabin?
तिनलाई सोधे, “यदि तिमी ख्रीष्‍ट अथवा एलिया वा अगमवक्ता कोही पनि होइनौ भने, किन बप्‍तिस्मा दिन्छौ त?”
26 yahaya se tre a bawu andi mi yi batsima ni ma indi ri k rli ni mibi wa bina toh na
यूहन्‍नाले जवाफ दिए, “म त तिमीहरूलाई पानीद्वारा बप्‍तिस्मा दिन्छु, तर तिमीहरूका बीचमा एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।
27 wawu yi ni ye ni kogon wa rjirji lagban ma nii kuyiron wa mi siwua
मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जतिको पनि म योग्यको छैनँ।”
28 kpi biyi ni Bethany u ngbala rima u Jordan wa Yahaya a sia ti batisma mble
यी सबै कुरा यर्दन नदीपारि यूहन्‍नाले बप्‍तिस्मा दिइरहेको ठाउँ बेथानीमा भएको थियो।
29 ni bele ni virima yahaya toh yesu niwa natre yamba ige vreb nkrju irji iwa aban lah tre gbungbulua
भोलिपल्ट यूहन्‍नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!
30 iwayi ahi iwa mi bla ni yiwu ndi ndi wa asiye a zanme ahe guci nimu
उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ, ‘मभन्दा पछि एक जना, जो आउँदैहुनुहुन्छ, उहाँ मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्थ्यो।’
31 mina toh na ama bana hla tsre ilawa ye miye ni yi batisma ni ma
म आफैँले उहाँलाई चिनेको थिइनँ, तर इस्राएलमा उहाँ प्रकट हुनुभएको होस् भनेर मैले पानीले बप्‍तिस्मा दिँदै आएँ।”
32 yahaya shedai andi mi toh ruhu asi grji na ingyu da ye niwu nituma
त्यसपछि यूहन्‍नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्‍नुभएको देखेँ।
33 mina gani niwu na indi wa a tih me miyi batsima ni mima a hla nimu ko ahi nhan u toh ruhu a grji kuson niwu nituma ahi wawu yi a yin batisna ni ruhu u nja ji
मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्‍तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्‍तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’
34 mitoh ni sheda ahi wawuyi vrena rji
अनि मैले देखेँ, र गवाही पनि दिन्छु, उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्छ।”
35 kan vi nibela u ha ma u yahaya a kri ni hari ni mi almajeran ma
भोलिपल्ट फेरि यूहन्‍ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए।
36 u ba toh yesu a ka vuyaba ni hi u yahaya atre toh ba inge vren krju irji
जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्‍वरका थुमा!”
37 u almajeran ma hari bawo naki da luwu yesu
जब तिनीहरूले उनले भनेको यो कुरा सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे।
38 u yesu kban ya da toh basiwu u wa a miye a ge bi son? u ba yo rabbi andi lu soro ni tseyi
जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्‍नुहुन्छ?”
39 a hla bawu ye ni ye toh ubaye na ye toh bubu wa ani son u ba ka kuson niwu che chuku ni karfi wollon
उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करिब चार बजेको थियो।
40 iri ni miba biwa ba wo tre yahaya hi androwus vayi siman Bitrus
यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
41 a lude da wa vayi ma simanna hla niwu ki ka toh Almasihu
तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्‍टलाई भेट्टाएका छौँ।”
42 a nji ye ni yesu yesu ya da tre ahi wuyi u siman ivren yahaya? ba yo di kefas
अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।”
43 ni vikima wa yesu luni shirin u kugon hi nigalili u waka toh filibus da hla niwu luhume
भोलिपल्ट येशूले गालील जाने निश्‍चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्‍नुभयो, “मलाई पछ्याऊ।”
44 Filibus ivren i jiji baitsida gbu ba andrawus ni bitrus
फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए।
45 filibus ka same ni nata na ilu da hla niwu ki same niwu wa musa a nhan yo nimi attaura ni annabawa yesu ivren yusufu ba nazarat
फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।”
46 natan ilu a hla niwu ba ya na fe kperi u ndi ndi ma ni Nazarat? filibus tre ye ni ye toh
“नासरत!” नथानेलले छक्‍क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?” “आएर हेर!” फिलिपले भने।
47 u yesu a toh matana ilu si ye niwa u wa tre tre nituma toh ba isra ilyi wa ana mirtan indi na he niwuana
येशूले नथानेललाई आफूतिर आउँदैगरेका देख्नुभएपछि तिनको विषयमा भन्‍नुभयो, “हेर, एक जना साँचो इस्राएली, जसमा कुनै छलकपट छैन।”
48 natana u lu miyen u tie ni he mba ni toh me? u yesu a hla niwu mi toh ri u filibus yo u niwa a son ni chin mbuwa
“तपाईंले मलाई कसरी चिन्‍नुभयो?” नथानेलले सोधे। “फिलिपले तिमीलाई बोलाउनुभन्दा अगि नै मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ।” येशूले जवाफ दिनुभयो।
49 natana ilu yo ni rabbi u vren irji u chu israila ko
तब नथानेलले “रब्बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ। तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।” भन्दै घोषणा गरे।
50 yesu tre ni wa ni hla ndi me toh u ni chin mbuwa a kpayenme? u toh kpii wa ba nawayi babran
येशूले भन्‍नुभयो, “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ भनी तिमीलाई भनेकोले नै तिमी विश्‍वास गर्छौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।”
51 na hla njajimu njaji misi hla niwu utoh shulu bwu kri wuho malaku irjii ba si hon nani grji nitu vren indi
उहाँले अझै भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लिँदै-ओर्लिँदैगरेको देख्नेछौ।”

< Yohana 1 >