< James 5 >

1 ye ziza be yi bi wo bi ka ta yi ni sa wonyu niyu ine shiji wa ani ye ni u gbugbuu
अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर ।
2 iwo bi a gla ikulon bi immaran ni lri ba
तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् ।
3 zinariya ba azurfar bi ba kuklu kuklu a ani no shaida ni tu bi ani gon nmama kpabi na illu be vu ikpi u son bi kari nde ni gbe i vi u kaikle
तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ । तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैँ नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
4 yga ie bi ti ndu aniyi ide wa be kayu be wa ba ka chah ikpi ni irju ni yiwu u yi be chah ikpi a hi ito u irji ruduna
हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।
5 bi son ni mi son ikpi u gbuuglu de yo tubi ni mi be yo isonron bi du wuloga ni gbi ivi u hha
तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैँलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ ।
6 bi hukunta de wo idid dede u ana san nyu ni yi na
तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
7 ni tu naki be ka vu sonran mrivayi khi gbie ye yesu na wa be ron ba gbie iga da cha ikpi mba ye niko ni vu sonron nda kpailu u mumla ni ilu u kaikle
त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
8 beyi me bi ka vu sonro be ka no gbegbele isonro bi i ye irji a ti hwiehwire
तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
9 na chaba gbugburu na mrivayimu ni kpa bu nde ndu mba na la yina ya ba u turon a khiri kutara.
भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
10 ban na ki mrivayi ni sha ya ni vu sonron annabawa be wa mba tre mba ni mi ide irji
भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट र धैर्यबाट एउटा उदाहरण लेओ ।
11 ya khi yo be wa mba vu sonrona ba be ti lulu be wo be be vu sonron wa Ayuba a tia be ka toh nde a hi idu irji na wa a he ni lo sonro ni jikai
हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
12 nituwawu mrivayimu na shidi ni me me mba ni shu ko ni meme ko ni ikpiri u shidi nitu naki e a hi e u be ta tre nde a du hi a a du yi na joku ni mi hukunci na?
यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस् ।
13 u irbi a si shaya kpukpome? du herai irji u idri a ni giri? wa ka yosai u gberesa
के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? उसले प्रशंसाको गीत गाओस् ।
14 iri ni lo ni mi bi? wa a ka yo be nikon u tra irji du mba bere irji ni a u da gbah iyee ni wu ni mi nde irji
के तिमीहरूका माझमा कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् ।
15 ibere u kponji ani den idi u liloirji ni zu lude wa ani ta latre irji a ni wuru kalle wu
विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ ।
16 ni tu naki be kahla latre bi ni kpabi nde ta bere irji du no yi gbegble wawa bi ibere idi u dede a he ni gbegbele du u njaaji
त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ ।
17 iliya a hi idime na khi ta a bere ni kpohji an de illu na juna i illuwa na ku ni gbula na ti isai tra ni hwatahne
एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तिन वर्ष र छ महिनासम्म पानी परेन ।
18 u illiya ka labere irji na ki u shulu ka du illu ku u meme ka no ikolo kugrua
अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो ।
19 mrivayimu u iribi ni ta baude ni mi njaaji u idior ji u kwmaye
मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने,
20 indi ki ka toh ande idi wa a kwhandi sanra ni latre ma ani kpa a chuwo ni ohu nda ka gbu gbu latre ma
त्यस व्यक्‍तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्‌किएको मार्गबाट फर्काउँछ, उसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्‍नेछ ।

< James 5 >