< Ndu Manzaniba 3 >

1 Niki Bitrus mba yohanna basiya hon ni hi ni tra Rji ninton wu bre, mton wu tiya.
एक दिन पत्रुस र यूहन्‍ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए।
2 Ba zontu ni ndhi ri, wa a chon kple rhini nine yimma, ba banu bibanmu ye zi ni kikle nkontra hekali wa ba yondi, “wu bi”. Ba ta kau zi niki chachu ni du ta bre biwa ba si rinimi hekalia.
त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो।
3 Niwa a to Bitrus mba Yohana Basia rini hi nimi hekalia a bre ba du ba nuu kpe.
जब लङ्गडोले पत्रुस र यूहन्‍नालाई मन्दिरभित्र पस्‍न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो।
4 Bitrus a yo shishi nda gba a me mba Yohana niki, nda tre ndi, “ya ta”.
पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!”
5 Ndi wa chon kple'a nzu shishi nda yaba ni yo suron da ni kpakpe ni womba.
त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्‍यो।
6 Ama Bitrus tre ndi “mina he ni silva mba Zinariya na, ikpe wa mihe niwu, mi nu. Ni nde Yesu Kristi wu Nazarat, lu zren”
पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।”
7 Bitrus a tiwo vu u ni woma wu ko rhi da nzu u lunde, mle iza mba toza ma ba sen ququ.
यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो।
8 Gurugu mba a duo lunde kri nda ni zren; nda rhi hu ba Bitrus mba Yohana hinimi haikalia, ni zren da za ndani yose wu gbre Irjhi san
त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो।
9 Ndhi ba wawumbawu ba too si zren ndani yose u gbre Rji san.
जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे,
10 Ba ya nda to ahi gu wa atason ndani bre nkle ni kikle nkontra haikali wa ba yondi nkontra wu bi a sisiri ni mre a shubawu ni suron nitu kpe wa ba to ni igu'a.
मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्‍चर्यचकित भए, र अचम्म माने।
11 Niwa a si hu za Bitrus mba Yohana, ndhi ba ba tsutsu hi riba ni nkalhang nyunko wa ba yo hihiwu Sulemanu a ndani bwu nyu yo ni wuo nitu kikle kpe wa a he nitu ma'a.
त्यो भीख माग्नेले पत्रुस र यूहन्‍नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्‍चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए।
12 Niwa Bitrus a to toki, a sa ni ndhi ba ndi. “Biyi Ndi lilon bi Israila, a ngye du yi ni bwunyu ni yo ni wuho? Nitu nagye bi sru shishi nita, rhuto kitaayi ki du gua lu zren ni gbengblen mbu koka ni gbugblu mbu
यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्‍चर्यचकित मान्‍नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्‍चर्यका साथ हेर्दै हुनुहुन्छ?
13 Irjhi wu Ibrahim, mba wu Ishaku, ni wu Yakubu, Irjhi wu ba timbu, wawuyi a gbre veren ma Yesu san. Wa wuyi bina vuu lo di kaambi ni wu ni shishi Pilate, wa a ta son shu chuwo'a.
अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो, र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दासमेत तपाईंहरूले अस्वीकार गर्नुभयो।
14 Bi kanmbi ni Tsatra mba wa a hamma ni atre, ni mye du ba chundhi wa a wuu ndi mu chuwo niyiwu.
तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।
15 Bi wuu wa ivri rhurhi niwu, wandi jrjhi a nzu lunde baya qu-e kita ki bi wa kito ni shishimbu.
तपाईंहरूले जीवनको सृष्‍टिकर्तालाई मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ।
16 Nitu kpanyme ni suron riri ni ndema; ndema a du guyi, wa bisi ya ni to ou, a lu kri ni gbengblen ma. kpanyme ma ni Yesu a nu si kpa ni shishi mbi wawu.
येशूको नाममा विश्‍वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्‍नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्‍वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ।
17 Zizan, mir vayi mi to ndi, bi na tona biyi baba bininko mbi, ekpe wa bi tio.
“अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो।
18 Ama kpe wa Irjhi ana lhazi ni nyu anabawama, ndi kristi ni ti ya, kima a ye ku tou ki.
तर परमेश्‍वरका ख्रीष्‍टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसरी नै उहाँले त्यसलाई पूरा गर्नुभयो।
19 Kima gon nu latre di du ba wru latre mbe hlega.
त्यसैकारण पश्‍चात्ताप गर्नुहोस् र परमेश्‍वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्।
20 Niton wa bi he tare ni Baci wa a ni ton kristi wa a mla yo ni yiwu Yesu.
अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्‍टलाई पठाउनुहुनेछ।
21 Wa wuyi shulu ni kpa har hi ni nton wa kpi ba k'ma ye ti ndidi Irjhi a tre nisen, ni nyu tsatra anabawa ma'a. (aiōn g165)
आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ। (aiōn g165)
22 Musa a hla ndi. “Baci Irjhi ni nzu anabi grji kama too me nimi mir vayimbi. Bi woowu ni kpi wa ani tre yiwu nitu mba.
किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्‍नुपर्छ।
23 Andi ko nah wa a kama bubu wotre anabi kima, ba gbron ba lhe penpenme ni mi mbru ndhi
उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’
24 A toki, anabawa ba wawu rhi ni samuila nibi ye ni kogonba, ba tre nda d'bu lha vi biyi.
“वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्।
25 Bi mi anabawa mba ni shirjhi wa Irjhi a tiniba bacimbi, niwa a lha ni Ibrahim ndi, “Ni zuriya me nnedhi ni gbungblu wawu ba kpa lulu.”
तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्‍नुभएको थियो, ‘तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष् पाउनेछन्।’
26 Ni wa Irjhi a nzu ndi wunduma a tonye niyi guci, nitu du yo lulu niyiwu, ni du konhambi k'ma gon nu meme drimbi.
जब परमेश्‍वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्‍ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्‍वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”

< Ndu Manzaniba 3 >