< Ndu Manzaniba 26 >
1 Niki Agrippa a tre ni Bulus, “Wu ka tre kime.” Nikima Bulus a nmerju ni woma nda lu tre wu kpa tuma chuwo.
त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले:
2 “Mi ban ndi mi ngyiri ni kpamu, Ichu Agrippa, ni wa mi nji tre mu niye ni shishime luwa, nitu wawu kpi meme wa Yahudawa ba nji ye nha nimu niwuu;
“हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, आज म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु।
3 kima me nitu wu to zan tu ni tu nkon zren Yahudawa rhini sen. Niki, mi bre du u wome ni kru sron.
यसै पनि विशेष गरेर यहूदीहरूका सम्पूर्ण रीतिथितिहरू र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु।
4 Njanji, Yahudawa wawu ba to zren son mu rhini wa mi vren nze ni meme mu mba ni Urushelima.
“मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्।
5 Ba to nitumu rhini ni mumla, batini son nyme niki, nitu mison na Farasii, grji bi kri gbangban ni nkon hu Irji mbu.
तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्।
6 Zizan mi kri ni wayi du ba gaatre nimu nitu yo sron mu ni yo sron kpe ni shishi wa Irji a ti ni ba titi mbu.
परमेश्वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु।
7 A he nitu yo sron kpe ni shishi wa ba grji wlon don ha ba ba yo sron wu kpa niwa ba nzu nde Irji hon ni chu mba ni virhi. Wa a he nitu yo sron a, Ichu Yahudawa ba ban nha me.
यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले इमानदारीसँग दिनरात परमेश्वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्।
8 A ngye nizu du mla ya ni kpanyme ndi Irji ni nzu indji lu rjini kwu?
मरेकाहरूलाई परमेश्वरले जीवित पार्नुहुन्छ भन्ने कुरामा किन तपाईंहरू कति पनि विश्वास गर्न सक्नुहुन्न?
9 Zizan, a toki, Ime me mina ta mren ndi mi ti kpi gbugbuwu nitu ka nde Yesu wu Nazarat su.
“मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ।
10 Mi ti kpi biyi ni Urushelima, Mi vu loyo ni mi tratro gbugbu indji tsatsra wu Irji, ni vunvu kpanyme wa mi kpa rhini ninkon Prist, mba niwa ba sia wuuba, mi yo wo nyime mu nitu kima.
अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ।
11 Mi ti ba ya, nton gbugbuwu ni mi Sinagog, mba ni ta tsra yoba ni gbengblen du ba tre meme ntiu Irji. Mi ta vra ni nfu nitumba, mba nini tiba ya ka rhini igbu wu meme bari.
तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि, सीमा पारिका सहरहरूमा समेत गएर तिनीहरूका खेदो गरेँ।
12 Niwa mi sia ti toyi, mi hini Damaskus ni yawo kpanyme mba nu nkon rhini kikle Prist;
“यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ।
13 mba ni nkon, hiki, ni tsutsu irji, ichu, mi to kpan lu rjini shulu wa a kpan zan irji, nda bwu kpan kagon me baba indji biwa bana si zren hume.
हे राजा, अपरान्हको समयमा, म बाटोमा जाँदै गर्दा स्वर्गबाट आएको एउटा तेज मैले देखेँ। त्यो तेज सूर्यभन्दा बढी चहकिलो थियो, र यो मेरो र मसँग यात्रा गर्ने सङ्गीहरूको चारैतिर चम्किरहेको थियो।
14 Niwa wawumbu ki kurjoku ni meme mi wo ilan ni tre ni me ni ilbe Ibraniyawa ndi Shawulu, Shawulu, u i tie me ya nitu ngye? A ni he ni ya ni du chuza too kpe wu ntsen nyu.
हामी सबै भुइँमा पछारियौँ; तब हिब्रू भाषामा एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात्तीले हान्दा तिमीलाई नै कठिन हुन्छ।’
15 Niki mi tre ndi, “Wu nha, Bachi?” I Bachi a sa mu ndi, 'A hi me Yesu wa wu si tiwu ya.
“त्यसपछि मैले प्रश्न गरेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ “‘प्रभुले जवाफ दिनुभयो, म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।
16 Zizan lu kri ni zande; anitu ndu yi mi tsro kpamu niwu, nitu youyo ni tindu vrenko, mba wa wu vu bla nitu kpi wa wuto nitumu zizan mba kpi wa mi tsro ni ko shishi;
अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ।
17 i mi kpau chuwo rhini wo indji ba mba rjini Bikora wa mi si ton ni hi niba,
म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु,
18 ni du hi bwu shishi mba, ndi kma ba sran rjini bwu hini kpan mba rjini son niwobrji shango hini Irji, ni du ba kpa rjini Irji, kpa wru latre mba (gado) wa mi nu ibiwa ba kri bi nitu kpanyme ni me.
ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’
19 Ni tu kima, Ichu Agrippa, mina kamu ni hutre ira wa a rjini shulu na;
“त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ।
20 Mi hi ni bi Damaskus guchi, nda ka ri ni Urushelima, nda ka kagon gbungblu Judiya, mba ni bikora ngame, mi nu ba tondua, nitu du ba kma sran nda kma ye ni Irji, nda ti ndu wa a bi tsra ni kma sran sron mba.
सबैभन्दा पहिले दमस्कसमा हुनेहरूलाई, त्यसपछि यरूशलेम र यहूदियामा भएकाहरूलाई, र गैरयहूदीहरूलाई समेत तिनीहरूले पश्चात्ताप गर्नुपर्दछ, परमेश्वरकहाँ फर्कनुपर्दछ र आफ्ना कामहरूद्वारा तिनीहरूका पश्चात्तापलाई प्रमाणित गर्नुपर्दछ भनेर मैले प्रचार गरेँ।
21 Nitu kima Yahudawa ba vu me lo nimi hekali nda ta son wuu me.
त्यसकारण केही यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मार्ने प्रयास गरे।
22 Ni kima, me kpa zo wa a ye rji ni Irji, ye ni vi wu luwa, ndi ni kri ni nran hla ni bi tsitsa baba bi kikle ana kpe nkan na, hama niwa anabawa mba Musa ba tre ndi naiye he toki -
तर परमेश्वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ।
23 ndi Kristi niye ti ya, nitu wawuyi ni guchi tashme rjini kwu, ndani bwuhla ikpan ni indji mbu mba ni bi kora.”
अर्थात् ख्रीष्टले ठूलो कष्ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।”
24 Niwa Bulus akle ngla kpama a, Festus a tre ni kikle lan, “Bulus, wu sran; to gbugbu tsro me du ni sran.”
यति सुन्नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।”
25 I Bulus a tre ndi, “Mina sran na, wa azan bi Festus, mi si dbu bla lan tre wu njanji mba wu gaatre ndindi.
तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्।
26 Nitu Ichu to kpi biyi; niki mi tre ni gbengblen sron niwu, nitu mi nyme pempe ndi kpi biyi bana he ni bwu ni wu na, nitu ikpe biyi bana tiba ni kosan na.
राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्।
27 Wu kpanyme ni anabawa ba, Ichu Agrippa? Mi to ndi wu kpanyme.”
हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्वास राख्नुहुन्छ।”
28 Agrippa hla ni Bulus nid, ni nton fiime toyi, wu son gbronmeyo dumi kma ti Krista?”
त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई ख्रीष्टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?”
29 Bulus tre ndi, “Mi bre Irji ndi, anita nton fiime ka wu gbron me ana wu megen na, mba wawu biwa ba wo me luwa, du ba he too me, hama ni rjiri ij'bo wu ko tro yi.”
पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबै जना मजस्तै हुनुहोस्।”
30 Niki Ichua lunde kri, i gomna mba Bernice ngame, baba biwa bana ki niba.
तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे।
31 Niwa ba rju don kikle tra u son mba, ba si tre ni kpamba ndi, “Igu yi na ti kpe wa ani tsra u kwu ko ka u lo zi na.”
तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।”
32 Agrippa a tre ni Festus ndi, kinina chu Iguyi chuwo hama wa ana bre hi to Kaisar.”
अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।”