< Ndu Manzaniba 2 >
1 Niwa ivi pentacos a ye, bana ki ni bubu riri wawumbawu.
जब पेन्तिकोस्टको दिन आइपुग्यो, तब तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए।
2 Mle, kikle gyungyu ri, rhi ni shulu, a lu fu grji ye ka ko wa bana ki nima'a.
अचानक त्यहाँ स्वर्गबाट ठूलो बतास हुरी चलेजस्तै एउटा ठूलो आवाज आयो, र तिनीहरू बसेको पूरै घरलाई त्यसले भरिदियो।
3 Elem to ilu kri ku gason nitu mba ni yiyri.
अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे।
4 Ruhu Tsatsra a ri shu ku ni ko aha mba, e ba lu kri ku tre ni leme kankan, wa ruhu a tsro ba.
तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले।
5 Ni kima, Yahudawa bi hu nkon Irjhi, rhi ni gbu gbungblu kankan ni meme, bana he ni Urishilima.
त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्वरको भय मान्ने यहूदीहरू यरूशलेममा बसेका थिए।
6 Niwa baa wo langyungyua, akpa ba rhikice u ba ye bubu riri ikpea a kpa ba tsi shishi, nitu ko nha asi wo ba ni lan tre gbumma
जब तिनीहरूले यो आवाज सुने, तब अति आश्चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने।
7 Kpe a k'ma nuba sisiri ni mre; i ba tre ndi, “E biyi wawumba, bi si trea, bana ndhi bi Galilee na?
अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र?
8 A ngye ti du ta niwo ba ni lan tre gbunbu, lan wa ba grjita niwa a?
तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ?
9 Parthians mba medes mba Elamites mba biwa ba ki ni mesopotamia, ni Judea mba Cappodia, wu Pontus mba Asia.
हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका,
10 Phrygia mba Pamphylia, ni Egypt mba mbru bubu bi Libya hi ni Cyrene, mba Bitsri wa ba rhi ni Rome.
अनि फ्रिगिया र पामफिलिया, इजिप्ट र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौँ, र रोमबाट आएका परदेशीहरू
11 Yahudawa baba biwa ba kpa hu irjhi wu Yaudawa ba, Cretans baba larabawa, ki wo ba si tre ni lan mbu nitu kikle ndu Irjhi.
(यहूदी र यहूदी धर्म मान्नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। सबैले हाम्रा आ-आफ्नै भाषामा परमेश्वरको अद्भुत कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौँ!”
12 A nuba rhimre ni sisiri i ba tre ni kpa mba ndi, “A hi ngye to yi?”
तिनीहरू अचम्म र अन्योलमा परे, र एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?”
13 Bari banza ba nda tre ndi, “Basi huwa hi sa.”
तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।”
14 E bitrus a lu kri nimi wlon donri mba, nda nzu lan nda tre gbangban me niba ndi, ndhi lilon be gbu Judea, baba ndhi wawu'u biwa, bi ki ni Urishilima, sren to ni lan tre mu nidu yi mlaa toh.
तब पत्रुस एघार जनासँग उभिए। अनि उच्च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्नुहोस्।
15 Ndhi biyi bana si hwu na wa bi ban na, zizan ni ton wu tra wu hwumble genri.
तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ!
16 Kpe yi a tsra ni tre anabi Joel;
तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो:
17 Ani he vi bi kle kle, Irjhi a tre, “Mi vra ruhumu nitu rima ndhi wawu. Mri mbi lilon baba mrimba ba rira ikpi bi ye ni ko shishi mri nzembi ba to ko waayi e bi chiche mbi hra ra nitu ra.
“‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
18 Jaji bi ndu mu, lilon baba mba, mi buwa ba ni ruhu mu u ba nra kpi biye ni ko shishi.
ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।
19 Mi tsro kikle ndu mu ni shu shulu, mba ni alamu mu ni meme (gbugblu), iyi ilu mba ntse Ikpan irjhi ni k'ma ti bwu,
अनि माथि आकाशमा अद्भुत कार्यहरू देखाउनेछु, र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, रगत, आगो र धुवाँका मुस्लाहरू।
20 Kpan iwha ni k'ma ti iyi, ri du kikle vi wu Baci ni ye, vi wa ko nha ni to nda rhimre nitu ma.
प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
21 Ani to ki, ndhi wa a yo nde Bacia ani nawo
अनि प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’
22 Ndhi bi Israila, wo lan tre biyi, Yeshu wu Nazarat ana ndhi wa Irjhi a nzu hon ni shishi mbi, ni kikle ndu ni kpi bi du ndhi bwunyu yo hyo ni wuo Irjhi ati ni woma ni mimbi, me wa biyi me bito.
“हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्नुभएकै कुरा हो। यी कामहरू परमेश्वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो।
23 Ndi yi wa ba vuu nu tsra ni kpe wa Irjhi ana mla zi nda to; ni wo meme; ndhi wa bana zren ni tu nkon na ba wuu ni kpan u ni kunkro (kros).
आफ्नो निश्चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो;
24 Ama Irjhi a nzu lu, nda chuchuwo ni ya wu qu, nitu iqu na he ni gbengble wu vu u nji na
तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो।
25 Ni kima Dawuda a tre ni tuma ndi “me to Baci chachu ni shishi mu; ngye a he ni kosan worhimu di du mina c'bi rhuna.
दावीदले उहाँको बारेमा भनेका थिए: “‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।
26 Nitu ki, mi ngri ni suron mu e line mu a takpe. N'makpa mu ngame ni son ni yo suron.
यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ;
27 Wu na kamedon ni meme ko iu na ni na du Tsatra me du gla na. (Hadēs )
किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। (Hadēs )
28 Wu bwu nkon wu rai ni mu du mi mla to, wu du me ngri kpukpo me ni shishi me
जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’
29 Mri vayi, ani bi numu dumi tre ni yi ni suron wu kpanyme, (hamma ni sisiri), nitu chiche baci. Dawuda, ndi a qu e ba rhuwu, e ibe ma he ni ta ya ni vi wu luwa.
“हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ।
30 Nitu kima ana anabi wa a toh ndi Irjhi a shirhi ni ban niwu ndi eh'pu wu nchinema ni hon son nitu tuchuma.
तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो।
31 A to kpe wa ani ye he ni shishia ndda tre ni tu lu tashme Kristi, ndi bana kawdon ni ko qu na; e n'mama na gla na. (Hadēs )
पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्ट पुनरुत्थान हुनुहुनेछ भन्ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो। (Hadēs )
32 Yesu yiwa Irjhi a nzu lunde, e kita wawumbu, ki bla ikpe wa kito di wo nitu ma'a.
परमेश्वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ।
33 Nitu ki, niwa ba nzu hon hi wo ko rhi wu Irjhi, nda kpa Ruhu Tsatsra wa titi baci a shirhi niwu, a vu vra grhi, ikpi wa bisi to nini wo'a.
परमेश्वरको दाहिने हातपट्टि उहाँले उच्च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ।
34 Dawuda ana hon hi ni shuluna, ama nda tre ndi “Baci a lha ni Bacimu,” ku son ni wo rhimu.
किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “मेरो दाहिने हातपट्टि बस
35 Di gben dumi k'ma bi kamba (yo shishi) niwu ti ruron wu sa za me.”
जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।”’
36 Niki ma, du ko Israila wawu mla toh ndi janji, Irjhi du he Baci mba Kristi, Yesu yi wa bi Kpanwu nitu kros'a.
“त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभएको छ।”
37 Niwa ba wo tre yi a yra ba suron, e ba lha ni Bitrus baba mbru manzani ba, ndi “Mri vayi, ki ti nihe?”
जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?”
38 Bitrus lha bawu di k'ma gon nu latre, ni kpa baptisma, ko nha bi ni nde Yesu kristi, ni wru latre bi ni Irjhi hlega, ndi kpa Ruhu Tsatsra wa ani nu hamma ni du ui han kpe.
पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्चात्ताप गर्नुहोस्, र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ।
39 Shirhi'a ahi wumbi, baba mrimbi, niwa ba he gbagban me ngame; wawundhi wa Baci Irjhi mbu ni yo ba'a”
किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
40 Ni lan tre gbugbuwu, a tre ni tu kima'a nda nrooba ndi.” Nhawo rhu ni k'ba bi kawatre yi.
अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।”
41 Mle ba kpa tre ma e ba ti baptisma ni bawu, ndhi dubu tra ka ru nha ni ba.
तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।
42 Ba ye suron mba ni bubu riri ni kpa Isro manzani mba zumunta, nda ni ga bredi wu jibi, mba bre Irjhi.
तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे।
43 Sisiri a vu ko nha e anabawa'a ba ti ndu gbugbu baba ekpi bi tsro (sisir) ya.
प्रेरितहरूद्वारा धेरै अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए।
44 Biwa ba kpanyme ba ki ni bubu rii nda ti ko ngye to u ndi riri, hamma ni chuti nkan,
सबै विश्वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए।
45 Ba vu ba kpimba le nda ga ni ko nba nmba tsra ni kpe wa ko nha ni son.
आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे।
46 Nivi hi nivi, ba yo tu mba ni suron riri ni ko Irjhi,
तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे।
47 Ba ga bredi niko rikomba, nda ga birhi ni nroo kpamba hamma ni nzutu, ndani gbre nde Irjhi ndi ba ba kpanyme ni ba e chachu, Baci a si gbron ndhi wa basi nhawo ni ye niba nda du gbrumba a si hon
अनि परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।