< 1 Pita 1 >

1 Pita, Manzo Yesu Kristi, hi ni bi tsri wawu'u, ni wa ba chu ba ni-gbu Pontus, Galashiya, Kappodosiya, Ashiya ni Bitiniya.
पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट ।
2 A hi tie u Irji - Tietie wa'a toh ko shishi'a, nda tie ndu ni Ruhuma u wo tre mba u iyi Yesu Kristi wa'a ka-vra. Ndu Zizih hu'yi, u'si suron mbi ndu babrahn.
येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
3 Irji ni'tti Bachi mbu ndu kpa gbre-san. Ni Khikle llo suron ma, a nnota ingrji să ma ni yo suron ni tashimme Yesu Kristi.
परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।
4 Gado yi a wa ana gla na, ana tie memme na, nda na khle na. Ba mlau zi ni yiwu ni shulu.
किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।
5 Irji hrawu ni gbengble ma ni'wa wu nyime ni kpa chuwo wa ba tsoro ni'nton bi khle.
अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ ।
6 Bi ngiri kpukpo me ni wu, duk ni wa a mla bi, na he wiye me nitu gbugbu ya-a.
अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।
7 Iwayi tsro suron kpa nyime mbi, a bi zan zinariya wa ani tie meme'a, ko ba goun ni llu. A tie to'mba dun suron'mbi dun fe gbire-san, daraja mba nzu suron ivi wa ba tsuro Yesu Kristi'a.
तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।
8 Bi rihen towu, u bi sonwu. Bina towu zizan na, u bi kpa nyime niwu ndi ngiri wa'a zan wa bana tre-e na.
तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
9 Bi ki kpa ɖï mbi zizahn yi wa'ahe nitu yo'suron mbi, wa ani kpa yi chuwo.
अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो ।
10 Ni tu chu'chuwo mbi'a, Anabawa ba bă hla tre alheri wa ani ye ni yi'a, ba frowa nda froya sren-me,
अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए ।
11 Ba wá ba toh ka ba nha u ntoh wa Ruhu Kristi nimi mba sia tre ni ba-a. U wayi asi ti ka wa asi hla ni bawu nitu iya u Kristi ni kikkle kpi wa ba ye ni gohn.
तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।
12 Ba nhara-a bawu ndi bana ki ti ndu'a u mba na, amma bi yi, wa ba tre nitu kpi wa ba hla yiwu'a ni nyu biwa ba bla tre Irji ni yiwu ni zo Ruhu Irji wa a rji shu'a - ikpi wa Malaiku ba wa to'a.
यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
13 U bi ka lo suron mbi nji. Sohn nchen meh. Yo suron nitu Aleri wa ba njiye ni yiwu ni ntoh wa ba bwu ni yiwu Yesu Kristi.
त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
14 Na immri bi woh-tre, na yo tu-mbi ti kpe wa bi si ta ti ni ntoh wa bina toh Irji na.
आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।
15 Na wawu wa a yo yi son ni nkinklah suron, biyi ngameh ban nkinklah suron'a ni-ti-mbi.
तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ ।
16 Ba nha ndi, son ni nkinklah suron, u Me ngameh mi he ni nkinklah suron.
किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
17 U to bi yo “iti” wawu yi ni yi sheriya ni ko-nha nda na ya shishi njo na, njiu mgbamgbah ni zren meh.
जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।
18 Bi to ndi ana ni silva ko gold wa ani gla mba A kpa yi chuwo rji ni memme ti nkprah wa bi vu-rji ni ba ti-mbi na.
तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।
19 Naki, A kpa yi chuwo ni iyi u Kristi, wa-a na he ni lla-tre mpempe meh na.
तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।
20 Irji chu Kristi rji ni memmle wa-a yo nchi u ti mgbumgblu'a, u a bwu ni yiwu ni ntoh bi wa ba kle yi.
येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।
21 Wawu yi bwu nkoh u kpa Irji ni tawu, wa A nzuw rji nimi biwa ba kyu u nda nu ruron u chu, nitu kii yo suron mbi ni he tu-nkoh Irji.
तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
22 Bi kpa suron mbi du kpan nitu bi wo tre njanji'a. Wayi he nitu son u njanji u mmri vayi; bi ka son kpa-mbi rji nimi suron mbi.
सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
23 Ba ngrji yi ngari, ana rji ni bi wa-ani ti memme na, a rji ni bi wa-ana ti memme na, ni kii bi kpa vri mba imbru tre Irji'a. (aiōn g165)
तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट । (aiōn g165)
24 U “ikpa yi he na giga, ibi ngame he na u flawa u giga. Giga ba ba kyu, u flawa ba kuhle,
किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”
25 U tre Irji na kle na. Wayi ahi tre njanji wa ba hla ni yiwu. (aiōn g165)
तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो । (aiōn g165)

< 1 Pita 1 >