< 1 Yohana 4 >
1 Kaunatatu, na kpayeim ni Ruhohi wa wu mba u' na naki bi ka tsra ba toh ko ba rji ni Irji. Bi toh Irji, bi che ba hei game ba shu ni gbugbulu zizan.
प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्।
2 Naki bi toh Ruhu Irji- du Ruhu wa a kpa yiem di yesu kristi aye ni mi n'man a rji ni Rji kena.
परमेश्वरका आत्मालाई तिमीहरू यसरी चिन्न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्वरबाटको हो।
3 Du Ruhu wa ana kpa yeim ni yesu na, ana rji ni Irji na. A Ruhu bi kran yesu kena wa bi woh da ni ye a riga da ye ni mi gbugbulu ye. Iftift Greek bi sen bi didi ba bla ifga di du Ruhu wa ana toh di Yesu a ye ni mi n man rji ni Irji na, ana u' Irji na ahi ki hi Ruhu bi kran Yesu, wa bi woh Kuma a hei ni gbugbulu ye ifga
तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्वरबाटको होइन। अनि यही नै ख्रीष्ट विरोधीको आत्मा हो, जो आउँछ भन्ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ।
4 Bi yi bi rji ni Irji mri di zan gbengbenlen mba don wa a hei ni suron mbi a brabran zan wa ahei ni gbugbulu a.
हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
5 Ba rji ni gbugbulu, du kpe wa ba tre ahi wu gbugbulu, gbugbulu'a ni sren toh ni bawu.
तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्टिकोणद्वारा बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ।
6 Kita ki rji ni Irji, indi wa atoh Irji ani sren toh ni tawu indi wa ana rji ni Irji na ana sren toh ni tawu na naki kitoh Ruhu'u jaji, ni Ruhu'u' lahtre
हामी परमेश्वरका हौँ, र जसले परमेश्वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौँ।
7 Kaunatatu kin yema ni kpambu don i yemen a rji ni Irji, du indi wa ani yemn grji ni Irji wa kuma a toh Irji.
प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो, र त्यसले परमेश्वरलाई जान्दछ।
8 Indi wa na yemen ni ndi na ana toh Irji na, don Irji hi kauna.
जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिनेको हुँदैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ।
9 Naki iyemen u Irji ba shile ni mi mbu di Irji aton vre ma riri ye ni mi gbugbulu du ta kiso tutrun ni tu ma.
परमेश्वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो: पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो।
10 Na yi a hi kpayemen ana kita ki son Irji na, na yi a wawu yemen ni ta, da ton vre ma du yekpa ta chuwoh ni lahtre.
प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।
11 Kaunatatu inde Irji ni son ta, i kita me ki ka kpayemen ni kpambu.
प्रिय मित्रहरू हो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ।
12 Ba ndi wa a taba toh Irji. Ki ti ni son kpambu Irji hei nimibu ison ma ni mi mbu ni mla tati.
परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्यौँ भने परमेश्वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
13 Na ki ki toh di ki hei tare ni u'wa hei ni mi mibu. Anota bru Ruhu ma bari.
हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ।
14 Na ki ki toh di kpayeim di Iti a ton vre ma du ye da kpa gbugbulu'a cuwo.
अनि हामीले देखेका छौँ र साक्षी दिन्छौँ; पिताले संसारका मुक्तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ।
15 Du ndi wa a bu yua ma da tre di Yesu a vre Irji, Irji hei ni 'u' u wa wu hei ni mi Irji.
कुनै पनि व्यक्तिले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्वरमा।
16 Naki kita ki toh di kpayiem ni son wa Irji hei wu ta wu'a Irji hi son, ndi wa ahei ni mi son yi a hei ni mi Irji, u'Irji hei ni u game.
अनि यसरी नै हामीप्रति परमेश्वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ। परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्वरमा जिउँछ, र परमेश्वर त्यसमा जिउनुहुन्छ।
17 Ahei naki ison yi mla ta ti du ta hei ni gbengbenlen chachu bla tre ma naki ma ahei jaji kita me ki ka hei naki ni mi gbugbulu.
यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौँ।
18 Sisir na hei ni mi son a na, ison u' jaji azu sisir rju naki sisir hei ni horo. ndi wa ni klu sisir anati jaji ni mi son na.
प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ; किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन।
19 Ki son 'u' don Irji guci sonta.
हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
20 Inde ndi wa a tre wawu ni son Irji da ni kran vayi ma, ahi ndi wu che. Ndi wa ana son vayi ma wa asi toh ana ni son Irji wa ana toh-o ma?
यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन।
21 Naki wa yi ni tre wa ki kpa ni u' indi wa ni son Irji wa ka son vayi ma game.
अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।