+ Matiwos Dooshishiyo 1 >
1 Dawitnat Abrahamn naar wottso Iyesus Krstos shuweyi s'ap'o haniye.
दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक ।
2 Abraham Yisak'i b́shuwi, Yisak' Yak'obi b́shuwi, Yak'ob Yihudnat bí'eshwotsi b́shuwi,
अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।
3 Yihudwere Faresnat Zaran Timari eteef máátswatse b́shuwi, Fares Hesroni b́shwi, Hesronwere Arami b́shuwi,
यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।
4 Aramu Aminadabi b́shuwi, Aminadabu Ne'asoni b́shuwi, Ne'asonu Selmoni b́shuwi,
आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्मोनका पिता थिए ।
5 Selmon Boezn Reaabi eteets máátswatse b́shuwi, Boez Iyobedn Ruuti eteef máátswatse b́shuwi, Iyobed Iseyi b́shuwi,
सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए,
6 Isey Nugúso Dawiti b́shuwi. Nugúso Dawit Oriyo mááts teshtswatse Selemoni b́shuwi,
यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्नीद्वारा सोलोमनका पिता थिए ।
7 Selemon Rob'ami b́shuwi, Rob'am Abiyayi b́shuwi, Abiyawere Asafi b́shuwi,
सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए ।
8 Asaf Iyosaft'i b́shuwi, Iyosaft' Iyorami b́shuwi, Iyoram Oziyani b́shuwi,
आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।
9 Oziyanwere Iyo'atami b́shuwi, Iyo'atam Akazi b́shuwi, Akaz Hzk'iyasi b́shuwi,
उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।
10 Hzk'iyas Mnaseyi b́ shuwi, Mnaase Amos'i b́shuwi, Amos' Iyosyasi b́shuwi,
हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।
11 Iyosyas Israe'el ashaasho Babilon maants bo kishodek't damets dúr Ikoniyannat bí'eshwotsi b́shuwi.
बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए ।
12 Bokisho dek't Babiloni dameyakon Ikoniyan Salatiyal b́ shuwi Selatyal Zerubabeli b́ shuwi,
र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए ।
13 Zerubabel Abiyodi b́shuwi, Abiyodu Eelyak'emi b́shwi, Eelyak'em Azori b́ shuwi,
यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।
14 Azor Sadok'i b́shuwi, Sadok' Akimi b́shuwi, Akim Eelyudi b́shuwi,
आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।
15 Eeliyud Alazari b́shuwi, Alazar Matani b́shuwi, Matan Yak'obi b́shuwi,
एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए ।
16 Yak'ob Krstosi eteefo Iyesusi shuwtsu Mariyami wid'tso Yosefi b́shuwi.
याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्ट भनिन्छ ।
17 Eshe Abrahamatse tuut Dawitats b́borfetso tatse awd gubra, Dawitatse tuut kisho dek't Babilonits dameetsok b́borfetso tatse awd gubra, kisho dek't Babiloni dametsatse tuut waa Krstosok b́borfetso tatse awd gubree.
अब्राहामदेखि दाऊदसम्म जम्मा पुस्ता चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्टसम्म चौध पुस्ता थिए ।
18 Iyesus Krstos b́shwetsok'o hank'oyi b́tesh, b́ índ Mariyam Yosefsh wid'eyat bbefere, bogonkerawon bi S'ayin shayiron maac'at' bdatseyi.
येशू ख्रीष्टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो ।
19 Bin wid'tso Yosef ash kááw b́teshtsotse Maryami ash shinatse kish kitso geeratse, mansh áátson k'azk'ro b́gaw.
तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन् । यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे ।
20 Ernmó keewan jango shiyanoke b́befere doonzo melakiyo gúmon bí'ats be'eyat hank'o bíet, «Dawit naaro Yosefo! Nwid'tsu Mariyam bmaac'tso S'ayin shayiron b́wottsotse bin nmoo maants dek'osh shatk'aye.
जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो ।
21 Biye nungush na'o shwitwaniye, bí ashuwotsi morrotse b́kashitwotse b́shútso Iyesusi etetune.»
तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”
22 Jaman b́wottsonwere doonzo nebiyiyo weeron b́keewtso b́s'eenetwok'owe,
अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए,
23 «Hambe, baar na'a s'eenu mac'itwanee, nungush na'onowere shuwitwane, b́ shútsonwere ‹Amanu'eli› err s'eegetwe.» Amanu'eli etonwere «Ik'o nontoniye» etee.
“हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्वर हामीसँग ।”
24 Yosef tokrotse b́ tuwor, doonzo melakiyo bísh b́keewtsok'on b́ wid'tsu Mariyami b́moomants dek'tbíami.
योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई उनकी पत्नीको रूपमा स्वीकारे ।
25 Wotowa eree bna'o bshuufetsosh bin danatse. B́shútsonowere Iyesusi et b́s'eeg.
तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् । र उनले उहाँको नाउँ येशू राखे ।