< Süleymanin Məsəlləri 30 >
1 Yaqe oğlu Aqurun sözləri, onun kəlamı. Bu adam Yetielə, Yetiel və Ukala belə dedi:
याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:
2 Həqiqətən, mən hamıdan ağılsızam, İnsan idrakına malik deyiləm.
निश्चय नै म कुनै पनि मानिसभन्दा पशुजस्तो छु, र मसित मानिसको समझशक्ति छैन ।
3 Nə hikmət öyrənmişəm, Nə də Müqəddəsin biliyindən xəbərim var.
मैले बुद्धि प्राप्त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ ।
4 Kim göylərə qalxıb endi? Kim yeli ovcunda topladı? Kim suları paltarına sarıdı? Yer üzünün qurtaracağınadək hər yeri kim yaratdı? Adı nədir? Oğlunun adı nədir? Bilirsənmi?
स्वर्ग उक्लेर को तल झरेको छ र? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो? निश्चय नै तँलाई थाहा होला!
5 Allahın hər bir kəlamı safdır, Ona pənah gətirənlərin sipəri Odur.
परमेश्वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
6 Onun sözünə heç nəyi əlavə etmə, Yoxsa səni tənbeh edər, yalanını çıxarar.
उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्नुहुने छ, र तँ झुटो ठहरिने छस् ।
7 Ey Allah, Səndən iki şey istəyirəm, Nə qədər ömrüm var, məndən onları əsirgəmə:
म तपाईंबाट दुईवटा कुरा माग्दछु । म मर्नुअगि ती मबाट नरोक्नुहोस् ।
8 Saxta, yalan sözlər qoy məndən uzaq olsun; Məni nə yoxsul, nə də zəngin et, Ancaq mənə gündəlik çörəyimi ver.
व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् ।
9 Varlansam, «Rəbb kimdir?» deyə Sənə küfr edərəm, Yoxsul olsam, oğurlaram və Allahımın adını ləkələrəm.
किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्वरको नाउँ अपवित्र तुल्याउँला ।
10 Qul barədə ağasına pis sözlər demə, Yoxsa sənə qarğış edər, bu təqsirlə yüklənərsən.
मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्ने छ, र तँ दोषी बन्ने छस् ।
11 Adam var ki, atasına qarğış edir, Anasına alqış etmir.
आफ्ना बुबाहरूलाई सराप्ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।
12 Adam var ki, özünü təmiz sanır, Amma murdarlıqdan təmizlənməyib.
आफ्नै दृष्टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् ।
13 Adam var ki, yuxarıdan aşağı baxar, Təkəbbürlə baxmaq üçün gözlərini qaldırar.
अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्छ ।
14 Adam var ki, dişləri qılınca bənzər, Elə bil çənəsinə bıçaqlar düzüb, Yer üzündən məzlumları udar, İnsanların içindən fəqirləri məhv edər.
यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।
15 Zəlinin iki qızı var, «Ver, ver» deyib bağırar. Üç şey var ki, heç doymaz, Dörd şey var ki, «bəsdir» deməz:
जूकाका दुई छोरी छन् । “देऊ, देऊ” भन्दै तिनीहरू चिच्च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन् ।
16 Ölülər diyarı, qısır bətn, Sudan doymayan torpaq, «Bəsdir» deməyən alov. (Sheol )
पाताल, बाँझी स्त्री, पानीले कहिल्यै सन्तुष्ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्ने आगो । (Sheol )
17 Kim ki atasına rişxənd edir, Anasının sözünə xor baxır, Dərələrdəki qarğalar onun gözlərini deşəcək, Qartal balaları onun bəbəklərini yeyəcək.
बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।
18 Mənim ağlım kəsməyən üç şey var, Anlamadığım dörd şey var:
तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ:
19 Səmada qartalın yolu, Qayada ilanın yolu, Dənizdə gəminin yolu, Kişi ilə gənc qadının yolu.
आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल ।
20 Zinakar qadının da yolu belədir: Yeyər, ağzını silər, «Nə pis iş görmüşəm ki?» deyər.
व्यभिचारी स्त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”
21 Yer üç şeydən lərzəyə gəlir, Dörd şey var ki, ona tab gətirmir:
तिनवटा कुराबाट पृथ्वी काम्छ, र चारवटा कुरालाई यसले सहन सक्दैनः
22 Qulun padşah olması, Sarsağın doyunca çörək tapması,
राजा भएको नोकर, खानाले टन्न अघाएको मूर्ख,
23 Nifrətəlayiq qadının ərə getməsi, Qarabaşın öz xanımının yerinə keçməsi.
विवाह गर्ने माया नपाएकी स्त्री र आफ्नी मालिक्नीलाई पन्छाएर उक्त ठाउँमा बस्ने नोकर्नी ।
24 Yer üzündə dörd şey var, Kiçik olsa da, hikməti çoxdur:
पृथ्वीमा चारवटा कुरा साना छन्, र पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्:
25 Qarışqalar qüvvətli olmayan birlikdir, Yemini yayda tədarük edir;
कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन् ।
26 Qayadovşanları da güclü olmayan birlikdir, Evlərini qaya içində tikir;
शापानहरू शक्तिशाली प्राणी होइनन्, तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन् ।
27 Çəyirtkələrin şahı yoxdur, Lakin hamısı dəstə-dəstə irəliləyir;
सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन् ।
28 Kərtənkələni əllə tutmaq olur, Amma o, padşah saraylarına çıxır.
छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन् ।
29 Üç məxluq var ki, yerişi gözəldir, Dörd məxluq var ki, gedişi gözəldir:
तिनवटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चारवटा छन् जुन शानसँग हिँड्छन्:
30 Heyvanların ən güclüsü, Heç nəyin qarşısından geri dönməyən şir,
सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन ।
31 Döyüşkən xoruz, təkə, Qoşun qabağına çıxan padşah.
शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।
32 Əgər özünü ucaltmaqla sarsaqlıq etmisənsə, Fikrində pis niyyətin varsa, əlinlə ağzını tut.
आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।
33 Çünki südü çalxalayanda yağ çıxdığı kimi, Burnu sıxanda qan çıxdığı kimi Qəzəbi qızışdıranda da dava yaranar.
जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्न गराउँछ ।