< Qanunun Təkrari 20 >
1 Düşmənlərinizə qarşı döyüşə çıxanda atları, döyüş arabalarını və sizdən böyük bir ordunu görəndə qorxmayın, çünki sizi Misir torpağından çıxaran Allahınız Rəbb sizinlədir.
तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।
2 Kahin döyüş qabağı ordunun yanına gəlib müraciət edərək
तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्नुपर्छ,
3 belə desin: “Ey İsraillilər, qulaq asın! Bu gün düşmənlərinizlə döyüşə çıxırsınız. Onlardan qorxub ürkməyin və təlaşa düşərək ürəyinizi yeməyin,
'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।
4 çünki Allahınız Rəbb düşmənlərinizlə döyüşmək və sizə qələbə qazandırmaq üçün sizinlə gedir”.
किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'
5 Zabitlər isə orduya belə desinlər: “Yeni ev tikib içində oturmayan kim var? Qoy evinə qayıtsın. Yoxsa döyüşdə ölər, evində başqası yaşayar.
अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।
6 Üzüm bağı salıb məhsulunu toplamayan varmı? Qoy o da evinə qayıtsın. Birdən döyüşdə ölər, məhsulunu başqası yığar.
के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस् ।
7 Bir qıza nişanlı olub evlənməyən varmı? O da evinə qayıtsın. Yoxsa döyüşdə ölər, nişanlısını başqası alar”.
के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'
8 Zabitlərin orduya müraciətinin davamı belə olsun: “Kim qorxusundan ürəyini yeyirsə, evinə qayıtsın. Öz ürəyi kimi yoldaşlarının da ürəyini üzməsin”.
यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के यहाँ कोही डरपोक र कातर छ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् ।'
9 Zabitlər orduya müraciətini bitirəndən sonra bölmələrə rəhbərlər təyin etsinlər.
अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् ।
10 Hansı şəhərə yürüş etsəniz, əvvəl onun xalqını sülhə çağırın.
कुनै सहरलाई आक्रमण गर्न तिमीहरू नजिक पुग्दा ती मानिसहरूसित शान्तिको प्रस्ताव राख्नू ।
11 Əgər o sizinlə sülh yolu ilə razılaşıb qarşınızda darvazalarını açarsa, qoy oranın bütün əhalisi sizə mükəlləfiyyətçi olub qulluğunuzda dursun.
तिनीहरूले तिमीहरूको प्रस्तावलाई स्वीकार गरी तिमीहरूलाई सहरमा स्वागत गरे भने त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनू र तिनीहरूले तिमीहरूको सेवा गरून् ।
12 Yox, əgər sizin sülh çağırışınızı rədd edib döyüşə başlasa, onda şəhəri mühasirəyə alın.
तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू,
13 Allahınız Rəbb şəhəri sizə təslim edəndə oranın bütün kişilərini qılıncdan keçirin.
र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।
14 Qadınları, uşaqları, heyvanları və şəhərdə olan bütün malları isə talan edin. Allahınız Rəbbin sizə verdiyi düşmən malını özünüzə sərf edə bilərsiniz.
तर स्त्री, बालबच्चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।
15 Sizə yaxın millətlərə aid olmayan, sizdən uzaqlarda yerləşən şəhərlərin hamısına qarşı rəftarınız belə olsun!
तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।
16 Ancaq Allahınız Rəbbin irs olaraq sizə verəcəyi bu millətlərin şəhərlərində nəfəsi olan heç bir canlını belə, sağ buraxmamalısınız.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्नू ।
17 Xetliləri, Emorluları, Kənanlıları, Perizliləri, Xivliləri, Yevusluları Allahınız Rəbbin sizə əmr etdiyi kimi tamamilə yox edin ki,
बरु, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्ट गरिदिनू ।
18 allahlarına iyrənc adətlərlə səcdə edənlərdən bunları öyrənərək Allahınız Rəbbə qarşı günah işlətməyəsiniz.
तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका विरुद्धमा पाप गर्ने छौ ।
19 Hər hansı bir şəhərlə döyüşəndə oranı almaq üçün mühasirəsi uzun çəkərsə, ağacları baltalayıb məhv etməyin. Bu ağacların məhsulundan yeyə bilərsiniz, amma onları qırmayın. Məgər çöldəki ağaclar insandır ki, onları mühasirəyə alasınız?
कुनै सहरलाई कब्जा गर्न तिमीहरूले त्यसलाई लामो समयसम्म घेर्दा तिमीहरूले बञ्चरोले यसका रुखहरू नकाट्नू । किनकि तिमीहरूले तीबाट खान सक्छौ । त्यसैले, तिनलाई नकाट । किनकि के जङ्गलका रुखहरू जाति हुन् जसलाई तिमीहरू घेरा हाल्छौ?
20 Biləndə ki bir ağac bar vermir, həmin ağacı kəsib yox edə bilərsiniz. Sizə müqavimət göstərən şəhəri alanadək mühasirə əməliyyatında bu ağaclardan istifadə edə bilərsiniz.
फल दिने रुखहरू होइनन् भनी तिमीहरूले चिनेका रुखहरूलाई मात्र तिमीहरूले काटेर नष्ट गर्नू । तिमीहरूसित युद्ध गर्ने सहर पराजित नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ ।