< 1 أخبار 3 >
وَهَذَا سِجِلٌّ بِمَوَالِيدِ دَاوُدَ الَّذِينَ أَنْجَبَهُمْ فِي حَبْرُونَ: بِكْرُهُ أَمْنُونُ مِنْ أَخِينُوعَمَ الْيَزْرَعِيلِيَّةِ، ثُمَّ دَانِيئِيلُ مِنْ أَبِيجَايِلَ الْكَرْمَلِيَّةِ، | ١ 1 |
हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।
وَالثَّالِثُ أَبْشَالُومُ بْنُ مَعْكَةَ بِنْتِ تَلْمَايَ مَلِكِ جَشُورَ، وَالرَّابِعُ أَدُونِيَّا بْنُ حَجِّيثَ، | ٢ 2 |
साहिंला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्गीतका छोरा थिए ।
وَالْخَامِسُ شَفَطْيَا مِنْ أَبِيطَالَ، وَالسَّادِسُ يَثَرْعَامُ مِنْ عَجْلَةَ زَوْجَتِهِ. | ٣ 3 |
अबीतलबाट ठाहिंला शपत्याह थिए, र तिनकी पत्नी एग्लाबाट कान्छा यित्राम भए ।
فَكَانَتْ جُمْلَةُ الْمَوْلُودِينَ لَهُ فِي حَبْرُونَ سِتَّةَ أَبْنَاءٍ، وَقَدْ مَلَكَ هُنَاكَ سَبْعَ سِنِينَ وَسِتَّةَ أَشْهُرٍ، ثُمَّ مَلَكَ فِي أُورُشَلِيمَ ثَلاثاً وَثَلاثِينَ سَنَةً. | ٤ 4 |
यी छ जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्य गरे । त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्य गरे ।
أَمَّا الَّذِينَ أَنْجَبَهُمْ فِي أُورُشَلِيمَ فَهُمْ: شِمْعَى وَشُوبَابُ وَنَاثَانُ وَسُلَيْمَانُ، وَهَؤُلاءِ الأَرْبَعَةُ وَلَدَتْهُمْ بَثْشَبَعُ بِنْتُ عَمِّيئِيلَ. | ٥ 5 |
शम्मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्मेका थिए ।
وَكَانَ لَهُ تِسْعَةُ أَبْنَاءٍ آخَرُونَ هُمْ يِبْحَارُ وَأَلِشَامَعُ وَأَلِيفَالَطُ، | ٦ 6 |
दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत,
وَنُوجَهُ وَنَافَجُ وَيَافِيعُ، | ٧ 7 |
नोगह, नेपेग, यापी,
وَأَلِيشَمَعُ وَأَلِيَادَاعُ وَأَلِيفَلَطُ. | ٨ 8 |
एलीशामा, एल्यादा र एलीपेलेत थिए ।
وَجَمِيعُهُمْ أَبْنَاءُ دَاوُدَ مَاعَدَا أَبْنَاءَ الْمَحْظِيَّاتِ. وَكَانَتْ لَهُمْ أُخْتٌ تُدْعَى ثَامَارَ. | ٩ 9 |
दाऊदका छोराहरू यिनै थिए, जसमा उपपत्नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन् ।
وَهَذِهِ أَسْمَاءُ أَبْنَاءِ سُلَيْمَانَ وَأَحْفَادِهِ عَلَى التَّعَاقُبِ الَّذِينَ تَوَالَوْا عَلَى الْمُلْكِ: رَحَبْعَامُ، أَبِيَّا، آسَا، يَهُوشَافَاطُ، | ١٠ 10 |
सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।
يُورَامُ، أَخَزْيَا، يُوآشُ، | ١١ 11 |
यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्याह थिए । अहज्याहका छोरा योआश थिए ।
أَمَصْيَا، عَزَرْيَا، يُوثَامُ، | ١٢ 12 |
योआश का छोरा अमस्याह थिए । अमस्याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए ।
آحَازُ، حَزَقِيَّا، مَنَسَّى، | ١٣ 13 |
योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्शे थिए ।
آمُونُ وَيُوشِيَّا. | ١٤ 14 |
मनश्शेका छोरा अमोन थिए । अमोनका छोरा योशियाह थिए ।
أَمَّا أَبْنَاءُ يُوشِيَّا فَهُمْ: الْبِكْرُ يُوحَانَانُ، ثُمَّ يَهُويَاقِيمُ، وَصِدْقِيَّا، وَأَخِيراً شَلُّومُ. | ١٥ 15 |
योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्छा शल्लूम थिए ।
وَابْنَا يَهُويَاقِيمُ يَكُنْيَا وَصِدْقِيَّا. | ١٦ 16 |
यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए ।
وَأَنْجَبَ يَكُنْيَا: أَسِيرَ وَشَأَلْتِيئِيلَ (وَمِنْ أَحْفَادِ يَهُويَاقِيمَ): | ١٧ 17 |
कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल,
مَلْكِيرَامُ وَفَدَايَا وَشِنْأَصَّرُ وَيَقَمْيَا وَهُوشَامَاعُ وَنَدَبْيَا. | ١٨ 18 |
मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह थिए।
وَأَنْجَبَ فَدَايَا: زَرُبَّابَلَ وَشِمْعِي. أَمَّا أَبْنَاءُ زَرُبَّابَلَ فَهُمْ مَشُلّامُ، وَحَنَنْيَا وَأُخْتُهُمْ شَلُومِيَةُ، | ١٩ 19 |
पदायाहका छोराहरू यरुबाबेल र शिमी थिए । यरुबाबेलका छोराहरू मशुल्लाम र हनन्याह थिए । तिनीहरूकी बहिनी शलोमीत थिइन् ।
وَحَشُوبَةُ وَأُوهَلُ، وَبَرَخْيَا وَحَسَدْيَا، وَيُوشَبُ حَسَدَ، وَهُمْ خَمْسَةٌ في جُمْلَتِهِمْ. | ٢٠ 20 |
तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद थिए ।
وَابْنَا حَنَنْيَا: فَلَطْيَا، وَيِشْعِيَا، وَمِنْ أَحْفَادِهِ: أَبْنَاءُ رَفَايَا وَأَرْنَانَ وَعُوبَدْيَا وَشَكَنْيَا. | ٢١ 21 |
हनन्याहका छोराहरू पलत्याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्याह थिए ।
وَأَنْجَبَ شَكُنْيَا شَمْعِيَا؛ وَأَبْنَاءُ شَمْعِيَا الْخَمْسَةُ هُمْ: حَطُّوشُ وَيَجْآلُ وَبَارِيحُ وَنَعَرْيَا وَشَافَاطُ. | ٢٢ 22 |
शकन्याहका छोरा शमायाह थिए । शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए ।
وَكَانَ لِنَعَرْيَا ثَلاثَةُ أَبْنَاءٍ هُمْ: أَلْيُوعِينِيُّ، وَحَزَقِيَّا، وَعَزْرِيقَامُ. | ٢٣ 23 |
नार्याहका छोराहरू एल्योएनै, हिस्कियाह र अज्रीकाम थिए ।
أَمَّا أَبْنَاءُ الْيُوعِينِيِّ فَهُمْ هُودَايَاهُو وَأَلِيَاشِيبُ وَفَلايَا وَعَقُّوبُ وَيُوحَانَانُ وَدَلايَا وَعَنَانِي. وَهُمْ سَبْعَةٌ. | ٢٤ 24 |
एल्यहोएनैका छोराहरू होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।