< اَلْمَزَامِيرُ 96 >
رَنِّمُوا لِلرَّبِّ تَرْنِيمَةً جَدِيدَةً. رَنِّمِي لِلرَّبِّ يَا كُلَّ ٱلْأَرْضِ. | ١ 1 |
याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; सारा पृथ्वीले याहवेहको निम्ति गाओ!
رَنِّمُوا لِلرَّبِّ، بَارِكُوا ٱسْمَهُ، بَشِّرُوا مِنْ يَوْمٍ إِلَى يَوْمٍ بِخَلَاصِهِ. | ٢ 2 |
याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर; प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर!
حَدِّثُوا بَيْنَ ٱلْأُمَمِ بِمَجْدِهِ، بَيْنَ جَمِيعِ ٱلشُّعُوبِ بِعَجَائِبِهِ. | ٣ 3 |
जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
لِأَنَّ ٱلرَّبَّ عَظِيمٌ وَحَمِيدٌ جِدًّا، مَهُوبٌ هُوَ عَلَى كُلِّ ٱلْآلِهَةِ. | ٤ 4 |
किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।
لِأَنَّ كُلَّ آلِهَةِ ٱلشُّعُوبِ أَصْنَامٌ، أَمَّا ٱلرَّبُّ فَقَدْ صَنَعَ ٱلسَّمَاوَاتِ. | ٥ 5 |
किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्, तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।
مَجْدٌ وَجَلَالٌ قُدَّامَهُ. ٱلْعِزُّ وَٱلْجَمَالُ فِي مَقْدِسِهِ. | ٦ 6 |
उहाँको सामु गौरव र वैभव छन्; उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्।
قَدِّمُوا لِلرَّبِّ يَا قَبَائِلَ ٱلشُّعُوبِ، قَدِّمُوا لِلرَّبِّ مَجْدًا وَقُوَّةً. | ٧ 7 |
हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ!
قَدِّمُوا لِلرَّبِّ مَجْدَ ٱسْمِهِ. هَاتُوا تَقْدِمَةً وَٱدْخُلُوا دِيَارَهُ. | ٨ 8 |
याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ!
ٱسْجُدُوا لِلرَّبِّ فِي زِينَةٍ مُقَدَّسَةٍ. ٱرْتَعِدِي قُدَّامَهُ يَا كُلَّ ٱلْأَرْضِ. | ٩ 9 |
उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर; हे सारा पृथ्वी, उहाँको सामु थरथर काम।
قُولُوا بَيْنَ ٱلْأُمَمِ: «ٱلرَّبُّ قَدْ مَلَكَ. أَيْضًا تَثَبَّتَتِ ٱلْمَسْكُونَةُ فَلَا تَتَزَعْزَعُ. يَدِينُ ٱلشُّعُوبَ بِٱلِٱسْتِقَامَةِ». | ١٠ 10 |
जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।” संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन; उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।
لِتَفْرَحِ ٱلسَّمَاوَاتُ وَلْتَبْتَهِجِ ٱلْأَرْضُ، لِيَعِجَّ ٱلْبَحْرُ وَمِلْؤُهُ. | ١١ 11 |
आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्; समुद्र र त्यसमा भएका सबै हर्षले गुञ्जायमान होऊन्!
لِيَجْذَلِ ٱلْحَقْلُ وَكُلُّ مَا فِيهِ، لِتَتَرَنَّمْ حِينَئِذٍ كُلُّ أَشْجَارِ ٱلْوَعْرِ | ١٢ 12 |
खेत र त्यसमा भएका सबै कुरा उल्लासित होऊन्; जङ्गलका सारा रूखहरू आनन्दले गाऊन्।
أَمَامَ ٱلرَّبِّ، لِأَنَّهُ جَاءَ. جَاءَ لِيَدِينَ ٱلْأَرْضَ. يَدِينُ ٱلْمَسْكُونَةَ بِٱلْعَدْلِ وَٱلشُّعُوبَ بِأَمَانَتِهِ. | ١٣ 13 |
सबै सृष्टिले याहवेहको सामु गाऊन्, किनकि उहाँ आउनुहुन्छ; उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र आफ्नो विश्वसतासाथ मानिसहरूको न्याय गर्नुहुनेछ।