< اَلْمَزَامِيرُ 34 >
لِدَاوُدَ عِنْدَمَا غَيَّرَ عَقْلَهُ قُدَّامَ أَبِيمَالِكَ فَطَرَدَهُ فَٱنْطَلَقَ أُبَارِكُ ٱلرَّبَّ فِي كُلِّ حِينٍ. دَائِمًا تَسْبِيحُهُ فِي فَمِي. | ١ 1 |
अबीमेलेकको सामु बौलाहा हुँ भनी दावीदले बहाना गरेको र तिनीद्वारा उनलाई धपाइएको समयको दावीदको भजन। हर समय म याहवेहलाई स्तुति गर्नेछु; उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।
بِٱلرَّبِّ تَفْتَخِرُ نَفْسِي. يَسْمَعُ ٱلْوُدَعَاءُ فَيَفْرَحُونَ. | ٢ 2 |
याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ; कष्टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।
عَظِّمُوا ٱلرَّبَّ مَعِي، وَلْنُعَلِّ ٱسْمَهُ مَعًا. | ٣ 3 |
मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्च पारौँ।
طَلَبْتُ إِلَى ٱلرَّبِّ فَٱسْتَجَابَ لِي، وَمِنْ كُلِّ مَخَاوِفِي أَنْقَذَنِي. | ٤ 4 |
मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो, उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।
نَظَرُوا إِلَيْهِ وَٱسْتَنَارُوا، وَوُجُوهُهُمْ لَمْ تَخْجَلْ. | ٥ 5 |
उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्; तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।
هَذَا ٱلْمِسْكِينُ صَرَخَ، وَٱلرَّبُّ ٱسْتَمَعَهُ، وَمِنْ كُلِّ ضِيقَاتِهِ خَلَّصَهُ. | ٦ 6 |
यस गरिब मानिसले याहवेहलाई पुकार गर्यो, र उहाँले त्यसलाई सुन्नुभयो; उहाँले त्यसका सबै सङ्कष्टहरूबाट बचाउनुभयो।
مَلَاكُ ٱلرَّبِّ حَالٌّ حَوْلَ خَائِفِيهِ، وَيُنَجِّيهِمْ. | ٧ 7 |
याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्नेहरूका चारैतिर सुरक्षाको घेरा लगाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
ذُوقُوا وَٱنْظُرُوا مَا أَطْيَبَ ٱلرَّبَّ! طُوبَى لِلرَّجُلِ ٱلْمُتَوَكِّلِ عَلَيْهِ. | ٨ 8 |
याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ! धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।
ٱتَّقُوا ٱلرَّبَّ يَا قِدِّيسِيهِ، لِأَنَّهُ لَيْسَ عَوَزٌ لِمُتَّقِيهِ. | ٩ 9 |
हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान; किनकि उहाँको डर मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन।
ٱلْأَشْبَالُ ٱحْتَاجَتْ وَجَاعَتْ، وَأَمَّا طَالِبُو ٱلرَّبِّ فَلَا يُعْوِزُهُمْ شَيْءٌ مِنَ ٱلْخَيْرِ. | ١٠ 10 |
जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्; तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।
هَلُمَّ أَيُّهَا ٱلْبَنُونَ ٱسْتَمِعُوا إِلَيَّ فَأُعَلِّمَكُمْ مَخَافَةَ ٱلرَّبِّ. | ١١ 11 |
हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन। म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।
مَنْ هُوَ ٱلْإِنْسَانُ ٱلَّذِي يَهْوَى ٱلْحَيَاةَ، وَيُحِبُّ كَثْرَةَ ٱلْأَيَّامِ لِيَرَى خَيْرًا؟ | ١٢ 12 |
तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ, दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने
صُنْ لِسَانَكَ عَنِ ٱلشَّرِّ، وَشَفَتَيْكَ عَنِ ٱلتَّكَلُّمِ بِٱلْغِشِّ. | ١٣ 13 |
आफ्नो जिब्रोलाई खराब कुरादेखि र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!
حِدْ عَنِ ٱلشَّرِّ، وَٱصْنَعِ ٱلْخَيْرَ. ٱطْلُبِ ٱلسَّلَامَةَ، وَٱسْعَ وَرَاءَهَا. | ١٤ 14 |
दुष्टताबाट अलग बस र भलाइ गर; शान्ति खोज, र त्यसको पछि लाग।
عَيْنَا ٱلرَّبِّ نَحْوَ ٱلصِّدِّيقِينَ، وَأُذُنَاهُ إِلَى صُرَاخِهِمْ. | ١٥ 15 |
याहवेहको नजर धर्मीहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका पुकार सुन्नलाई खुल्ला हुन्छन्।
وَجْهُ ٱلرَّبِّ ضِدُّ عَامِلِي ٱلشَّرِّ لِيَقْطَعَ مِنَ ٱلْأَرْضِ ذِكْرَهُمْ. | ١٦ 16 |
तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।
أُولَئِكَ صَرَخُوا، وَٱلرَّبُّ سَمِعَ، وَمِنْ كُلِّ شَدَائِدِهِمْ أَنْقَذَهُمْ. | ١٧ 17 |
धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्नुहुन्छ; तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
قَرِيبٌ هُوَ ٱلرَّبُّ مِنَ ٱلْمُنْكَسِرِي ٱلْقُلُوبِ، وَيُخَلِّصُ ٱلْمُنْسَحِقِي ٱلرُّوحِ. | ١٨ 18 |
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ, र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
كَثِيرَةٌ هِيَ بَلَايَا ٱلصِّدِّيقِ، وَمِنْ جَمِيعِهَا يُنَجِّيهِ ٱلرَّبُّ. | ١٩ 19 |
धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्, तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;
يَحْفَظُ جَمِيعَ عِظَامِهِ. وَاحِدٌ مِنْهَا لَا يَنْكَسِرُ. | ٢٠ 20 |
याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ; तिनमा एउटै हाड पनि भाँचिनेछैन।
ٱلشَّرُّ يُمِيتُ ٱلشِّرِّيرَ، وَمُبْغِضُو ٱلصِّدِّيقِ يُعَاقَبُونَ. | ٢١ 21 |
खराबीले दुष्टलाई मार्दछ; धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्।
ٱلرَّبُّ فَادِي نُفُوسِ عَبِيدِهِ، وَكُلُّ مَنِ ٱتَّكَلَ عَلَيْهِ لَا يُعَاقَبُ. | ٢٢ 22 |
याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ; उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।