< اَلْعَدَد 33 >
هَذِهِ رِحْلَاتُ بَنِي إِسْرَائِيلَ ٱلَّذِينَ خَرَجُوا مِنْ أَرْضِ مِصْرَ بِجُنُودِهِمْ عَنْ يَدِ مُوسَى وَهَارُونَ. | ١ 1 |
मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्।
وَكَتَبَ مُوسَى مَخَارِجَهُمْ بِرِحْلَاتِهِمْ حَسَبَ قَوْلِ ٱلرَّبِّ. وَهَذِهِ رِحْلَاتُهُمْ بِمَخَارِجِهِمْ: | ٢ 2 |
याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्न ठाउँअनुसारका विवरण यही हो:
اِرْتَحَلُوا مِنْ رَعَمْسِيسَ فِي ٱلشَّهْرِ ٱلْأَوَّلِ، فِي ٱلْيَوْمِ ٱلْخَامِسَ عَشَرَ مِنَ ٱلشَّهْرِ ٱلْأَوَّلِ، فِي غَدِ ٱلْفِصْحِ. خَرَجَ بَنُو إِسْرَائِيلَ بِيَدٍ رَفِيعَةٍ أَمَامَ أَعْيُنِ جَمِيعِ ٱلْمِصْرِيِّينَ، | ٣ 3 |
इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे।
إِذْ كَانَ ٱلْمِصْرِيُّونَ يَدْفِنُونَ ٱلَّذِينَ ضَرَبَ مِنْهُمُ ٱلرَّبُّ مِنْ كُلِّ بِكْرٍ، وَٱلرَّبُّ قَدْ صَنَعَ بِآلِهَتِهِمْ أَحْكَامًا. | ٤ 4 |
त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो।
فَٱرْتَحَلَ بَنُو إِسْرَائِيلَ مِنْ رَعَمْسِيسَ وَنَزَلُوا فِي سُكُّوتَ. | ٥ 5 |
रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्कोतमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ سُكُّوتَ وَنَزَلُوا فِي إِيثَامَ ٱلَّتِي فِي طَرَفِ ٱلْبَرِّيَّةِ. | ٦ 6 |
सुक्कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ إِيثَامَ وَرَجَعُوا عَلَى فَمِ ٱلْحِيرُوثِ ٱلَّتِي قُبَالَةَ بَعْلَ صَفُونَ وَنَزَلُوا أَمَامَ مَجْدَلٍ. | ٧ 7 |
तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ أَمَامِ ٱلْحِيرُوثِ وَعَبَرُوا فِي وَسَطِ ٱلْبَحْرِ إِلَى ٱلْبَرِّيَّةِ، وَسَارُوا مَسِيرَةَ ثَلَاثَةِ أَيَّامٍ فِي بَرِّيَّةِ إِيثَامَ وَنَزَلُوا فِي مَارَّةَ. | ٨ 8 |
तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ مَارَّةَ وَأَتَوْا إِلَى إِيلِيمَ. وَكَانَ فِي إِيلِيمَ ٱثْنَتَا عَشَرَةَ عَيْنَ مَاءٍ، وَسَبْعُونَ نَخْلَةً. فَنَزَلُوا هُنَاكَ. | ٩ 9 |
तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ إِيلِيمَ وَنَزَلُوا عَلَى بَحْرِ سُوفَ. | ١٠ 10 |
तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ بَحْرِ سُوفَ وَنَزَلُوا فِي بَرِّيَّةِ سِينٍ. | ١١ 11 |
लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ بَرِّيَّةِ سِينٍ وَنَزَلُوا فِي دُفْقَةَ. | ١٢ 12 |
सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ دُفْقَةَ وَنَزَلُوا فِي أَلُوشَ. | ١٣ 13 |
दोफकाबाट हिँडेपछि तिनीहरूले आलूशमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ أَلُوشَ وَنَزَلُوا فِي رَفِيدِيمَ، وَلَمْ يَكُنْ هُنَاكَ مَاءٌ لِلشَّعْبِ لِيَشْرَبَ. | ١٤ 14 |
आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।
ثُمَّ ٱرْتَحَلُوا مِنْ رَفِيدِيمَ وَنَزَلُوا فِي بَرِّيَّةِ سِينَاءَ. | ١٥ 15 |
रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ بَرِّيَّةِ سِينَاءَ وَنَزَلُوا فِي قَبَرُوتَ هَتَّأَوَةَ. | ١٦ 16 |
तिनीहरू सीनैको उजाडस्थानबाट हिँडे, र किब्रोत-हत्तावामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ قَبَرُوتَ هَتَّأَوَةَ وَنَزَلُوا فِي حَضَيْرُوتَ. | ١٧ 17 |
तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ حَضَيْرُوتَ وَنَزَلُوا فِي رِثْمَةَ. | ١٨ 18 |
तिनीहरू हसेरोतबाट हिँडे, र रित्मामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ رِثْمَةَ وَنَزَلُوا فِي رِمُّونَ فَارِصَ. | ١٩ 19 |
तिनीहरू रित्माबाट हिँडे, र रिम्मोन-पेरेसमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ رِمُّونَ فَارِصَ وَنَزَلُوا فِي لِبْنَةَ. | ٢٠ 20 |
तिनीहरू रिम्मोन-पेरेसबाट हिँडे, र लिब्नामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ لِبْنَةَ وَنَزَلُوا فِي رِسَّةَ. | ٢١ 21 |
तिनीहरू लिब्नाबाट हिँडे, र रिस्सामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ رِسَّةَ وَنَزَلُوا فِي قُهَيْلَاتَةَ. | ٢٢ 22 |
तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ قُهَيْلَاتَةَ وَنَزَلُوا فِي جَبَلِ شَافَرَ. | ٢٣ 23 |
तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे।
ثُمَّ ٱرْتَحَلُوا مِنْ جَبَلِ شَافَرَ وَنَزَلُوا فِي حَرَادَةَ. | ٢٤ 24 |
तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ حَرَادَةَ وَنَزَلُوا فِي مَقْهَيْلُوتَ. | ٢٥ 25 |
तिनीहरू हरादाबाट हिँडे, र मखेलोतमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ مَقْهَيْلُوتَ وَنَزَلُوا فِي تَاحَتَ. | ٢٦ 26 |
तिनीहरू मखेलोतबाट हिँडे, र तहतमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ تَاحَتَ وَنَزَلُوا فِي تَارَحَ. | ٢٧ 27 |
तिनीहरू तहतबाट हिँडे, र तेरहमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ تَارَحَ وَنَزَلُوا فِي مِثْقَةَ. | ٢٨ 28 |
तिनीहरू तेरहबाट हिँडे, र मित्कामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ مِثْقَةَ وَنَزَلُوا فِي حَشْمُونَةَ. | ٢٩ 29 |
तिनीहरू मित्काबाट हिँडे, र हशमोनामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ حَشْمُونَةَ وَنَزَلُوا فِي مُسِيرُوتَ. | ٣٠ 30 |
तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِن مُسِيرُوتَ وَنَزَلُوا فِي بَنِي يَعْقَانَ. | ٣١ 31 |
तिनीहरू मसेरोतबाट हिँडे, र बेने-याकानमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ بَنِي يَعْقَانَ وَنَزَلُوا فِي حُورِ ٱلْجِدْجَادِ. | ٣٢ 32 |
तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ حُورِ ٱلْجِدْجَادِ وَنَزَلُوا فِي يُطْبَاتَ. | ٣٣ 33 |
तिनीहरू होर-होगिदगादबाट हिँडे, र योतबातामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ يُطْبَاتَ وَنَزَلُوا فِي عَبْرُونَةَ. | ٣٤ 34 |
तिनीहरू योतबाताबाट हिँडे, र अब्रोनामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ عَبْرُونَةَ وَنَزَلُوا فِي عِصْيُونَ جَابَرَ. | ٣٥ 35 |
तिनीहरू अब्रोनाबाट हिँडे, र एस्योन-गेबेरमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ عِصْيُونَ جَابَرَ وَنَزَلُوا فِي بَرِّيّةِ صِينٍ وَهِيَ قَادَشُ. | ٣٦ 36 |
तिनीहरू एस्योन-गेबेरबाट हिँडे, र जीनको उजाडस्थानमा भएको कादेशमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ قَادَشَ وَنَزَلُوا فِي جَبَلِ هُورٍ فِي طَرَفِ أَرْضِ أَدُومَ. | ٣٧ 37 |
तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले।
فَصَعِدَ هَارُونُ ٱلْكَاهِنُ إِلَى جَبَلِ هُورٍ حَسَبَ قَوْلِ ٱلرَّبِّ، وَمَاتَ هُنَاكَ فِي ٱلسَّنَةِ ٱلْأَرْبَعِينَ لِخُرُوجِ بَنِي إِسْرَائِيلَ مِنْ أَرْضِ مِصْرَ، في ٱلشَّهْرِ ٱلخَامِسِ فِي ٱلْأَوَّلِ مِنَ ٱلشَّهْرِ. | ٣٨ 38 |
याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो।
وَكَانَ هَارُونُ ٱبْنَ مِئَةٍ وثَلَاثٍ وَعِشْرِينَ سَنَةً حِينَ مَاتَ فِي جَبَلِ هُورٍ. | ٣٩ 39 |
होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए।
وَسَمِعَ ٱلْكَنْعَانِيُّ مَلِكُ عَرَادَ وَهُوَ سَاكِنٌ فِي ٱلْجَنُوبِ فِي أَرْضِ كَنْعَانَ بِمَجِيءِ بَنِي إِسْرَائِيلَ. | ٤٠ 40 |
कनान देशको दक्षिणमा बस्ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने।
ثُمَّ ٱرْتَحَلُوا مِنْ جَبَلِ هُورٍ وَنَزَلُوا فِي صَلْمُونَةَ. | ٤١ 41 |
तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ صَلْمُونَةَ وَنَزَلُوا فِي فُونُونَ. | ٤٢ 42 |
तिनीहरू सलमोनाबाट हिँडे, र पूनोनमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ فُونُونَ وَنَزَلُوا فِي أُوبُوتَ. | ٤٣ 43 |
तिनीहरू पूनोनबाट हिँडे, र ओबोतमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ أُوبُوتَ وَنَزَلُوا فِي عَيِّي عَبَارِيمَ فِي تُخْمِ مُوآبَ. | ٤٤ 44 |
तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ عَيِّيمَ وَنَزَلُوا فِي دِيبُونَ جَادَ. | ٤٥ 45 |
तिनीहरू इये-अबारीमबाट हिँडे, र दीबोन-गादमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ دِيبُونَ جَادَ وَنَزَلُوا فِي عَلْمُونَ دِبْلَاتَايِمَ. | ٤٦ 46 |
तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ عَلْمُونَ دِبْلَاتَايِمَ وَنَزَلُوا فِي جِبَالِ عَبَارِيمَ أَمَامَ نَبُو. | ٤٧ 47 |
तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले।
ثُمَّ ٱرْتَحَلُوا مِنْ جِبَالِ عَبَارِيمَ وَنَزَلُوا فِي عَرَبَاتِ مُوآبَ عَلَى أُرْدُنِّ أَرِيحَا. | ٤٨ 48 |
तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले।
نَزَلُوا عَلَى ٱلْأُرْدُنِّ مِنْ بَيْتِ يَشِيمُوتَ إِلَى آبَلِ شِطِّيمَ فِي عَرَبَاتِ مُوآبَ. | ٤٩ 49 |
त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले।
وَكَلَّمَ ٱلرَّبُّ مُوسَى فِي عَرَبَاتِ مُوآبَ عَلَى أُرْدُنِّ أَرِيحَا قَائِلًا: | ٥٠ 50 |
यरीहोको पारिपट्टि यर्दन नदीको नजिकै मोआबको मैदानमा याहवेहले मोशालाई भन्नुभयो,
«كَلِّمْ بَنِي إِسْرَائِيلَ وَقُلْ لَهُمْ: إِنَّكُمْ عَابِرُونَ ٱلْأُرْدُنَّ إِلَى أَرْضِ كَنْعَانَ، | ٥١ 51 |
“इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ,
فَتَطْرُدُونَ كُلَّ سُكَّانِ ٱلْأَرْضِ مِنْ أَمَامِكُمْ، وَتَمْحُونَ جَمِيعَ تَصَاوِيرِهِمْ، وَتُبِيدُونَ كُلَّ أَصْنَامِهِمِ ٱلْمَسْبُوكَةِ وَتُخْرِبُونَ جَمِيعَ مُرْتَفَعَاتِهِمْ. | ٥٢ 52 |
तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू।
تَمْلِكُونَ ٱلْأَرْضَ وَتَسْكُنُونَ فِيهَا لِأَنِّي قَدْ أَعْطَيْتُكُمُ ٱلْأَرْضَ لِكَيْ تَمْلِكُوهَا، | ٥٣ 53 |
त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु।
وَتَقْتَسِمُونَ ٱلْأَرْضَ بِٱلْقُرْعَةِ حَسَبَ عَشَائِرِكُمْ. اَلْكَثِيرُ تُكَثِّرُونَ لَهُ نَصِيبَهُ وَٱلْقَلِيلُ تُقَلِّلُونَ لَهُ نَصِيبَهُ. حَيْثُ خَرَجَتْ لَهُ ٱلْقُرْعَةُ فَهُنَاكَ يَكُونُ لَهُ. حَسَبَ أَسْبَاطِ آبَائِكُمْ تَقْتَسِمُونَ. | ٥٤ 54 |
त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू।
وَإِنْ لَمْ تَطْرُدُوا سُكَّانَ ٱلْأَرْضِ مِنْ أَمَامِكُمْ يَكُونُ ٱلَّذِينَ تَسْتَبْقُونَ مِنْهُمْ أَشْوَاكًا فِي أَعْيُنِكُمْ، وَمَنَاخِسَ فِي جَوَانِبِكُمْ، وَيُضَايِقُونَكُمْ عَلَى ٱلْأَرْضِ ٱلَّتِي أَنْتُمْ سَاكِنُونَ فِيهَا. | ٥٥ 55 |
“‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्।
فَيَكُونُ أَنِّي أَفْعَلُ بِكُمْ كَمَا هَمَمْتُ أَنْ أَفْعَلَ بِهِمْ». | ٥٦ 56 |
अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’”