< أَيُّوبَ 31 >
«عَهْدًا قَطَعْتُ لِعَيْنَيَّ، فَكَيْفَ أَتَطَلَّعُ فِي عَذْرَاءَ؟ | ١ 1 |
“मैले कुनै कन्यालाई कामुक दृष्टिले नहेर्ने भनी मैले आफ्ना आँखाहरूसँग करार बाँधेको छु।
وَمَا هِيَ قِسْمَةُ ٱللهِ مِنْ فَوْقُ، وَنَصِيبُ ٱلْقَدِيرِ مِنَ ٱلْأَعَالِي؟ | ٢ 2 |
किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्वरले ठहराउनुभएको भाग, र उच्चमा रहनुहुने सर्वशक्तिमान्बाटको अंश के हो?
أَلَيْسَ ٱلْبَوَارُ لِعَامِلِ ٱلشَّرِّ، وَٱلنُّكْرُ لِفَاعِلِي ٱلْإِثْمِ؟ | ٣ 3 |
के दुष्ट मानिसहरूका निम्ति विनाश, र खराब काम गर्नेहरूका निम्ति विपत्ति छैन र?
أَلَيْسَ هُوَ يَنْظُرُ طُرُقِي، وَيُحْصِي جَمِيعَ خَطَوَاتِي؟ | ٤ 4 |
के उहाँले मेरा मार्गहरू देख्नुहुन्न? र मेरो प्रत्येक पाइला गन्ती गर्नुहुन्न र?
إِنْ كُنْتُ قَدْ سَلَكْتُ مَعَ ٱلْكَذِبِ، أَوْ أَسْرَعَتْ رِجْلِي إِلَى ٱلْغِشِّ، | ٥ 5 |
“यदि म झूटो मार्गमा हिँडेको छु भने अथवा मेरा पाउहरू छलतर्फ हतारिएका छन् भने,
لِيَزِنِّي فِي مِيزَانِ ٱلْحَقِّ، فَيَعْرِفَ ٱللهُ كَمَالِي. | ٦ 6 |
परमेश्वरले मलाई न्यायको तराजुमा तौलून्, अनि उहाँले म निर्दोष छु भनी जानून्।
إِنْ حَادَتْ خَطَوَاتِي عَنِ ٱلطَّرِيقِ، وَذَهَبَ قَلْبِي وَرَاءَ عَيْنَيَّ، أَوْ لَصِقَ عَيْبٌ بِكَفِّي، | ٧ 7 |
यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने, यदि मेरो हृदयलाई मेरा आँखाहरूले डोर्याइएका छन् भने, अथवा मेरा हातहरू अशुद्ध पारेको भए,
أَزْرَعْ وَغَيْرِي يَأْكُلْ، وَفُرُوعِي تُسْتَأْصَلْ. | ٨ 8 |
तब मैले छरेका अन्नहरू कसैले खाओस्, र मेरा बालीहरू उखालिओस्।
«إِنْ غَوِيَ قَلْبِي عَلَى ٱمْرَأَةٍ، أَوْ كَمَنْتُ عَلَى بَابِ قَرِيبِي، | ٩ 9 |
“यदि मेरो हृदय कुनै स्त्रीद्वारा मोहित पारेको भए, अथवा यदि मेरो छिमेकीको ढोकामा म ढुकिबसेको भए,
فَلْتَطْحَنِ ٱمْرَأَتِي لِآخَرَ، وَلْيَنْحَنِ عَلَيْهَا آخَرُونَ. | ١٠ 10 |
मेरी पत्नीले अर्का मानिसको जाँतो पिँध्न परोस्, र परपुरुषहरू ऊसँग सुतून्;
لِأَنَّ هَذِهِ رَذِيلَةٌ، وَهِيَ إِثْمٌ يُعْرَضُ لِلْقُضَاةِ. | ١١ 11 |
किनकि त्यो घोर कुकर्म हो; र न्याय गरिनुपर्ने पाप हो।
لِأَنَّهَا نَارٌ تَأْكُلُ حَتَّى إِلَى ٱلْهَلَاكِ، وَتَسْتَأْصِلُ كُلَّ مَحْصُولِي. | ١٢ 12 |
किनकि यो त जलेर भस्म पार्ने आगो हो; यसले मेरो सबै खेतीलाई जरैसमेत उखेलिदिन्छ।
«إِنْ كُنْتُ رَفَضْتُ حَقَّ عَبْدِي وَأَمَتِي فِي دَعْوَاهُمَا عَلَيَّ، | ١٣ 13 |
“मेरा कुनै पनि सेवकहरूले गुनासो गर्दा, चाहे स्त्री होस् वा पुरुष, यदि तिनीहरूलाई मैले न्याय गर्न इन्कार गरेको भए,
فَمَاذَا كُنْتُ أَصْنَعُ حِينَ يَقُومُ ٱللهُ؟ وَإِذَا ٱفْتَقَدَ، فَبِمَاذَا أُجِيبُهُ؟ | ١٤ 14 |
परमेश्वरसँग मेरो सामना हुँदा म के गरूँ? उहाँले मेरो लेखा लिनुहुँदा म उहाँलाई के जवाफ दिऊँ?
أَوَلَيْسَ صَانِعِي فِي ٱلْبَطْنِ صَانِعَهُ، وَقَدْ صَوَّرَنَا وَاحِدٌ فِي ٱلرَّحِمِ؟ | ١٥ 15 |
के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र? के उहाँले नै हाम्रा आमाको गर्भमा हामी दुवैलाई रच्नुभएको होइन र?
إِنْ كُنْتُ مَنَعْتُ ٱلْمَسَاكِينَ عَنْ مُرَادِهِمْ، أَوْ أَفْنَيْتُ عَيْنَيِ ٱلْأَرْمَلَةِ، | ١٦ 16 |
“यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए, अथवा विधवाहरूका आँखालाई निराश पारिदिएको भए,
أَوْ أَكَلْتُ لُقْمَتِي وَحْدِي فَمَا أَكَلَ مِنْهَا ٱلْيَتِيمُ. | ١٧ 17 |
यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए, यदि मैले अनाथहरूसँग बाँडचुँड नगरी आफूसँगै राखेको भए—
بَلْ مُنْذُ صِبَايَ كَبِرَ عِنْدِي كَأَبٍ، وَمِنْ بَطْنِ أُمِّي هَدَيْتُهَا. | ١٨ 18 |
तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ, र मेरो जन्मदेखि नै मैले विधवाहरूलाई डोर्याएँ—
إِنْ كُنْتُ رَأَيْتُ هَالِكًا لِعَدَمِ ٱللِّبْسِ أَوْ فَقِيرًا بِلَا كِسْوَةٍ، | ١٩ 19 |
यदि मैले कोही लुगा नभएर नष्ट भइरहेको देख्दा, अथवा लुगा नभएर खाँचोमा परेकाहरूलाई देख्दा,
إِنْ لَمْ تُبَارِكْنِي حَقَوَاهُ وَقَدِ ٱسْتَدْفَأَ بِجَزَّةِ غَنَمِي. | ٢٠ 20 |
अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा तिनीहरूको हृदयले मलाई आशिष् नदिएको भए,
إِنْ كُنْتُ قَدْ هَزَزْتُ يَدِي عَلَى ٱلْيَتِيمِ لَمَّا رَأَيْتُ عَوْنِي فِي ٱلْبَابِ، | ٢١ 21 |
यदि मैले अदालतमा मेरो प्रभाव छ भनेर, मैले अनाथहरूका विरुद्ध हात उठाएको भए,
فَلْتَسْقُطْ عَضُدِي مِنْ كَتِفِي، وَلْتَنْكَسِرْ ذِرَاعِي مِنْ قَصَبَتِهَا، | ٢٢ 22 |
त्यसो हो भने मेरा पाखुरा कुमबाट खुस्किजाओस्, त्यो जोर्नीबाट चुँडिओस्।
لِأَنَّ ٱلْبَوَارَ مِنَ ٱللهِ رُعْبٌ عَلَيَّ، وَمِنْ جَلَالِهِ لَمْ أَسْتَطِعْ. | ٢٣ 23 |
किनकि परमेश्वरबाटको विनाशसँग म त्रसित थिएँ, र उहाँको गौरवको डरले मैले त्यस्ता कामहरू गर्नै सकिनँ।
«إِنْ كُنْتُ قَدْ جَعَلْتُ ٱلذَّهَبَ عَمْدَتِي، أَوْ قُلْتُ لِلْإِبْرِيزِ: أَنْتَ مُتَّكَلِي. | ٢٤ 24 |
“यदि मैले मेरो भरोसा सुनमाथि राखेको छु भने अथवा निखुर सुनलाई यसरी भनेको छु भने, ‘तँ मेरो सुरक्षा होस्,’
إِنْ كُنْتُ قَدْ فَرِحْتُ إِذْ كَثُرَتْ ثَرْوَتِي وَلِأَنَّ يَدِي وَجَدَتْ كَثِيرًا. | ٢٥ 25 |
यदि म आफ्नो प्रशस्त धनसम्पत्तिमा, मेरो हातको समृद्धिमा आनन्दित भएको छु भने
إِنْ كُنْتُ قَدْ نَظَرْتُ إِلَى ٱلنُّورِ حِينَ ضَاءَ، أَوْ إِلَى ٱلْقَمَرِ يَسِيرُ بِٱلْبَهَاءِ، | ٢٦ 26 |
यदि मैले सूर्यको प्रतापलाई अथवा चन्द्रमाको गौरवलाई कदर गरेको भए,
وَغَوِيَ قَلْبِي سِرًّا، وَلَثَمَ يَدِي فَمِي، | ٢٧ 27 |
जसले गर्दा मेरो हृदय गोप्य रूपमा तिनीहरूतर्फ मोहित हुनेथिए, र मेरा हातले तिनीहरूलाई श्रद्धाको चुम्बन चढाउनेथिए,
فَهَذَا أَيْضًا إِثْمٌ يُعْرَضُ لِلْقُضَاةِ، لِأَنِّي أَكُونُ قَدْ جَحَدْتُ ٱللهَ مِنْ فَوْقُ. | ٢٨ 28 |
त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए; किनकि म उच्चमा हुनुहुने परमेश्वरप्रति अविश्वासयोग्य हुनेथिएँ।
«إِنْ كُنْتُ قَدْ فَرِحْتُ بِبَلِيَّةِ مُبْغِضِي أَوْ شَمِتُّ حِينَ أَصَابَهُ سُوءٌ. | ٢٩ 29 |
“यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए, अथवा तिनीहरूमाथि आएको विपत्तिमा खुशी भएको भए—
بَلْ لَمْ أَدَعْ حَنَكِي يُخْطِئُ فِي طَلَبِ نَفْسِهِ بِلَعْنَةٍ. | ٣٠ 30 |
मैले तिनीहरूको जीवनको विरुद्ध श्राप दिएर आफ्नो मुखलाई पाप गर्न दिएको छैनँ—
إِنْ كَانَ أَهْلُ خَيْمَتِي لَمْ يَقُولُوا: مَنْ يَأْتِي بِأَحَدٍ لَمْ يَشْبَعْ مِنْ طَعَامِهِ؟ | ٣١ 31 |
यदि मेरो घरानाका मानिसहरूले कहिल्यै यसो नभनेको भए, “इयोबको भोजनबाट कोचाहिँ तृप्त भएको छैन?”
غَرِيبٌ لَمْ يَبِتْ فِي ٱلْخَارِجِ. فَتَحْتُ لِلْمُسَافِرِ أَبْوَابِي. | ٣٢ 32 |
तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो; किनकि मेरो घरको ढोका सधैँ यात्रीहरूका लागि खुल्लै रहन्थ्यो,
إِنْ كُنْتُ قَدْ كَتَمْتُ كَٱلنَّاسِ ذَنْبِي لِإِخْفَاءِ إِثْمِي فِي حِضْنِي. | ٣٣ 33 |
मैले अरू मानिसहरूले जस्तै मेरो हृदयमा मेरो दोष लुकाएर मेरो पाप ढाकेको छु?
إِذْ رَهِبْتُ جُمْهُورًا غَفِيرًا، وَرَوَّعَتْنِي إِهَانَةُ ٱلْعَشَائِرِ، فَكَفَفْتُ وَلَمْ أَخْرُجْ مِنَ ٱلْبَابِ. | ٣٤ 34 |
म भीडसँग धेरै डराएर, आफन्तहरूले गिल्ला पो गर्लान् कि भनी, म चुपचाप घरमै लुकेर बसेको छु र?
مَنْ لِي بِمَنْ يَسْمَعُنِي؟ هُوَذَا إِمْضَائِي. لِيُجِبْنِي ٱلْقَدِيرُ. وَمَنْ لِي بِشَكْوَى كَتَبَهَا خَصْمِي، | ٣٥ 35 |
(“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त! अब म आफ्नो बहसमा हस्ताक्षर गर्छु—सर्वशक्तिमान्ले नै मलाई जवाफ देऊन्; मलाई अभियोग लगाउनेहरूले आफ्नो दोषपत्रमा लेखेर देऊन्।
فَكُنْتُ أَحْمِلُهَا عَلَى كَتِفِي. كُنْتُ أُعْصِبُهَا تَاجًا لِي. | ٣٦ 36 |
निश्चय नै म त्यो मेरो काँधमा बोकेर हिँड्नेथिएँ, म त्यसलाई मुकुटजस्तै लगाउनेथिएँ।
كُنْتُ أُخْبِرُهُ بِعَدَدِ خَطَوَاتِي وَأَدْنُو مِنْهُ كَشَرِيفٍ. | ٣٧ 37 |
म उहाँलाई मेरो हरेक पाइलाको हिसाब दिनेथिएँ; म उहाँको सामु शासकझैँ उपस्थित हुनेथिएँ।)
إِنْ كَانَتْ أَرْضِي قَدْ صَرَخَتْ عَلَيَّ وَتَبَاكَتْ أَتْلَامُهَا جَمِيعًا. | ٣٨ 38 |
“यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो, र त्यसका सबै ड्याङहरू आँसुले भिजेका हुन्थे भने,
إِنْ كُنْتُ قَدْ أَكَلْتُ غَلَّتَهَا بِلَا فِضَّةٍ، أَوْ أَطْفَأْتُ أَنْفُسَ أَصْحَابِهَا، | ٣٩ 39 |
यदि मैले त्यसको फसल रकम नतिरी खाएको छु भने अथवा मोहीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको छु भने
فَعِوَضَ ٱلْحِنْطَةِ لِيَنْبُتْ شَوْكٌ، وَبَدَلَ ٱلشَّعِيرِ زَوَانٌ». تَمَّتْ أَقْوَالُ أَيُّوبَ. | ٤٠ 40 |
त्यसो भए गहुँको सट्टामा काँडैकाँडा, र जौको सट्टामा गन्हाउने झारपात उम्रून्।” यति भनिसकेपछि इयोबका वचनहरू समाप्त भए।