< أَيُّوبَ 11 >
فَأَجَابَ صُوفَرُ ٱلنَّعْمَاتِيُّ وَقَالَ: | ١ 1 |
सोपर नमातीले जवाफ दिए र यसो भने,
«أَكَثْرَةُ ٱلْكَلَامِ لَا يُجَاوَبُ، أَمْ رَجُلٌ مِهْذَارٌ يَتَبَرَّرُ؟ | ٢ 2 |
“यति धेरै शब्दका जवाफ दिनुहुँदैन र? धेरै बोल्ने यी मानिसलाई विश्वास गर्नुपर्छ र?
أَصَلَفُكَ يُفْحِمُ ٱلنَّاسَ، أَمْ تَلِخُّ وَلَيْسَ مَنْ يُخْزِيكَ؟ | ٣ 3 |
तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?
إِذْ تَقُولُ: تَعْلِيمِي زَكِيٌّ، وَأَنَا بَارٌّ فِي عَيْنَيْكَ. | ٤ 4 |
किनकि तपाईं परमेश्वरलाई भन्नुहुन्छ, 'मेरो विश्वास शुद्ध छ; तपाईंको दृष्टिमा म दोषरहित छु ।'
وَلَكِنْ يَا لَيْتَ ٱللهَ يَتَكَلَّمُ وَيَفْتَحُ شَفَتَيْهِ مَعَكَ، | ٥ 5 |
तर परमेश्वर बोल्नुभए हुन्थ्यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्नुभए हुन्थ्यो ।
وَيُعْلِنُ لَكَ خَفِيَّاتِ ٱلْحِكْمَةِ! إِنَّهَا مُضَاعَفَةُ ٱلْفَهْمِ، فَتَعْلَمَ أَنَّ ٱللهَ يُغْرِمُكَ بِأَقَلَّ مِنْ إِثْمِكَ. | ٦ 6 |
उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्थ्यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्ड परमेश्वरले तपाईं दिनुहुन्छ भनी जान्नुहोस् ।
«أَإِلَى عُمْقِ ٱللهِ تَتَّصِلُ، أَمْ إِلَى نِهَايَةِ ٱلْقَدِيرِ تَنْتَهِي؟ | ٧ 7 |
परमेश्वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्नुहुन्छ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्न सक्नुहुन्छ?
هُوَ أَعْلَى مِنَ ٱلسَّمَاوَاتِ، فَمَاذَا عَسَاكَ أَنْ تَفْعَلَ؟ أَعْمَقُ مِنَ ٱلْهَاوِيَةِ، فَمَاذَا تَدْرِي؟ (Sheol ) | ٨ 8 |
यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्नुहुन्छ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्न सक्नुहुन्छ? (Sheol )
أَطْوَلُ مِنَ ٱلْأَرْضِ طُولُهُ، وَأَعْرَضُ مِنَ ٱلْبَحْرِ. | ٩ 9 |
यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ ।
إِنْ بَطَشَ أَوْ أَغْلَقَ أَوْ جَمَّعَ، فَمَنْ يَرُدُّهُ؟ | ١٠ 10 |
उहाँ आउनुहुन्छ र कसैलाई थुन्नुहुन्छ, र कसैलाई इन्साफको लागि बोलाउनुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र?
لِأَنَّهُ هُوَ يَعْلَمُ أُنَاسَ ٱلسُّوءِ، وَيُبْصِرُ ٱلْإِثْمَ، فَهَلْ لَا يَنْتَبِهُ؟ | ١١ 11 |
किनकि झुटा मानिसहरूलाई उहाँले चिन्नुहुन्छ । जब उहाँले अधर्म देख्नुहुन्छ, तब उहाँले त्यो ख्याल गर्नुहुन्न र?
أَمَّا ٱلرَّجُلُ فَفَارِغٌ عَدِيمُ ٱلْفَهْمِ، وَكَجَحْشِ ٱلْفَرَا يُولَدُ ٱلْإِنْسَانُ. | ١٢ 12 |
तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्त गर्छन् ।
«إِنْ أَعْدَدْتَ أَنْتَ قَلْبَكَ، وَبَسَطْتَ إِلَيْهِ يَدَيْكَ. | ١٣ 13 |
तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए, र आफ्ना हात परमेश्वरतिर फैलाएको भए,
إِنْ أَبْعَدْتَ ٱلْإِثْمَ ٱلَّذِي فِي يَدِكَ، وَلَا يَسْكُنُ ٱلظُّلْمُ فِي خَيْمَتِكَ، | ١٤ 14 |
मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्यसलाई तपाईंले आफूबाट टाढा पुर्याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्न नदिएको भए ।
حِينَئِذٍ تَرْفَعُ وَجْهَكَ بِلَا عَيْبٍ، وَتَكُونُ ثَابِتًا وَلَا تَخَافُ. | ١٥ 15 |
तब तपाईंले निश्चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्थ्यो । वास्तवमा तपाईं दृढ बन्नुहुन्थ्यो र डराउनुहुने थिएन ।
لِأَنَّكَ تَنْسَى ٱلْمَشَقَّةَ. كَمِيَاهٍ عَبَرَتْ تَذْكُرُهَا. | ١٦ 16 |
तपाईंले आफ्नो दुःख बिर्सनुहुन्थ्यो । तपाईंले त्यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्थ्यो ।
وَفَوْقَ ٱلظَّهِيرَةِ يَقُومُ حَظُّكَ. ٱلظَّلَامُ يَتَحَوَّلُ صَبَاحًا. | ١٧ 17 |
तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्थ्यो । त्यहाँ अँध्यारो भए पनि, त्यो बिहानजस्तै हुन्थ्यो ।
وَتَطْمَئِنُّ لِأَنَّهُ يُوجَدُ رَجَاءٌ. تَتَجَسَّسُ حَوْلَكَ وَتَضْطَجِعُ آمِنًا. | ١٨ 18 |
त्यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्थ्यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्थ्यो र तपाईंको विश्राम सुरक्षित हुन्थ्यो ।
وَتَرْبِضُ وَلَيْسَ مَنْ يُزْعِجُ، وَيَتَضَرَّعُ إِلَى وَجْهِكَ كَثِيرُونَ. | ١٩ 19 |
साथै, तपाईं विश्राममा पल्टनुहुन्थ्यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्थे ।
أَمَّا عُيُونُ ٱلْأَشْرَارِ فَتَتْلَفُ، وَمَنَاصُهُمْ يَبِيدُ، وَرَجَاؤُهُمْ تَسْلِيمُ ٱلنَّفْسِ». | ٢٠ 20 |
तर दुष्ट मानिसहरूका आँखा चुक्नेछन् । भाग्नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।”