< إِرْمِيَا 36 >
وَكَانَ فِي ٱلسَّنَةِ ٱلرَّابِعَةِ لِيَهُويَاقِيمَ بْنِ يُوشِيَّا مَلِكِ يَهُوذَا، أَنَّ هَذِهِ ٱلْكَلِمَةَ صَارَتْ إِلَى إِرْمِيَا مِنْ قِبَلِ ٱلرَّبِّ قَائِلَةً: | ١ 1 |
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा याहवेहको वचन यर्मियाकहाँ आयो:
«خُذْ لِنَفْسِكَ دَرْجَ سِفْرٍ، وَٱكْتُبْ فِيهِ كُلَّ ٱلْكَلَامِ ٱلَّذِي كَلَّمْتُكَ بِهِ عَلَى إِسْرَائِيلَ وَعَلَى يَهُوذَا وَعَلَى كُلِّ ٱلشُّعُوبِ، مِنَ ٱلْيَوْمِ ٱلَّذِي كَلَّمْتُكَ فِيهِ، مِنْ أَيَّامِ يُوشِيَّا إِلَى هَذَا ٱلْيَوْمِ. | ٢ 2 |
“योशियाहको शासनकालदेखि अहिलेसम्म इस्राएल, यहूदा र अरू सबै जातिहरूको विषयमा मैले तँसित कुरा गर्न थालेको दिनदेखि आजसम्म मैले भनेका प्रत्येक कुराहरू एउटा चर्मपत्र लिएर त्यसमा लेख्।
لَعَلَّ بَيْتَ يَهُوذَا يَسْمَعُونَ كُلَّ ٱلشَّرِّ ٱلَّذِي أَنَا مُفَكِّرٌ أَنْ أَصْنَعَهُ بِهِمْ، فَيَرْجِعُوا كُلُّ وَاحِدٍ عَنْ طَرِيقِهِ ٱلرَّدِيءِ، فَأَغْفِرَ ذَنْبَهُمْ وَخَطِيَّتَهُمْ». | ٣ 3 |
सायद मैले तिनीहरूमाथि ल्याउन लागेको हरेक विपत्तिको बारेमा जब यहूदाका मानिसहरूले सुन्लान्, र तिनीहरू हरेक आफ्नो दुष्ट मार्गहरूबाट फर्कलान्; तब म तिनीहरूका अपराध र पाप क्षमा गर्नेछु।”
فَدَعَا إِرْمِيَا بَارُوخَ بْنَ نِيرِيَّا، فَكَتَبَ بَارُوخُ عَنْ فَمِ إِرْمِيَا كُلَّ كَلَامِ ٱلرَّبِّ ٱلَّذِي كَلَّمَهُ بِهِ فِي دَرْجِ ٱلسِّفْرِ. | ٤ 4 |
यसकारण यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए; अनि याहवेहले यर्मियालाई भन्नुभएका सबै कुरा तिनले भने; अनि बारूकले चाहिँ ती कुराहरू चर्मपत्रमा लेखे।
وَأَوْصَى إِرْمِيَا بَارُوخَ قَائِلًا: «أَنَا مَحْبُوسٌ لَا أَقْدِرُ أَنْ أَدْخُلَ بَيْتَ ٱلرَّبِّ. | ٥ 5 |
तब यर्मियाले बारूकलाई भने, “म थुनामा छु; मलाई याहवेहको मन्दिरमा जान अनुमति छैन।
فَٱدْخُلْ أَنْتَ وَٱقْرَأْ فِي ٱلدَّرْجِ ٱلَّذِي كَتَبْتَ عَنْ فَمِي كُلَّ كَلَامِ ٱلرَّبِّ فِي آذَانِ ٱلشَّعْبِ، فِي بَيْتِ ٱلرَّبِّ فِي يَوْمِ ٱلصَّوْمِ، وَٱقْرَأْهُ أَيْضًا فِي آذَانِ كُلِّ يَهُوذَا ٱلْقَادِمِينَ مِنْ مُدُنِهِمْ. | ٦ 6 |
यसकारण तिमी उपवासको दिन याहवेहको भवनमा जाऊ। मैले भनेको र तिमीले चर्मपत्रमा लेखेका कुराहरू मानिसहरूका निम्ति पढिदेऊ। ती वचनहरू सहरहरूबाट भित्र आएका यहूदाका ती सबै मानिसहरूले सुन्ने गरी पढिदेऊ।
لَعَلَّ تَضَرُّعَهُمْ يَقَعُ أَمَامَ ٱلرَّبِّ، فَيَرْجِعُوا كُلُّ وَاحِدٍ عَنْ طَرِيقِهِ ٱلرَّدِيءِ، لِأَنَّهُ عَظِيمٌ ٱلْغَضَبُ وَٱلْغَيْظُ ٱللَّذَانِ تَكَلَّمَ بِهِمَا ٱلرَّبُّ عَلَى هَذَا ٱلشَّعْبِ». | ٧ 7 |
सायद तिनीहरूले आफ्ना बिन्ती याहवेहको सामु ल्याऊलान् र प्रत्येक मानिस आ-आफ्नो दुष्ट मार्गहरूबाट फर्कलान्; किनकि याहवेहले आफ्ना मानिसहरूका विरुद्धमा घोषणा गर्नुभएको रिस र त्यो क्रोध अति भयानक छन्।”
فَفَعَلَ بَارُوخُ بْنُ نِيرِيَّا حَسَبَ كُلِّ مَا أَوْصَاهُ بِهِ إِرْمِيَا ٱلنَّبِيُّ، بِقِرَاءَتِهِ فِي ٱلسِّفْرِ كَلَامَ ٱلرَّبِّ فِي بَيْتِ ٱلرَّبِّ. | ٨ 8 |
यर्मिया अगमवक्ताले भनेअनुसार हरेक वचनहरू नेरियाहका छोरा बारूकले पढेर सुनाए; बारूकले त्यस चर्मपत्रबाट याहवेहका ती वचनहरू याहवेहको मन्दिरमा पढेर सुनाए।
وَكَانَ فِي ٱلسَّنَةِ ٱلْخَامِسَةِ لِيَهُويَاقِيمَ بْنِ يُوشِيَّا مَلِكِ يَهُوذَا، فِي ٱلشَّهْرِ ٱلتَّاسِعِ، أَنَّهُمْ نَادَوْا لِصَوْمٍ أَمَامَ ٱلرَّبِّ، كُلَّ ٱلشَّعْبِ فِي أُورُشَلِيمَ، وَكُلَّ ٱلشَّعْبِ ٱلْقَادِمِينَ مِنْ مُدُنِ يَهُوذَا إِلَى أُورُشَلِيمَ. | ٩ 9 |
यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको पाँचौँ वर्षको नवौँ महिनामा, यरूशलेमका सबै मानिसहरू र यहूदाका सहरहरूबाट आएका सबै मानिसहरूका निम्ति याहवेहको सामु उपवासको समय घोषणा गरियो।
فَقَرَأَ بَارُوخُ فِي ٱلسِّفْرِ كَلَامَ إِرْمِيَا فِي بَيْتِ ٱلرَّبِّ فِي مِخْدَعِ جَمَرْيَا بْنِ شَافَانَ ٱلْكَاتِبِ، فِي ٱلدَّارِ ٱلْعُلْيَا، فِي مَدْخَلِ بَابِ بَيْتِ ٱلرَّبِّ ٱلْجَدِيدِ، فِي آذَانِ كُلِّ ٱلشَّعْبِ. | ١٠ 10 |
मन्दिरको नयाँ मूलढोकाको प्रवेशद्वारको माथिल्लो चोकमा रहेको शापानका छोरा सचिव गमर्याहको कोठाबाट, बारूकले याहवेहको मन्दिरमा भएका सबै मानिसहरूको निम्ति यर्मियाले भनेका चर्मपत्रबाट वचनहरू पढे।
فَلَمَّا سَمِعَ مِيخَايَا بْنُ جَمَرْيَا بْنِ شَافَانَ كُلَّ كَلَامِ ٱلرَّبِّ مِنَ ٱلسِّفْرِ، | ١١ 11 |
जब शापानका नाति, गमर्याहका छोरा मीकायाले चर्मपत्रबाट याहवेहका सबै वचनहरू सुने,
نَزَلَ إِلَى بَيْتِ ٱلْمَلِكِ، إِلَى مِخْدَعِ ٱلْكَاتِبِ، وَإِذَا كُلُّ ٱلرُّؤَسَاءِ جُلُوسٌ هُنَاكَ: أَلِيشَامَاعُ ٱلْكَاتِبُ، وَدَلَايَا بْنُ شِمْعِيَا، وَأَلْنَاثَانُ بْنُ عَكْبُورَ، وَجَمَرْيَا بْنُ شَافَانَ، وَصِدْقِيَّا بْنُ حَنَنِيَّا، وَكُلُّ ٱلرُّؤَسَاءِ. | ١٢ 12 |
तब तिनी राजमहलमा भएको सचिवको कोठामा गए, जहाँ सबै अधिकारीहरू, अर्थात् सचिव एलिशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह, र अरू सबै अधिकारी बसिरहेका थिए।
فَأَخْبَرَهُمْ مِيخَايَا بِكُلِّ ٱلْكَلَامِ ٱلَّذِي سَمِعَهُ عِنْدَمَا قَرَأَ بَارُوخُ ٱلسِّفْرَ فِي آذَانِ ٱلشَّعْبِ. | ١٣ 13 |
बारूकले चर्मपत्रबाट मानिसहरूका निम्ति पढेर सुनाएका सबै कुरा मीकायाले मानिसहरूलाई सुनाएदिए।
فَأَرْسَلَ كُلُّ ٱلرُّؤَسَاءِ إِلَى بَارُوخَ يَهُودِيَ بْنَ نَثَنْيَا بْنِ شَلَمْيَا بْنِ كُوشِي قَائِلِينَ: «ٱلدَّرْجُ ٱلَّذِي قَرَأْتَ فِيهِ فِي آذَانِ ٱلشَّعْبِ، خُذْهُ بِيَدِكَ وَتَعَالَ». فَأَخَذَ بَارُوخُ بْنُ نِيرِيَّا ٱلدَّرْجَ بِيَدِهِ وَأَتَى إِلَيْهِمْ. | ١٤ 14 |
तब सबै अधिकारीले कूशीका पनाति, शेलेम्याहका नाति, नतन्याहका छोरा येहूदीलाई बारूककहाँ यसो भन्नलाई पठाए, “तिमीले जुन चर्मपत्रबाट मानिसहरूलाई पढेर सुनायौ, त्यही चर्मपत्र लिएर आऊ।” यसकारण नेरियाहका छोरा बारूकले आफ्नो हातमा चर्मपत्र लिएर तिनीहरूकहाँ गए।
فَقَالُوا لَهُ: «ٱجْلِسْ وَٱقْرَأْهُ فِي آذَانِنَا». فَقَرَأَ بَارُوخُ فِي آذَانِهِمْ. | ١٥ 15 |
तिनीहरूले तिनलाई भने, “यहाँ बस, र हाम्रो निम्ति त्यो पढिदेऊ।” यसकारण बारूकले तिनीहरूलाई त्यो पढेर सुनाइदिए।
فَكَانَ لَمَّا سَمِعُوا كُلَّ ٱلْكَلَامِ أَنَّهُمْ خَافُوا نَاظِرِينَ بَعْضُهُمْ إِلَى بَعْضٍ، وَقَالُوا لِبَارُوخَ: «إِخْبَارًا نُخْبِرُ ٱلْمَلِكَ بِكُلِّ هَذَا ٱلْكَلَامِ». | ١٦ 16 |
जब तिनीहरूले ती सबै वचन सुने, तब तिनीहरू डरले एक-अर्कालाई हेराहेर गर्न लागे र बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ।”
ثُمَّ سَأَلُوا بَارُوخَ قَائِلِينَ: «أَخْبِرْنَا كَيْفَ كَتَبْتَ كُلَّ هَذَا ٱلْكَلَامِ عَنْ فَمِهِ؟» | ١٧ 17 |
तब तिनीहरूले बारूकलाई सोधे, “तिमीले यो सबै कुरा कसरी लेख्यौ? के यर्मियाले यी सबै कुरा लेख्न लगाएका हुन्?”
فَقَالَ لَهُمْ بَارُوخُ: «بِفَمِهِ كَانَ يَقْرَأُ لِي كُلَّ هَذَا ٱلْكَلَامِ، وَأَنَا كُنْتُ أَكْتُبُ فِي ٱلسِّفْرِ بِٱلْحِبْرِ». | ١٨ 18 |
बारूकले जवाफ दिए, “हजुर, उहाँले नै यी सबै वचनहरू मलाई भन्नुभएको हो; अनि मैले ती वचनहरू यस चर्मपत्रमा मसीले लेखेँ।”
فَقَالَ ٱلرُّؤَسَاءُ لِبَارُوخَ: «ٱذْهَبْ وَٱخْتَبِئْ أَنْتَ وَإِرْمِيَا وَلَا يَعْلَمُ إِنْسَانٌ أَيْنَ أَنْتُمَا». | ١٩ 19 |
तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया गएर लुकेर बस। तिमीहरू कहाँ छौ, सो कुरा कसैले पनि थाहा नपाओस्।”
ثُمَّ دَخَلُوا إِلَى ٱلْمَلِكِ إِلَى ٱلدَّارِ، وَأَوْدَعُوا ٱلدَّرْجَ فِي مِخْدَعِ أَلِيشَامَاعَ ٱلْكَاتِبِ، وَأَخْبَرُوا فِي أُذُنَيِ ٱلْمَلِكِ بِكُلِّ ٱلْكَلَامِ. | ٢٠ 20 |
अधिकारीहरूले त्यस चर्मपत्रलाई सचिव एलिशामाको कोठामा राखिछोडे, र चोकमा राजाकहाँ गएर यी सबै कुरा भनिदिए।
فَأَرْسَلَ ٱلْمَلِكُ يَهُودِيَ لِيَأْخُذَ ٱلدَّرْجَ، فَأَخَذَهُ مِنْ مِخْدَعِ أَلِيشَامَاعَ ٱلْكَاتِبِ، وَقَرَأَهُ يَهُودِيَ فِي أُذُنَيِ ٱلْمَلِكِ، وَفِي آذَانِ كُلِّ ٱلرُّؤَسَاءِ ٱلْوَاقِفِينَ لَدَى ٱلْمَلِكِ. | ٢١ 21 |
राजाले येहूदीलाई त्यो चर्मपत्र लिन पठाए, र येहूदीले सचिव एलिशामाको कोठाबाट त्यसलाई ल्याए। अनि राजा र तिनका छेउमा उभिरहेका सबै अधिकारीलाई पढेर सुनाइदिए।
وَكَانَ ٱلْمَلِكُ جَالِسًا فِي بَيْتِ ٱلشِّتَاءِ فِي ٱلشَّهْرِ ٱلتَّاسِعِ، وَٱلْكَانُونُ قُدَّامَهُ مُتَّقِدٌ. | ٢٢ 22 |
त्यो नवौँ महिना थियो र राजा हिउँदमा बस्ने महलमा बसिरहेका थिए। अनि तिनको सामु मकलमा आगो बलिरहेको थियो।
وَكَانَ لَمَّا قَرَأَ يَهُودِيُ ثَلَاثَةَ شُطُورٍ أَوْ أَرْبَعَةً أَنَّهُ شَقَّهُ بِمِبْرَاةِ ٱلْكَاتِبِ، وَأَلْقَاهُ إِلَى ٱلنَّارِ ٱلَّتِي فِي ٱلْكَانُونِ، حَتَّى فَنِيَ كُلُّ ٱلدَّرْجِ فِي ٱلنَّارِ ٱلَّتِي فِي ٱلْكَانُونِ. | ٢٣ 23 |
जब येहूदीले चर्मपत्रका तीन चार पङ्क्ति मात्र पढेका थिए, तब राजाले कागज काट्ने छुरीले ती चर्मपत्रलाई काटेर पूरै जलेर भस्म नहुन्जेल मकलको आगोमा फालिदिए।
وَلَمْ يَخَفِ ٱلْمَلِكُ وَلَا كُلُّ عَبِيدِهِ ٱلسَّامِعِينَ كُلَّ هَذَا ٱلْكَلَامِ، وَلَا شَقَّقُوا ثِيَابَهُمْ. | ٢٤ 24 |
यी वचनहरू सुन्ने राजा र तिनका सबै सेवकहरू न डराए, न त तिनीहरूले आफ्ना वस्त्रहरू नै च्याते।
وَلَكِنَّ أَلْنَاثَانَ وَدَلَايَا وَجَمَرْيَا تَرَجَّوْا ٱلْمَلِكَ أَنْ لَا يُحْرِقَ ٱلدَّرْجَ فَلَمْ يَسْمَعْ لَهُمْ. | ٢٥ 25 |
एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो चर्मपत्र नजलाउनु भनेर बिन्ती गरे, तर तिनले तिनीहरूको कुरा सुन्नै मानेनन्।
بَلْ أَمَرَ ٱلْمَلِكُ يَرْحَمْئِيلَ ٱبْنَ ٱلْمَلِكِ، وَسَرَايَا بْنَ عَزَرْئِيلَ، وَشَلَمْيَا بْنَ عَبْدِئِيلَ، أَنْ يَقْبِضُوا عَلَى بَارُوخَ ٱلْكَاتِبِ وَإِرْمِيَا ٱلنَّبِيِّ، وَلَكِنَّ ٱلرَّبَّ خَبَّأَهُمَا. | ٢٦ 26 |
त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अब्दीलका छोरा शेलेम्याहलाई शास्त्री बारूक र यर्मिया अगमवक्तालाई पक्रने आदेश दिए। तर याहवेहले तिनीहरूलाई लुकाउनुभएको थियो।
ثُمَّ صَارَتْ كَلِمَةُ ٱلرَّبِّ إِلَى إِرْمِيَا بَعْدَ إِحْرَاقِ ٱلْمَلِكِ ٱلدَّرْجَ وَٱلْكَلَامَ ٱلَّذِي كَتَبَهُ بَارُوخُ عَنْ فَمِ إِرْمِيَا قَائِلَةً: | ٢٧ 27 |
यर्मियाले लेख्न लगाएअनुसार बारूकले लेखेका चर्मपत्र राजाले जलाइदिएपछि याहवेहको यसो भन्ने वचन यर्मियाकहाँ आयो:
«عُدْ فَخُذْ لِنَفْسِكَ دَرْجًا آخَرَ، وَٱكْتُبْ فِيهِ كُلَّ ٱلْكَلَامِ ٱلْأَوَّلِ ٱلَّذِي كَانَ فِي ٱلدَّرْجِ ٱلْأَوَّلِ ٱلَّذِي أَحْرَقَهُ يَهُويَاقِيمُ مَلِكُ يَهُوذَا، | ٢٨ 28 |
“अर्को एउटा चर्मपत्र लिएर पहिलो चर्मपत्रमा भएका सबै वचन लेख्, जसलाई यहूदाको राजा यहोयाकीमले जलाएको थियो।
وَقُلْ لِيَهُويَاقِيمَ مَلِكِ يَهُوذَا: هَكَذَا قَالَ ٱلرَّبُّ: أَنْتَ قَدْ أَحْرَقْتَ ذَلِكَ ٱلدَّرْجَ قَائِلًا: لِمَاذَا كَتَبْتَ فِيهِ قَائِلًا: مَجِيئًا يَجِيءُ مَلِكُ بَابِلَ وَيُهْلِكُ هَذِهِ ٱلْأَرْضَ، وَيُلَاشِي مِنْهَا ٱلْإِنْسَانَ وَٱلْحَيَوَانَ؟ | ٢٩ 29 |
यहूदाको राजा यहोयाकीमलाई यो पनि भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: तैँले त्यस चर्मपत्र जलाइस्, र भनिस्, “बेबिलोनको राजा निश्चय नै आउनेछ, यस देशलाई नष्ट गर्नेछ। अनि यस देशका मानिसहरू र पशुप्राणीहरू दुवैलाई नाश गर्नेछ भनेर तैँले त्यसमा किन लेखिस्?”
لِذَلِكَ هَكَذَا قَالَ ٱلرَّبُّ عَنْ يَهُويَاقِيمَ مَلِكِ يَهُوذَا: لَا يَكُونُ لَهُ جَالِسٌ عَلَى كُرْسِيِّ دَاوُدَ، وَتَكُونُ جُثَّتُهُ مَطْرُوحَةً لِلْحَرِّ نَهَارًا، وَلِلْبَرْدِ لَيْلًا. | ٣٠ 30 |
यसकारण यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्नुहुन्छ: दावीदको सिंहासनमा बस्नका लागि त्यसको सन्तानबाट कोही पनि हुनेछैन। त्यसको शरीर बाहिर फ्याँकिनेछ र दिउँसोको गर्मी र रातको चिसो शीतमा छोडिनेछ।
وَأُعَاقِبُهُ وَنَسْلَهُ وَعَبِيدَهُ عَلَى إِثْمِهِمْ، وَأَجْلِبُ عَلَيْهِمْ وَعَلَى سُكَّانِ أُورُشَلِيمَ وَعَلَى رِجَالِ يَهُوذَا كُلَّ ٱلشَّرِّ ٱلَّذِي كَلَّمْتُهُمْ عَنْهُ وَلَمْ يَسْمَعُوا». | ٣١ 31 |
म त्यसलाई, त्यसका छोराछोरीहरूलाई र त्यसका सेवकहरूलाई तिनीहरूका दुष्ट कामको निम्ति दण्ड दिनेछु। म तिनीहरूमाथि, र यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरूमाथि तिनीहरूको विरुद्धमा मैले घोषणा गरेका हरेक विपत्ति ल्याउनेछु। किनकि तिनीहरूले मेरो चेतावनीमा कुनै ध्यान दिएका छैनन्।’”
فَأَخَذَ إِرْمِيَا دَرْجًا آخَرَ وَدَفَعَهُ لِبَارُوخَ بْنِ نِيرِيَّا ٱلْكَاتِبِ، فَكَتَبَ فِيهِ عَنْ فَمِ إِرْمِيَا كُلَّ كَلَامِ ٱلسِّفْرِ ٱلَّذِي أَحْرَقَهُ يَهُويَاقِيمُ مَلِكُ يَهُوذَا بِٱلنَّارِ، وَزِيدَ عَلَيْهِ أَيْضًا كَلَامٌ كَثِيرٌ مِثْلُهُ. | ٣٢ 32 |
यसकारण यर्मियाले अर्को चर्मपत्र लिए र नेरियाहका छोरा शास्त्री बारूकलाई त्यो दिए; अनि यर्मियाले भनेअनुसार बारूकले यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएका चर्मपत्रमा भएका सबै वचनहरू फेरि लेखे। अनि ती वचनहरूसँग मिल्ने अरू यस्तै वचनहरू पनि त्यसमा थपिए।