< اَلتَّكْوِينُ 18 >

وَظَهَرَ لَهُ ٱلرَّبُّ عِنْدَ بَلُّوطَاتِ مَمْرَا وَهُوَ جَالِسٌ فِي بَابِ ٱلْخَيْمَةِ وَقْتَ حَرِّ ٱلنَّهَارِ، ١ 1
दिउँसोको गर्मीमा मम्रेका ठूला फलाँटका रूखहरू नजिक आफ्नो पालको प्रवेशद्वारमा अब्राहाम बसिरहेका बेला याहवेह तिनीकहाँ देखा पर्नुभयो।
فَرَفَعَ عَيْنَيْهِ وَنَظَرَ وَإِذَا ثَلَاثَةُ رِجَالٍ وَاقِفُونَ لَدَيْهِ. فَلَمَّا نَظَرَ رَكَضَ لِٱسْتِقْبَالِهِمْ مِنْ بَابِ ٱلْخَيْمَةِ وَسَجَدَ إِلَى ٱلْأَرْضِ، ٢ 2
अब्राहामले आँखा उठाएर हेरे; र तीन जना मानिसहरूलाई तिनको छेउमा उभिरहेका देखे। जब तिनले उहाँहरूलाई देखे, तब तिनी आफ्नो पालको प्रवेशद्वारबाट उहाँहरूलाई भेट्न भनी दौडेर गए; र भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
وَقَالَ: «يَا سَيِّدُ، إِنْ كُنْتُ قَدْ وَجَدْتُ نِعْمَةً فِي عَيْنَيْكَ فَلَا تَتَجَاوَزْ عَبْدَكَ. ٣ 3
तिनले भने, “हे मेरा प्रभु, यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने तपाईंको सेवककहाँ एकछिन नबसी यत्तिकै नगइदिनुहोस्।
لِيُؤْخَذْ قَلِيلُ مَاءٍ وَٱغْسِلُوا أَرْجُلَكُمْ وَٱتَّكِئُوا تَحْتَ ٱلشَّجَرَةِ، ٤ 4
मलाई पानी ल्याउन दिनुहोस्, र आफ्ना पाउ धोएर यस रूखमुनि आराम गर्नुहोस्।
فَآخُذَ كِسْرَةَ خُبْزٍ، فَتُسْنِدُونَ قُلُوبَكُمْ ثُمَّ تَجْتَازُونَ، لِأَنَّكُمْ قَدْ مَرَرْتُمْ عَلَى عَبْدِكُمْ». فَقَالُوا: «هَكَذَا تَفْعَلُ كَمَا تَكَلَّمْتَ». ٥ 5
अब तपाईंहरू आफ्ना सेवककहाँ आउनुभएकोले मलाई केही खानेकुरा ल्याउन दिनुहोस्; अनि तपाईंहरू खानुहोस् र थकाइ मार्नुहोस्, र त्यसपछि आफ्नो बाटो लाग्नुहोला।” उहाँहरूले भने, “हुन्छ, तिमीले भनेझैँ गर।”
فَأَسْرَعَ إِبْرَاهِيمُ إِلَى ٱلْخَيْمَةِ إِلَى سَارَةَ، وَقَالَ: «أَسْرِعِي بِثَلَاثِ كَيْلَاتٍ دَقِيقًا سَمِيذًا. ٱعْجِنِي وَٱصْنَعِي خُبْزَ مَلَّةٍ». ٦ 6
यसकारण अब्राहाम हतार-हतार गर्दै पालभित्र साराकहाँ गएर भने, “लौ झट्टै तीन सिया मसिनो पिठो तयार पारी मुछेर केही रोटी बनाऊ।”
ثُمَّ رَكَضَ إِبْرَاهِيمُ إِلَى ٱلْبَقَرِ وَأَخَذَ عِجْلًا رَخْصًا وَجَيِّدًا وَأَعْطَاهُ لِلْغُلَامِ فَأَسْرَعَ لِيَعْمَلَهُ. ٧ 7
तब अब्राहाम बगाल भएको ठाउँमा दौडेर गए, र एउटा कलिलो बाछो छानेर आफ्नो सेवकलाई दिए। उसले तुरुन्तै काटकुट गरेर पकायो।
ثُمَّ أَخَذَ زُبْدًا وَلَبَنًا، وَٱلْعِجْلَ ٱلَّذِي عَمِلَهُ، وَوَضَعَهَا قُدَّامَهُمْ. وَإِذْ كَانَ هُوَ وَاقِفًا لَدَيْهِمْ تَحْتَ ٱلشَّجَرَةِ أَكَلُوا. ٨ 8
तब तिनले दही, दूध र बाछाको मासु ल्याए, र उहाँहरूका सामु टक्र्याइदिए। अनि उहाँहरूले खाउन्जेल तिनीचाहिँ उहाँहरूकै छेउमा रूखमुनि उभिरहे।
وَقَالُوا لَهُ: «أَيْنَ سَارَةُ ٱمْرَأَتُكَ؟» فَقَالَ: «هَا هِيَ فِي ٱلْخَيْمَةِ». ٩ 9
तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “त्यहीँ पालभित्र छिन्।”
فَقَالَ: «إِنِّي أَرْجِعُ إِلَيْكَ نَحْوَ زَمَانِ ٱلْحَيَاةِ وَيَكُونُ لِسَارَةَ ٱمْرَأَتِكَ ٱبْنٌ». وَكَانَتْ سَارَةُ سَامِعَةً فِي بَابِ ٱلْخَيْمَةِ وَهُوَ وَرَاءَهُ. ١٠ 10
उहाँहरूमध्ये एक जनाले भने, “निश्‍चय नै म आउँदो वर्ष यसै समयमा तिमीकहाँ फर्किआउनेछु; तब तिम्री पत्नी साराको साथमा एउटा छोरा हुनेछ।” अब साराले चाहिँ यो कुरा अब्राहामको पछिल्तिर भएको पालको प्रवेशद्वारबाट सुनिरहेकी थिइन्।
وَكَانَ إِبْرَاهِيمُ وَسَارَةُ شَيْخَيْنِ مُتَقَدِّمَيْنِ فِي ٱلْأَيَّامِ، وَقَدِ ٱنْقَطَعَ أَنْ يَكُونَ لِسَارَةَ عَادَةٌ كَٱلنِّسَاءِ. ١١ 11
अब्राहाम र सारा निकै बुढाबुढी भइसकेका थिए; अनि साराको बच्‍चा जन्माउने उमेर पनि कटिसकेको थियो।
فَضَحِكَتْ سَارَةُ فِي بَاطِنِهَا قَائِلَةً: «أَبَعْدَ فَنَائِي يَكُونُ لِي تَنَعُّمٌ، وَسَيِّدِي قَدْ شَاخَ؟». ١٢ 12
यसकारण सारा मनमनै हाँसिन् र भनिन्, “म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्‍चै यो सुख प्राप्‍त होला?”
فَقَالَ ٱلرَّبُّ لِإِبْرَاهِيمَ: «لِمَاذَا ضَحِكَتْ سَارَةُ قَائِلَةً: أَفَبِٱلْحَقِيقَةِ أَلِدُ وَأَنَا قَدْ شِخْتُ؟ ١٣ 13
तब याहवेहले अब्राहामलाई भन्‍नुभयो, “म बुढी भइसकेकीले के साँच्‍चै बच्‍चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी?
هَلْ يَسْتَحِيلُ عَلَى ٱلرَّبِّ شَيْءٌ؟ فِي ٱلْمِيعَادِ أَرْجِعُ إِلَيْكَ نَحْوَ زَمَانِ ٱلْحَيَاةِ وَيَكُونُ لِسَارَةَ ٱبْنٌ». ١٤ 14
के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।”
فَأَنْكَرَتْ سَارَةُ قَائِلَةً: «لَمْ أَضْحَكْ». لِأَنَّهَا خَافَتْ. فَقَالَ: «لَا! بَلْ ضَحِكْتِ». ١٥ 15
सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।” तर उहाँले भन्‍नुभयो, “हो, तँ हाँसेकै थिइस्।”
ثُمَّ قَامَ ٱلرِّجَالُ مِنْ هُنَاكَ وَتَطَلَّعُوا نَحْوَ سَدُومَ. وَكَانَ إِبْرَاهِيمُ مَاشِيًا مَعَهُمْ لِيُشَيِّعَهُمْ. ١٦ 16
जब ती मानिसहरू जान तयार भए, तब तिनीहरूले तल सदोमतिर हेरे; अनि उहाँहरूलाई अलिक परसम्म पुर्‍याउन अब्राहाम पनि सँगै गए।
فَقَالَ ٱلرَّبُّ: «هَلْ أُخْفِي عَنْ إِبْرَاهِيمَ مَا أَنَا فَاعِلُهُ، ١٧ 17
तब याहवेहले भन्‍नुभयो, “मैले जे गर्न लागेको छु, के म त्यो कुरा अब्राहामबाट लुकाऊँ?
وَإِبْرَاهِيمُ يَكُونُ أُمَّةً كَبِيرَةً وَقَوِيَّةً، وَيَتَبَارَكُ بِهِ جَمِيعُ أُمَمِ ٱلْأَرْضِ؟ ١٨ 18
निश्‍चय नै अब्राहामको वंश एउटा महान् र शक्तिशाली राष्ट्र बन्‍नेछ, र पृथ्वीका सबै राष्ट्रहरूले ऊद्वारा नै आशिष् पाउनेछन्।
لِأَنِّي عَرَفْتُهُ لِكَيْ يُوصِيَ بَنِيهِ وَبَيْتَهُ مِنْ بَعْدِهِ أَنْ يَحْفَظُوا طَرِيقَ ٱلرَّبِّ، لِيَعْمَلُوا بِرًّا وَعَدْلًا، لِكَيْ يَأْتِيَ ٱلرَّبُّ لِإِبْرَاهِيمَ بِمَا تَكَلَّمَ بِهِ». ١٩ 19
किनकि मैले उसलाई चुनेको छु, ताकि उसले आफ्ना छोराछोरी र त्यसपछिका आफ्ना घरानालाई जे ठिक र न्यायसङ्गत छ, सो गर्दै याहवेहको वचनको पालन गर्न आदेश गर्नेछ। त्यसपछि म अब्राहामका निम्ति सबै कुरा पूरा गर्नेछु, जुन मैले प्रतिज्ञा गरेको छु।”
وَقَالَ ٱلرَّبُّ: «إِنَّ صُرَاخَ سَدُومَ وَعَمُورَةَ قَدْ كَثُرَ، وَخَطِيَّتُهُمْ قَدْ عَظُمَتْ جِدًّا. ٢٠ 20
तब याहवेहले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आक्रोश अत्यन्तै ठूलो छ; अनि तिनीहरूको कुकर्म अति नै भएकोले,
أَنْزِلُ وَأَرَى هَلْ فَعَلُوا بِٱلتَّمَامِ حَسَبَ صُرَاخِهَا ٱلْآتِي إِلَيَّ، وَإِلَا فَأَعْلَمُ». ٢١ 21
मकहाँ आएको तिनीहरूको गुनासो सही हो कि होइन भनी हेर्न अब म तल जानेछु। यदि होइन रहेछ भने म थाहा गर्नेछु।”
وَٱنْصَرَفَ ٱلرِّجَالُ مِنْ هُنَاكَ وَذَهَبُوا نَحْوَ سَدُومَ، وَأَمَّا إِبْرَاهِيمُ فَكَانَ لَمْ يَزَلْ قَائِمًا أَمَامَ ٱلرَّبِّ. ٢٢ 22
यसकारण ती मानिसहरू फर्केर सदोमतिर गए; तर अब्राहामचाहिँ याहवेहकै सामु उभिरहे।
فَتَقَدَّمَ إِبْرَاهِيمُ وَقَالَ: «أَفَتُهْلِكُ ٱلْبَارَّ مَعَ ٱلْأَثِيمِ؟ ٢٣ 23
तब अब्राहाम उहाँको नजिक गएर भने: “के तपाईंले दुष्‍टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ?
عَسَى أَنْ يَكُونَ خَمْسُونَ بَارًّا فِي ٱلْمَدِينَةِ. أَفَتُهْلِكُ ٱلْمَكَانَ وَلَا تَصْفَحُ عَنْهُ مِنْ أَجْلِ ٱلْخَمْسِينَ بَارًّا ٱلَّذِينَ فِيهِ؟ ٢٤ 24
यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्‍चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्‍न?
حَاشَا لَكَ أَنْ تَفْعَلَ مِثْلَ هَذَا ٱلْأَمْرِ، أَنْ تُمِيتَ ٱلْبَارَّ مَعَ ٱلْأَثِيمِ، فَيَكُونُ ٱلْبَارُّ كَٱلْأَثِيمِ. حَاشَا لَكَ! أَدَيَّانُ كُلِّ ٱلْأَرْضِ لَا يَصْنَعُ عَدْلًا؟» ٢٥ 25
तपाईंबाट यस्तो पटक्‍कै नहोस्—धर्मीलाई पापीसँग मार्ने, र धर्मी र पापीलाई एउटै व्यवहार गर्ने काम तपाईंबाट नहोस्! तपाईंबाट यस्तो कदापि नहोस्! के सारा पृथ्वीका न्यायकर्ताले ठिक न्याय गर्नुहुन्‍न र?”
فَقَالَ ٱلرَّبُّ: «إِنْ وَجَدْتُ فِي سَدُومَ خَمْسِينَ بَارًّا فِي ٱلْمَدِينَةِ، فَإِنِّي أَصْفَحُ عَنِ ٱلْمَكَانِ كُلِّهِ مِنْ أَجْلِهِمْ». ٢٦ 26
तब याहवेहले भन्‍नुभयो, “यदि मैले सदोम सहरमा पचास जना धर्मी मानिस पाएँ भने म तिनीहरूका खातिर सम्पूर्ण सहरलाई नाश गर्नेछैनँ।”
فَأَجَابَ إِبْرَاهِيمُ وَقَالَ: «إِنِّي قَدْ شَرَعْتُ أُكَلِّمُ ٱلْمَوْلَى وَأَنَا تُرَابٌ وَرَمَادٌ. ٢٧ 27
त्यसपछि अब्राहामले फेरि भने: “हुन त म धुलो र खरानीबाहेक केही होइनँ, तापनि मैले प्रभुसँग बोल्ने साहस गरेको छु।
رُبَّمَا نَقَصَ ٱلْخَمْسُونَ بَارًّا خَمْسَةً. أَتُهْلِكُ كُلَّ ٱلْمَدِينَةِ بِٱلْخَمْسَةِ؟» فَقَالَ: «لَا أُهْلِكُ إِنْ وَجَدْتُ هُنَاكَ خَمْسَةً وَأَرْبَعِينَ». ٢٨ 28
यदि त्यस सहरमा पाँच कम पचास जना धर्मी मानिस रहेछन् भने के पाँच जना धर्मी कम भएको कारण तपाईंले सम्पूर्ण सहरलाई नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “यदि मैले पैँतालीस जना पाएँ भने पनि म त्यसलाई नाश गर्नेछैनँ।”
فَعَادَ يُكَلِّمُهُ أَيْضًا وَقَالَ: «عَسَى أَنْ يُوجَدَ هُنَاكَ أَرْبَعُونَ». فَقَالَ: «لَا أَفْعَلُ مِنْ أَجْلِ ٱلْأَرْبَعِينَ». ٢٩ 29
एक पल्ट फेरि तिनले भने, “यदि चालीस जना मात्र पाइए भने नि?” उहाँले भन्‍नुभयो, “चालीस जनाको खातिर पनि म त्यसो गर्नेछैनँ।”
فَقَالَ: «لَا يَسْخَطِ ٱلْمَوْلَى فَأَتَكَلَّمَ. عَسَى أَنْ يُوجَدَ هُنَاكَ ثَلَاثُونَ». فَقَالَ: «لَا أَفْعَلُ إِنْ وَجَدْتُ هُنَاكَ ثَلَاثِينَ». ٣٠ 30
तब तिनले भने, “प्रभु, रिसानी माफ पाऊँ, तर म अझै बोल्न पाऊँ। यदि तीस जना मात्र पाइए भने?” उहाँले जवाफ दिनुभयो “यदि तीस जना मात्र पाएँ भने तापनि म त्यसो गर्नेछैनँ।”
فَقَالَ: «إِنِّي قَدْ شَرَعْتُ أُكَلِّمُ ٱلْمَوْلَى. عَسَى أَنْ يُوجَدَ هُنَاكَ عِشْرُونَ». فَقَالَ: «لَا أُهْلِكُ مِنْ أَجْلِ ٱلْعِشْرِينَ». ٣١ 31
अब्राहामले भने, “मैले फेरि प्रभुसित बोल्न साहस गरेको छु; यदि त्यहाँ बीस जना मात्रै पाइए भने नि?” उहाँले भन्‍नुभयो, “बीस जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”
فَقَالَ: «لَا يَسْخَطِ ٱلْمَوْلَى فَأَتَكَلَّمَ هَذِهِ ٱلْمَرَّةَ فَقَطْ. عَسَى أَنْ يُوجَدَ هُنَاكَ عَشْرَةٌ». فَقَالَ: «لَا أُهْلِكُ مِنْ أَجْلِ ٱلْعَشْرَةِ». ٣٢ 32
तब तिनले भने, “प्रभु रिसानी माफ पाऊँ; तर अब एक पल्ट मात्रै बोल्न पाऊँ। यदि दश जना मात्र त्यहाँ पाइए भने?” अनि उहाँले भन्‍नुभयो, “दश जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”
وَذَهَبَ ٱلرَّبُّ عِنْدَمَا فَرَغَ مِنَ ٱلْكَلَامِ مَعَ إِبْرَاهِيمَ، وَرَجَعَ إِبْرَاهِيمُ إِلَى مَكَانِهِ. ٣٣ 33
अब्राहामसित कुरा गरिसक्नुभएपछि याहवेह गइहाल्नुभयो; अनि अब्राहामचाहिँ आफ्नो घरमा फर्के।

< اَلتَّكْوِينُ 18 >