< ١ أخبار 5 >
وَبَنُو رَأُوبَيْنَ بِكْرِ إِسْرَائِيلَ. لِأَنَّهُ هُوَ ٱلْبِكْرُ، وَلِأَجْلِ تَدْنِيسِهِ فِرَاشَ أَبِيهِ، أُعْطِيَتْ بَكُورِيَّتُهُ لِبَنِي يُوسُفَ بْنِ إِسْرَائِيلَ، فَلَمْ يُنْسَبْ بِكْرًا. | ١ 1 |
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू— रूबेन जेठा छोरा थिए, तर तिनको ज्येष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए । त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन ।
لِأَنَّ يَهُوذَا ٱعْتَزَّ عَلَى إِخْوَتِهِ وَمِنْهُ ٱلرَّئِيسُ، وَأَمَّا ٱلْبَكُورِيَّةُ فَلِيُوسُفَ. | ٢ 2 |
यहूदा आफ्ना दाजुभाइमध्ये सबैभन्दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्येष्ठ अधिकार योसेफको थियो—
بَنُو رَأُوبَيْنَ بِكْرِ إِسْرَائِيلَ: حَنُوكُ وَفَلُّو وَحَصْرُونُ وَكَرْمِي. | ٣ 3 |
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए ।
بَنُو يُوئِيلَ: ٱبْنُهُ شَمْعِيَا، وَٱبْنُهُ جُوجُ، وَٱبْنُهُ شِمْعِي، | ٤ 4 |
योएलका सन्तान यिनै थिएः योएलका छोरा शमायाह थिए । शमायाहका छोरा गोग तिए । गोगका छोरा शिमी थिए ।
وَٱبْنُهُ مِيخَا، وَٱبْنُهُ رَآيَا، وَٱبْنُهُ بَعْلٌ، | ٥ 5 |
शिमीका छोरा मीका तिए । मीकाका छोरा रायाह थिए । रायाहक छोरा बाल थिए ।
وَٱبْنُهُ بَئِيرَةُ ٱلَّذِي سَبَاهُ تَلْغَثُ فَلْنَاسَرَ مَلِكُ أَشُّورَ. هُوَ رَئِيسُ ٱلرَّأُوبَيْنِيِّينَ. | ٦ 6 |
बालका छोरा बीरह थिए, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगे । बीरह रूबेनी कुलका अगुवा थिए ।
وَإِخْوَتُهُ حَسَبَ عَشَائِرِهِمْ فِي ٱلِٱنْتِسَابِ حَسَبَ مَوَالِيدِهِمِ: ٱلرَّئِيسُ يَعِيئِيلُ وَزَكَرِيَّا، | ٧ 7 |
आ-आफ्ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र
وَبَالِعُ بْنُ عَزَازَ بْنِ شَامِعَ بْنِ يُوئِيلَ ٱلَّذِي سَكَنَ فِي عَرُوعِيرَ حَتَّى إِلَى نَبُوَ وَبَعْلِ مَعُونَ. | ٨ 8 |
योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,
وَسَكَنَ شَرْقًا إِلَى مَدْخَلِ ٱلْبَرِّيَّةِ مِنْ نَهْرِ ٱلْفُرَاتِ، لِأَنَّ مَاشِيَتَهُمْ كَثُرَتْ فِي أَرْضِ جِلْعَادَ. | ٩ 9 |
र पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाड-स्थानको छेउसम्म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्तु पशुको संख्या ज्यादै बढेको हुनाले यसो भयो ।
وَفِي أَيَّامِ شَاوُلَ عَمِلُوا حَرْبًا مَعَ ٱلْهَاجَرِيِّينَ فَسَقَطُوا بِأَيْدِيهِمْ وَسَكَنُوا فِي خِيَامِهِمْ فِي جَمِيعِ جِهَاتِ شَرْقِ جِلْعَادَ. | ١٠ 10 |
शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे र उनीहरूलाई जिते । तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे ।
وَبَنُو جَادَ سَكَنُوا مُقَابِلَهُمْ فِي أَرْضِ بَاشَانَ حَتَّى إِلَى سَلْخَةَ. | ١١ 11 |
गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्मै बसेका थिए ।
يُوئِيلُ ٱلرَّأْسُ، وَشَافَاطُ ثَانِيهِ، وَيَعْنَايُ وَشَافَاطُ فِي بَاشَانَ. | ١٢ 12 |
योएल तिनीहरूका अगुवा थिए । शापाम दोस्रो थिए । अनि बाशानमा यानै र शाफात ।
وَإِخْوَتُهُمْ حَسَبَ بُيُوتِ آبَائِهِمْ: مِيخَائِيلُ وَمَشُلَّامُ وَشَبَعُ وَيُورَايُ وَيَعْكَانُ وَزِيعُ وَعَابِرُ. سَبْعَةٌ. | ١٣ 13 |
तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल, मशुल्लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्मा सात जना थिए ।
هَؤُلَاءِ بَنُو أَبِيحَايِلَ بْنِ حُورِيَ بْنِ يَارُوحَ بْنِ جِلْعَادَ بْنِ مِيخَائِيلَ بْنِ يَشِيشَايَ بْنِ يَحْدُوَ بْنِ بُوزٍ. | ١٤ 14 |
यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए ।
وَأَخِي بْنُ عَبْدِئِيلَ بْنِ جُونِي رَئِيسُ بَيْتِ آبَائِهِمْ. | ١٥ 15 |
गुनीका छोरा अब्दीएलका छोरा अही तिनीहरूका पिताका परिवारका मुखिया थिए ।
وَسَكَنُوا فِي جِلْعَادَ فِي بَاشَانَ وَقُرَاهَا، وَفِي جَمِيعِ مَسَارِحِ شَارُونَ عِنْدَ مَخَارِجِهَا. | ١٦ 16 |
तिनीहरू गिलादमा, बाशान र त्यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्मै बस्थे ।
جَمِيعُهُمُ ٱنْتَسَبُوا فِي أَيَّامِ يُوثَامَ مَلِكِ يَهُوذَا، وَفِي أَيَّامِ يَرُبْعَامَ مَلِكِ إِسْرَائِيلَ. | ١٧ 17 |
यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए ।
بَنُو رَأُوبَيْنَ وَٱلْجَادِيُّونَ وَنِصْفُ سِبْطِ مَنَسَّى مِنْ بَنِي ٱلْبَأْسِ، رِجَالٌ يَحْمِلُونَ ٱلتُّرْسَ وَٱلسَّيْفَ وَيَشُدُّونَ ٱلْقَوْسَ وَمُتَعَلِّمُونَ ٱلْقِتَالَ، أَرْبَعَةٌ وَأَرْبَعُونَ أَلْفًا وَسَبْعُ مِئَةٍ وَسِتُّونَ مِنَ ٱلْخَارِجِينَ فِي ٱلْجَيْشِ. | ١٨ 18 |
रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे ।
وَعَمِلُوا حَرْبًا مَعَ ٱلْهَاجَرِيِّينَ وَيَطُورَ وَنَافِيشَ وَنُودَابَ، | ١٩ 19 |
तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबलाई आक्रमण गरे ।
فَٱنْتَصَرُوا عَلَيْهِمْ. فَدُفِعَ لِيَدِهِمِ ٱلْهَاجَرِيُّونَ وَكُلُّ مَنْ مَعَهُمْ لِأَنَّهُمْ صَرَخُوا إِلَى ٱللهِ فِي ٱلْقِتَالِ، فَٱسْتَجَابَ لَهُمْ لِأَنَّهُمُ اُتَّكَلُوا عَلَيْهِ. | ٢٠ 20 |
उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्ति आफ्ना परमेश्वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्नो भरोसा राखे ।
وَنَهَبُوا مَاشِيَتَهُمْ: جِمَالَهُمْ خَمْسِينَ أَلْفًا، وَغَنَمًا مِئَتَيْنِ وَخَمْسِينَ أَلْفًا، وَحَمِيرًا أَلْفَيْنِ. وَسَبَوْا أُنَاسًا مِئَةَ أَلْفٍ. | ٢١ 21 |
उनीहरूका गाईवस्तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख जना मानिसलाई कब्जा गरे ।
لِأَنَّهُ سَقَطَ قَتْلَى كَثِيرُونَ، لِأَنَّ ٱلْقِتَالَ إِنَّمَا كَانَ مِنَ ٱللهِ. وَسَكَنُوا مَكَانَهُمْ إِلَى ٱلسَّبْيِ. | ٢٢ 22 |
अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्वरबाट भएको थियो । तिनीहरू कैदमा नगरेसम्म तिनीहरू त्यही देशमा बसोबास गरे ।
وَبَنُو نِصْفِ سِبْطِ مَنَسَّى سَكَنُوا فِي ٱلْأَرْضِ وَٱمْتَدُّوا مِنْ بَاشَانَ إِلَى بَعْلِ حَرْمُونَ وَسَنِيرَ وَجَبَلِ حَرْمُونَ. | ٢٣ 23 |
मनश्शेका आधा कुल बाशानदेखि बाल-हेर्मोन र सेनीरसम्म (अर्थात् हेर्मोन पर्वत) बसोबास गरे ।
وَهَؤُلَاءِ رُؤُوسُ بُيُوتِ آبَائِهِمْ: عَافَرُ وَيَشْعِي وَأَلِيئِيلُ وَعَزْرِيئِيلُ وَيَرْمِيَا وَهُودَوْيَا وَيَحْدِيئِيلُ رِجَالٌ جَبَابِرَةُ بَأْسٍ وَذَوُو ٱسْمٍ وَرُؤُوسٌ لِبُيُوتِ آبَائِهِمْ. | ٢٤ 24 |
तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।
وَخَانُوا إِلَهَ آبَائِهِمْ وَزَنَوْا وَرَاءَ آلِهَةِ شُعُوبِ ٱلْأَرْضِ ٱلَّذِينَ طَرَدَهُمُ ٱلرَّبُّ مِنْ أَمَامِهِمْ. | ٢٥ 25 |
तर तिनीहरू आफ्ना पुर्खाहरूका परमेश्वरप्रति विश्वासयोग्य भएनन् । बरु, तिनीहरूले त्यस देशका मानिसहरूका देवताहरूको पुजा गरे, जसलाई परमेश्वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो ।
فَنَبَّهَ إِلَهُ إِسْرَائِيلَ رُوحَ فُولَ مَلِكِ أَشُّورَ وَرُوحَ تَلْغَثَ فَلْنَاسَرَ مَلِكِ أَشُّورَ، فَسَبَاهُمُ، ٱلرَّأُوبَيْنِيِّينَ وَٱلْجَادِيِّينَ وَنِصْفَ سِبْطِ مَنَسَّى، وَأَتَى بِهِمْ إِلَى حَلَحَ وَخَابُورَ وَهَارَا وَنَهْرِ جُوزَانَ إِلَى هَذَا ٱلْيَوْمِ. | ٢٦ 26 |
इस्राएलका परमेश्वरले अश्शूरका राजा पूललाई (जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेर पनि भनिन्थ्यो) उक्साउनुभयो । उनले रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे । उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, जाहाँ तिनीहरू आजको दिनसम्म छन् ।