< Yuhana 7 >

1 Kimal ni lenge imone Yesu uni wa wasu ucin udu u Galili, na awa di ninsu a dofin nanya Yahudiya, bara a Yahudawa wa din pizuru nwo imolughe.
यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो। किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए।
2 Kubin idi na Yahudawa, u idi na danga wa dak susut.
तर यहूदीहरूको छाप्रोबासको चाड नजिकै थियो।
3 Nuana me woroghe, “suna kikane udo u Yahudiya, bara nono katwafe nan yene katwa kanga na udin sue.
येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
4 Na umong din su imonmong liyeshin ba, andi ame litime di nin su iyinin ghe. Andi udi su ile imone, durso litife nanya nyie”
समाजमा ख्याति प्राप्‍त गर्न चाहने कसैले पनि गुप्‍तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
5 Bara inung nauna me wang wa yinin nighe ba.
किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए।
6 Yesu uni wa belin nani, “Na kubi ninghe nsa da ba, anung dinin kubi ko kishi.
त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो लागि अझै ठिक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठिकै हुन्छ।
7 Na uyie was unari minu ba, ama unari meng ku bara nna ni ushaida liti nnin kitene lidu linanzang nnin.
संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई घृणा गर्दछ। किनकि यसले जे गर्दैछ, त्यो दुष्‍ट काम हो भनी मैले त्यसको साक्षी दिन्छु।
8 Anung can kitin ide; na meng ba du kiti idi ulele ba, bara na kubi nighe nsa kulo ba.”
तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्‍नँ। किनकि मेरो निम्ति ठिक समय अझै आएको छैन।”
9 KImal nbellu nani nleli ulirue, amini wa so in Galili.
यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै रहनुभयो।
10 Vat nani na nuane nya udu kitin ide, ame tutung nya na nin yiru nanit ba, likire.
तर उहाँका भाइहरू चाडमा गए, यसैले उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा त्यहाँ जानुभयो।
11 A Yahudawa wa pizurughe kitin ide, i woro. “Adin nwe?”
चाडमा यहूदीहरूले उहाँलाई खोज्दै, “ती मानिस कहाँ छन्?” भनी सोधिरहेका थिए।
12 Anit wa su uliru litime kan. Among woro. “Unit ucinari ame” Among woro “Nanere ba, adin wultunu nanitari.”
भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।” अरूले भन्थे, “होइन, त्यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ।”
13 Vat nani na umong wa su uliru litime kanang ba, bara fiu na Yahudawa.
तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्‍लमखुल्‍ला केही भन्दैनथिए।
14 Na u idi wa dak susut nmalu, Yesu do nanya kutii nlira adin dursuzu nanit ku.
अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो।
15 A Yahudawa wa su umamaki i woro, “Ita iyizari unit ulele di nin yiru kang? Na asa do kutii ndursuzu, idursuzoghe ba.”
यहूदीहरूले छक्‍क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्‍त गरे?”
16 Yesu kawa nani aworo, “Imon ile na ndin dursuzue na inaghari ba, in lenge na a toyiari.
येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो।
17 Andi umong dinin su asu imon kibinai nnit une, ama yinnu ubellen nlenge udursuzue, sa una dak unuzu kiti Kutelle, sa ndin su uliru bara lit ningahri.
यदि कसैले परमेश्‍वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्‍वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ।
18 Ulenge na adin su uliru bara litime adin pizuru ngongon litime, ame ulenge na adin pizuru ngongong nlenge na ana tughe, unit une unan kidegenari, ana udiru katwa kacine dinghe ba.
जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन।
19 Na Musari wa nimu uduke ba. Vat nani na umong mine din dortu uduke ba. Iyaghari nta idi nin su imoli?”
के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?”
20 Ligozin kawaghe, “Udi nin kugbergenu. Ghari dinin su amolufi?”
भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?”
21 Yesu kawa nani a woro, “Nna su nkan katwa vat mine ani na lanza nzikiki kanin.
येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले एउटा अचम्मका काम गरेँ, र तिमीहरू सबै छक्‍क पर्दछौ।
22 Musa na niminu ukalzu nacuru (Na una nuzu kitin Musere ba, kiti na Cif nburnuari), inani asa kala unit kucuru liri na Sabbat.
तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथ दिनमा बालकको खतना गर्दछौ।
23 Asa ikala unit kucuru liri na Sabbat bara iwa patilin udukan Musa, iyaghari nta idin lanzu ayi ninmi kitene nwo nshino nin nit liri na Sabbat?
अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथको दिनमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथ दिनमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ?
24 Na iwa su ushara bara u yenju nmuro ba, sun usharawe nin fiu Kutelle.”
केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।”
25 Among mine anan Urshalima woro, “Na amere ulengene na idin pizuru imolu ba?
तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्‍न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र?
26 Yeneng, adin liru kanang, ana iworoge iyang ba. Na umaso nafo adidya bite yiru amere Kriste, na nanere ba?
अनि यिनी त त्यहीँ छन्, र खुल्‍लमखुल्‍ला बोल्दैछन्। तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्‍त मानिसहरूले पनि यिनी नै ख्रीष्‍ट हुन् भनी साँच्‍चै ठहर गरे कि कसो?
27 Arik yiru kikanga na unit ulele na nuzu ku, asa Kristi nda, na imong ma yinnu kikanga na ana nuzu ba.”
तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्‍ट आउनुहुँदा उहाँ कहाँबाट हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।”
28 Yesu uni wa ghatin liwui kan nanya kutii nlira, ndursuzu kiti a woro, “Anung vat yirue, iyuro kikanga nan nna nuzu ku; na nna dak bara litinin ba, ame ulenge na ana tuyi unan kidegenari, ulenge na iyirughe ba.
तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्‍च सोरले भन्‍नुभयो, “तिमीहरू मलाई पक्‍कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ।
29 Meng yirughe, bara nna dak unuzu kiti mere, amere na tuyi.
तर म उहाँलाई चिन्दछु। किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
30 Icizina nworu i kifoghe, na umong nkifoghe ba bara na kubi me wadi kusa da ba.
यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन। किनकि उहाँको समय अझै आइपुगेको थिएन।
31 Nani, among gbardang nanya ligozin wa yinin nighe. I woro “Asa Kristte nda, ama su imon izikiki ikata ilenge na unit ulele nsuwa?”
तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहोला र?”
32 Afarisawa lanza ligozin nanite din belu ulenge ulirue litin Yesu, adidya na Yahudawe nin na Farisawa to a dugari idi kifoghe.
भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए।
33 Yesu tunna a woro, “Ndu nin kubiri bat in yita ligowe nan ghinu, Nma nin du kitin lenge na ana tuyi.
येशूले भन्‍नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
34 Ima pizirui na ima yeni ba, kiti kanga na nma du, na yinnu idak bak.”
तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ। म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
35 Ayahudawa tunna nbelu nati mine, “Unit ulengene madu weri ki kanga na arik ma yinnu upizirughe ba? Sa ama du kiti na Helenawari, alenge na isosin buu adi dursuzo nani ti Helenawa?
यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौँ? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
36 Uyapin uliruiari ulele na a belle, 'ima piziri, ana ima yeni ba; kiti kanga na nma du, na anung ma yinnu udake ba.'?”
यिनले यसो भन्‍नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’”
37 Nengene liri nimalin idi udya, Yesu wa fita asu uliru nin liwui kang, aworo,”Andi umong dinin kotu nayi na adak kitining ada sono.
चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्‍च सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्।
38 Ulenge na ayinna nin mi nafo na uliru Kutelle na belli, unuzu nanya me, igawan nmyen nlai ma cun ku.”
जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।”
39 Nani awa su uleli ulire litin Ruhu, ulenge na ale na iyinna ninghe ma seru; na iwadi isa na uruhe ba, bara na iwa di isa ta Yesu ku gongong ba.
यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्‍नुभएको थियो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।
40 Among ligozin, na iwa lanza uleli ulirre, iworo, “Kidegene ulengene unan liru nin nu Kutelleari.”
उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्‍चय नै यी मानिस अगमवक्ता हुन्।”
41 Among woro, “Ulengenere Kristi.” Among tutung woro, “Iyangha, Kristi ma dak unuzun Galiliaria?
अरूहरूले भने, “उहाँ ख्रीष्‍ट हुनुहुन्छ।” तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्‍ट कसरी गालीलबाट आउन सक्छन् र?
42 Na uliru Kutelle na woro Kristi ma dak unuzu fimusun Dauda in Baitalami, ka gbiri kanga na Dauda wa duku?”
के धर्मशास्त्रमा ख्रीष्‍ट दावीदको वंशबाट र दावीदकै सहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?”
43 Usalin yinnu nin nati fita nanya ligozighe bara ame.
यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो।
44 Among mine wa dinin su ikifoghe, a nan umong mine tardaghe ucara ba (na umong mine kifoghe ba.)
कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन।
45 Adugare tunna i kpilla kiti na didya na Yahudawa nan na Farisawe, inung woro nani, “Iyaghari nta na ida ningheba?”
अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
46 Adugare kawa nani, iworo, “Na umong nsa su uliru nafo ulengene ba.”
पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।”
47 Afarisawa kawa nani, iworo “Anung wang iwultun minua?
फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त?
48 Umong nanya na Gowe sa Afarisawa nyinna ninghe?
के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्‍वास गरेको छ र?
49 Linin ligozin longo na liyiru uduke ba, ita nani unuu.”
तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।”
50 Nikodimo woro nani, (Umong na awa mang dak kitin Yesu, ame wang ku Farisawari),
निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, जो तिनीहरूमध्येकै एक थिए; तिनले भने,
51 “Uduka bite din suzu unit ushara a udutu sa ulanzu kitime iyinnin imong ilenge na adin sua?”
“के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्‍नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?”
52 I kawage i woro, “Fe wang kunan Galiliaria? Piziran iyene na umong unan liru nin nuu Kutelle ma dak unuzun Galili ba.”
तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।”
53 Kogha mine nya udu kilari me.
त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए।

< Yuhana 7 >