< Yuhana 5 >

1 Kimal ni leli imone, u idi na Yahudawa adi. Yesu nya udu Urshalima.
केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो।
2 In Urshalime, kupo kibulun na kam, kuli wadiku, kongo na iwa yiccu nin lilem na Yahudawa Baitseda. Kudi nin nitin tolsu nitaun.
यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो।
3 Anan tikonu gbardang wa non nbiu kule, aduu, anan kentu, anan nabunu ayerere na kotuzo. Iwa din ca nbukunun nmyen ne.
त्यसको छेउमा दृष्‍टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे।
4 Bara gono kadura Kutelle nkon kubi asa atolo ada a bukurno nmyene, vat nlenge na a yarna upiru nya kule ama se ushinu nanya nkonu me ko uyapinari di.
किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्‍लाइदिन्थे। अनि हरेकपल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।
5 Umongunit wa duku ulenge na awa dandaun kitene akus akut atat nin kulir.
त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो।
6 Na Yesu in yeneghe anon kitene, na ayinno nwo unite dandauna linonighe kitene, aworoghe, “Udi nin su ushina?”
जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
7 Unan kone woroghe, “Cikilari, na ndi nin mong ba, urika na kubi kongo na ibunkurno nmyene a shintini nanya kule. Asa nmala nin kayiri baat, umong asa a yarni upire,”
त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्‍ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।”
8 Yesu woroghe, “Fita uyisin, yauna kupefe, ucinu.”
त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।”
9 Unite tunna ase ushinu mas, ayana ukomime, a tunna ncin. Lilone wadi Asabath tari.
तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो। यो घटना भएको दिन शब्बाथ थियो।
10 Adidya na Yahudawa woro nnite na i shino nighe, “Uwui Nasabath tari na iyinin fi uyaun kupye fe ba.”
त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज शब्बाथको दिन हो। व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।”
11 Akawa nani, aworo, “Ulenge na a shino ninmi, aworoi, yauna kupye fe unya.”
तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्तिले नै मलाई भन्‍नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’”
12 I tiringhe, “Ghari unite na aworofi, 'yauna kupye fe unya?'”
तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्‍ने त्यो मानिस को हो?”
13 Ame ulenge na iwa shinighe na awa yiru saghari ba, bara Yesu wadi amal nyiu, bara anit wa kilinghe kitene.
निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने बारेमा केही थाहा थिएन। किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो।
14 Kimal nani, Yesu wa seghe kutii nlira aworoghe, “Yene, nene ushino! Na uwa kuru uti kulapi ba, bara imonimong nanzang na i katin ilengene wasefi.”
त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्रता तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।”
15 Unite nya adi belli adidya na Yahudawa Yesari nshino ninghe.
त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्ति येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।
16 Bara ilenge imone adidya na Yahudawwe wati Yesu ku aneo, bara na awa su ilenge imone liri na Sabbat.
त्यसकारण येशूले यी कामहरू शब्बाथको दिनमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँको खेदो गर्न लागे।
17 Yesu woro nani, “Ucif nin di katwa nene wang, meng ndi katwa.”
येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।”
18 Bara nani a Yahudawa wa pizuru tibau vat nworu imolughe, na bara ananza Asabbat cas ba, bara akuru adi yicu Kutelle Ucifme. Ayira litime urum nin Kutelle.
यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथ दिनलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्‍वरको बराबरी तुल्याएर उहाँले परमेश्‍वरलाई पनि आफ्नै पिता भन्‍नुभएको थियो।
19 Yesu kawa nani aworo, “Kidegenere na gono wasa asu imonimong litime ba, se ilenge na ayene Ucife din suzu, gono asa su inmusu nileli imone wang.
येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ।
20 Bara Ucife dinin sun Saune, tutung amini din dursuzughe imon ilenge na ame din suzu, ama kuru adursoghe imon ididya ilenge na i katting ilengene bara anung nan se uzikpu.
किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्‍चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ।
21 Nafo na Ucife na fiza anan kul, aniza nani ulai, nanere wang Usaune ma kuru aniza alenge na ame nfere ulaiye tutung.
किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ।
22 Nafo na Ucife din su umong ushara ba, ana nani usaune ushara vat.
यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्‍न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ,
23 Bara vat nan zazina Usaune nafo na idin zazunu Ucife. Ulenge na adin zazunu Usaune ba, na adin zazunu Ucife na atughe ba.
ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन।
24 Kidegenere, ulenge na alanza uliru nighe, aminin yinna nin lenge na ana tuuyi adi nin lai sa ligang ana ama so nca nkulba. Ana kafina ukul udu nanya nlai. (aiōnios g166)
“म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ। (aiōnios g166)
25 Kidegenere ndin bellu minu, kubi din cinnu nene wang kuda, na anan kul ma lanzu liwui ning, Usaun Kutelle, inung alenge na ilanza ma ti ulai.
म तिमीहरूलाई साँच्‍चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
26 Nafo na Ucife di nin lai unlitime, nanere wang ana ni Usaune ayita nin lai unlitime.
किनकि जसरी पिता आफैँमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैँमा जीवन हुने अधिकार दिनुभएको छ।
27 Ucife uni nani Usaune likara nsu nshara bara na ame Usaun nnitari.
अनि उहाँले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ; किनकि ऊ मानिसको पुत्र हो।
28 Na iwa se uzikpu nanya nilenge imone ba, bara kubi din cinu kongo vat na lenge na idi nisek ba lanzu liwui me,
“यस कुरामा आश्‍चर्य नमान। किनकि समय आइरहेको छ। जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्,
29 tutung ima nuzu udas: alenge na inasu imon icine ima fitu iti ulai, a inung alenge na ina su imon inanzang, ima fitu ufitun shara.
तब बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई पुनरुत्थान हुनेछन्।
30 Bara litinin nwasa nsu imon ba, nafo na ndin lanzu, nanere ndin su ushara, tutung ushara ning ucinari, bara na ndi su un kibinai ning ba, se kin lenge na ana tuuyi.
म आफैँ त केही गर्न सक्दिनँ,” मैले जस्तो सुन्दछु, त्यसैअनुसार न्याय गर्दछु। अनि मेरो न्याय उचित छ; किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु।
31 Andi nma su uliru litining usaning, na uliru nighe ma yitu kidegen ba.
“यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन।
32 Umong duku na adin su uliru litinighe, tutung meng yiru ulire na adin bellu litinighe kidegenari.
मेरो पक्षमा गवाही दिने अर्को एक जना हुनुहुन्छ। अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ।
33 Ina tuu kitin Yuhana, amini na su uliru un kidegen.
“तिमीहरूले यूहन्‍नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्।
34 Vat nani, uliru ulenge na ina seru na kitin nnitari ba. Nbelle ile imone inan se utucu.
मैले मानिसको गवाही ग्रहण गर्छु भनेर त होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ।
35 Yuhana wadi ulari na uwadin lii uta kiti kanang, anung ani wadi nin su i yita nin liburi libo nin kubiri kongo na idin yenje.
यूहन्‍ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, र तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ।
36 Vat nani ushada ulenge na ndimung, ukatin un Yuhana, bara katwa kane Ucife na nii nmalu, katwa ka na ndin su, nna ushaida litining nwo Ucifari na tuyi.
“मसँग यूहन्‍नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्।
37 Ucife, ulenge na ana tuyi litime ana ni ushada litining. Na isa lanza liwuime ba, sa iyene ukama me ba.
अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ।
38 Na uliru me du nanya mine ba, bara na ina yinin nin lenge na ana tuyi ba.
न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्दैनौ।
39 Idin pizuru uliru ulau nanya niyerte, idin yenju nafo nanya ninnere ima se ulai, unin uliru ulau urum unere nani ushada litining, (aiōnios g166)
तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, (aiōnios g166)
40 ana anung dinin su idak kiti nin inan se ulai ba.
तर पनि जीवन प्राप्‍त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ।
41 Na ndin sesu uzazinu kiti nanit ba.
“म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,”
42 Bara inyiru na idi nin su Kutelle nanya nibinayi mine ba.
तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनी म जान्दछु।
43 Nna dak nanya lissa Ncif ninghari, inani na ina seri ba. Andi umong ma dak nanya lissa me ima serughe.
म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ।
44 Ima ti inyizari iyining, anung alenge na idin piziru uzazinu nati mine, a na idin sesu uzazinu ulenge na udi kiti Kutelle kurum cas ba?
यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्‍वरबाट आउने प्रशंसा प्राप्‍त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ र?
45 Na iwa yenje nafo meng litinighe, nma ti ukara mine kitin Cife ba. Umong duku ulenge na adin tizu ukara mine, Musari une ulenge na anung ceo ayi ku.
“तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ।
46 Nda ina yinin nin Musa, iwa yinnu nin mi bara ana su iyerte liti nighe.
यदि तिमीहरूले मोशालाई विश्‍वास गरेका भए तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए।
47 Andi na iyinna nin niyerti me ba, ima ti inyizazari iyinin nin liru ning?
तर तिनले लेखेको कुरामा विश्‍वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्‍वास गर्छौ र?”

< Yuhana 5 >