< 2 Beresosɛm 12 >

1 Rehoboam ahenni timii, na ɔyɛɛ den no, ɔne Israel nyinaa gyaw Awurade mmara.
यस्‍तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्‍यवस्‍था त्‍यागे— र तिनीसँगै जम्मै इस्राएलले पनि त्यागे ।
2 Esiane sɛ na wonni Awurade nokware no nti, afe a ɛto so anum wɔ ɔhene Rehoboam adedi mu no, Misraimhene Sisak kɔtow hyɛɛ Yerusalem so.
रहबाम राजाको शासनकालको पाँचौं वर्षमा मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए, किनभने मानिसहरू परमप्रभुप्रति अविश्‍वासी भएका थिए।
3 Ɔde nteaseɛnam apem ahannu, apɔnkɔsotefo mpem aduosia ne anammɔnmufo asraafo a wontumi nkan wɔn dodow a Libiafo, Sukifo ne Etiopiafo ka ho na wɔbae.
तिनी बाह्र सय रथ र साठी हजार घोडचढी लिएर आए । तिनीसँग मिश्रदेशबाट आएका असंख्‍य फौज हरूः लिबियाली, सुक्‍किया र कूशीहरू आए ।
4 Sisak dii Yudafo nkurow a wɔabɔ ho ban no so nkonim, na otu teɛɛ sɛ ɔrekɔtow ahyɛ Yerusalem so nso.
तिनले यहूदाका किल्‍लाबन्‍दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे ।
5 Odiyifo Semaia hyiaa Rehoboam ne Yuda mpanyimfo a Sisak nti, wɔaguan aba Yerusalem. Semaia ka kyerɛɛ wɔn se, “Sɛnea Awurade se ni! Moagyaw me nti, me nso meregyaw mo ama Sisak.”
शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिएको छु’ ।”
6 Ɔhene no ne Israel mpanyimfo brɛɛ wɔn ho ase, kae se, “Awurade di bem sɛ ɔyɛɛ yɛn saa!”
तब इस्राएलका शासकहरू र राजाले आफूलाई विनम्र बनाए र भने, “परमप्रभु धर्मी हुनुहुन्‍छ ।”
7 Awurade huu sɛ wɔanu wɔn ho no, ɔde saa nkra yi somaa Semaia: “Esiane sɛ nnipa no abrɛ wɔn ho ase nti, merensɛe wɔn korakora na ɛrenkyɛ, mɛma wɔn ahomegye. Meremfa Sisak so nna mʼabufuw adi wɔ Yerusalem so.
जब तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् भनी जब परमप्रभुले देख्‍नुभयो, तब परमप्रभुको वचन शमायाहकहाँ यसो भनेर आयो, “तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् । म तिनीहरूलाई विनाश गर्नेछैनँ । म तिनीहरूलाई केही हदसम्म उद्धार गर्नेछु, र शीशकको हातद्वारा यरूशलेममा म आफ्‍नो क्रोध खन्‍याउनेछैनँ ।
8 Nanso wɔbɛyɛ nʼasomfo sɛnea ɛbɛkyerɛ wɔn sɛ, ɛsɛ sɛ wɔsom me sen sɛ wɔbɛsom wiase ahemfo.”
तापनि तिनीहरू त्‍यसका सेवकहरू हुनेछन्‌ ताकि मेरो सेवा गर्नु र अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्‍नता रहेछ सो तिनीहरूले थाहा पाउनेछन्‌ ।”
9 Enti Misraimhene Sisak baa Yerusalem bɛsesaw agyapade a ɛwɔ Awurade Asɔredan no mu ne ahemfi hɔ nneɛma a Salomo sikakɔkɔɔ nkatabo no nyinaa ka ho.
यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए र परमप्रभुको मन्‍दिर कोषहरू र राजाको महलका भण्‍डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे ।
10 Akyiri no, ɔhene Rehoboam de kɔbere akyɛm de sii anan, na ɔde hyɛɛ ahemfi awɛmfo nsa sɛ wɔnhwɛ so.
रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कमाण्‍डरहरूका जिम्‍मामा दिए ।
11 Bere biara a ɔhene no bɛkɔ Awurade Asɔredan no mu no, awɛmfo no soa kɔ hɔ bi, na sɛ owie na ɔreba a, wɔsan de begu awɛmfo dan no mu.
जब राजा परमप्रभुको मन्‍दिरभित्र पस्‍थे, तब रक्षकहरू ती बोक्थे । अनि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती फर्काउँथे ।
12 Esiane sɛ Rehoboam brɛɛ ne ho ase nti, Awurade abufuw no fii ne so, nti wansɛe no korakora. Ɛmaa yiyedi kɔɔ so wɔ Yuda asase so.
जब रहबामले आफूलाई विनम्र तुल्‍याए, तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।
13 Ɔhene Rehoboam timii wɔ Yerusalem, na ɔtoaa so dii hene. Bere a odii ade no, na wadi mfirihyia aduanan baako. Na odii ade mfirihyia dunson wɔ Yerusalem, kuropɔn a Awurade ayi afi Israel mmusuakuw nyinaa mu sɛ ɛhɔ na wɔbɛhyɛ ne din anuonyam no. Na Rehoboam na din de Naama a ofi Amon.
यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्य गरे । रहबामले राज्य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्‍नो नाउँ राख्‍नका निम्‍ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अम्‍मोनी स्‍त्री नामा थियो ।
14 Na ɔyɛ ɔhene bɔne, efisɛ wamfa ne koma nyinaa anhwehwɛ Awurade akyi kwan.
तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन् ।
15 Wɔankyerɛw Rehoboam ahenni ho nsɛm nkae no a efi mfiase kosi awiei no wɔ odiyifo Semaia nhoma ne nhumuni Ido nhoma a ɛyɛ awo ntoatoaso nhoma no fa bi mu ana? Bere biara, na akokoakoko wɔ Rehoboam ne Yeroboam ntam.
रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा समेत लेखिएका छैनन्‌ र, जसमा वंशक्रमहरू र रहबाम र यारोबामका बीचमा निरन्‍तर भएको युद्धका अभिलेख पनि राखिएको छन्?
16 Bere a Rehoboam wui no, wosiee no wɔ Dawid kurom. Na ne babarima Abia dii nʼade sɛ ɔhene.
रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।

< 2 Beresosɛm 12 >