< 1 Samuel 5 >

1 Filistifo no faa Onyankopɔn Apam Adaka no akyi, wɔmaa so fii Ebeneser akono hɔ kɔɔ kuropɔn Asdod mu.
यति बेला पलिश्‍तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्‍यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए ।
2 Wɔsoaa Onyankopɔn Apam Adaka no kɔɔ Dagon abosonnan mu. Wɔde kosii ohoni Dagon nkyɛn.
पलिश्तीहरूले परमेश्‍वरको सन्दुक लगे, दागोनको मन्‍दिरमा त्‍यो ल्याए र दागोनको नजिकै राखे ।
3 Nanso ade kyee a Asdod kurowmma no kɔhwɛe no, na Dagon ahwe fam wɔ Awurade Apam Adaka no anim a nʼanim butuw fam. Enti wɔmaa ohoni no so gyinaa hɔ bio.
जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे, हेर, दागोन त परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । त्यसैले तिनीहरूले दागोनलाई उठाए र त्यसलाई आफ्‍नै स्थानमा खडा गरे ।
4 Nanso ade kyee anɔpa no, na asɛm koro no ara asi bio. Na Dagon no ahwe fam wɔ Awurade Apam Adaka no anim a nʼanim butuw fam. Saa bere yi de, na ne ti ne ne nsa abubu afi so deda ɔpon ano. Ne sin no na na aka da hɔ a ammubu.
तर जब तिनीहरू अर्को बिहान सबेरै उठे, हेर, दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । दागोनको शिर र दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो । दागोनको जिउ मात्र बाँकी रहेको थियो ।
5 Ɛno nti na ebesi nnɛ yi, Dagon asɔfo anaa obiara a obewura abosonnan mu hɔ no ntia aponnua no so no.
यसैकारण आज पनि दागोनको भवनमा आउने दागोनका पुजारीहरू र कसैले पनि अश्दोदको दागोनको ढोकामा टेक्दैनन् ।
6 Na Awurade maa pɔmpɔ bobɔɔ Asdodfo ne ne mpɔtam hɔfo no.
अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्‍यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो ।
7 Bere a Asdodfo huu asɛm a aba no, wɔkae se, “Yɛrentumi mma Onyankopɔn Apam Adaka no ntena yɛn nkyɛn. Otia yɛn! Ɔbɛsɛe yɛn ne yɛn nyame, Dagon nyinaa.”
जे भइरहेको थियो त्‍यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।”
8 Enti wɔfrɛɛ Filistifo nkuropɔn anum mu asodifo nyinaa bisaa wɔn se, “Dɛn na yɛnyɛ Israel Nyankopɔn Apam Adaka yi?” Asodifo no susuw asɛm no ho na wobuae se, “Momfa Israel Nyankopɔn Apam Adaka no nkɔ Gat.” Enti wɔde Onyankopɔn Apam Adaka no kɔɔ Gat.
त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई गातमा नै ल्याइयोस् ।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्‍वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए ।
9 Nanso Bere a Onyankopɔn Apam Adaka no duu Gat no, Awurade maa pɔmpɔ bobɔɔ kurow no mufo, mpanyin ne mmofra, na wosuroo yiye.
तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि, परमप्रभुको हात त्‍यो सहरको विरुद्धमा परेर ठुलो गोलमाल गोलमाल भयो । उहाँले सहरका साना र ठुला सबै मानिसहरूलाई प्रहार गर्नुभयो । अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो ।
10 Enti wɔde Onyankopɔn Apam Adaka no kɔɔ Ekron kuropɔn mu, na wɔde rewura hɔ no, Ekronfo no suu se, “Wɔde Israel Nyankopɔn Apam Adaka no reba yɛn nkyɛn de abekunkum yɛn nso.”
त्यसैले तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एक्रोनमा पठाए । तर परमेश्‍वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्‍दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्‍वरको सन्दुक हामीकहाँ ल्याएका छन् ।”
11 Enti nnipa no frɛɛ Filistifo asodifo no nyinaa, srɛɛ wɔn se, “Monsan mfa Onyankopɔn Apam Adaka no mfi ha nkɔ ne man mu, anyɛ saa a, ebekunkum yɛn nyinaa.” Saa bere no na ɔyaredɔm a efi Onyankopɔn nkyɛn no afi ase dedaw ama huboa abɛtɔ kuropɔn no so.
त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्‍यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।” किनकि सहरभरि भयङ्कर मृत्‍युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्‍वरको हात धेरै भारी पर्‍यो ।
12 Wɔn a wɔanwuwu no, wɔmaa pɔmpɔ bobɔɔ wɔn. Na agyaadwotwa baa baabiara.
नमरेका मानिसहरूमा गिर्खाको रूढी आइपर्‍यो र सहरको क्रन्दन आकाशसम्‍मै पुग्यो ।

< 1 Samuel 5 >