< Malahija 4 >
1 Jer, gle, ide dan, koji gori kao peæ, i svi æe ponositi i svi koji rade bezbožno biti strnjika, i upaliæe ih dan koji ide, veli Gospod nad vojskama, i neæe im ostaviti ni korijena ni grane.
किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
2 A vama, koji se bojite imena mojega, granuæe sunce pravde, i zdravlje æe biti na zracima njegovijem, i izlaziæete i skakaæete kao teoci od jasala.
तर मेरो नाउँको भय मान्नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ । तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ ।
3 I izgaziæete bezbožnike, jer æe oni biti pepeo pod vašim nogama u dan kad ja uèinim, veli Gospod nad vojskama.
त्यस दिन तिमीहरूले दुष्टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
4 Pamtite zakon Mojsija sluge mojega, kojemu zapovjedih na Horivu za svega Izrailja uredbe i zakone.
“मेरा दास मोशाका शिक्षालाई याद गर, जुन विधि र नियमहरू मैले त्यसलाई सारा इस्राएलीहरूका निम्ति होरेब पर्वतमा दिएको थिएँ ।
5 Evo, ja æu vam poslati Iliju proroka prije nego doðe veliki i strašni dan Gospodnji;
हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु ।
6 I on æe obratiti srce otaca k sinovima, i srce sinova k ocima njihovijem, da ne doðem i zatrem zemlju.
त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, अनि म आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ ।”