< प्रकाश 15 >

1 तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।
AND I saw another sign in the heaven, great and wonderful, seven angels having the seven last plagues because by them is the wrath of God completely executed.
2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्‍वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
And I saw as it were a sea of glass mingled with fire; and those who had obtained the victory over the beast, and over his image, and over his mark, and over the number of his name standing upon the sea of glass, holding the harps of God.
3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
And they sung the sacred ode of Moses the servant of the Lord, and the song of the Lamb, saying, Great and marvellous are thy works, O Lord God Almighty; righteous and true are thy ways, O King of saints.
4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
Who should not fear thee, O Lord, and glorify thy name? because thou only art holy: for all nations shall come and worship before thee, because thy righteous judgments are made evident.
5 यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो ।
And after these things I beheld, and, lo! the temple of the tabernacle of witness in heaven was opened:
6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
and the seven angels having the seven plagues came forth out of the temple, clothed in linen white and shining, and girded about the breasts with golden girdles.
7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए । (aiōn g165)
And one of the four living beings gave unto the seven angels seven golden vases full of the wrath of God, who liveth for ever and ever. (aiōn g165)
8 परमेश्‍वरको महिमा र उहाँको शक्‍तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्‍जेलसम्म कोही पनि त्यसभित्र पस्‍न सकेन ।
And the temple was filled with smoke from the glory of God, and from his power; and no person was able to enter into the temple, until the seven plagues of the seven angels were completely executed.

< प्रकाश 15 >