< प्रकाश 10 >

1 त्यसपछि मैले स्वर्गबाट अर्को शक्‍तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
Sa'anan na ga wani babban mala'ika yana zuwa daga sama. Yana lullube cikin girgije, a bisa kansa akwai bakangizo. Fuskarsa kamar rana, kafafunsa kamar ginshikan wuta.
2 तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।
Yana rike da karamin littafi a hannunsa, da aka bude, sai ya sa kafarsa ta dama a bisa teku, kafarsa ta hagu kuma a kan kasa.
3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले ।
Sai yayi ihu da babbar murya kamar zaki mai ruri. Lokacin da ya yi ihu, tsawan nan bakwai suka yi magana da karar su.
4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्‍नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ती सातवटा गर्जनले भनेका कुरा गुप्‍त राख । यसलाई नलेख ।”
Da tsawan nan bakwai suka yi magana, ina dab da rubutu, amma na ji wata murya daga sama cewa, “Ka rike asirin abin da tsawan nan bakwai suka fada. Kada ka rubuta shi.”
5 तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्‍वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।
Sai mala'ikan da na gani tsaye bisa teku da kasa, ya daga hannun damarsa sama.
6 त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्‍वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्‍टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन । (aiōn g165)
Sai ya rantse da wannan da ke raye har abada abadin - wanda ya halicci sama da duk abinda ke cikinsa, da duniya da duk abin da ke a kanta, da teku da dukan abin da ke cikinsa, sai mala'ikan ya ce, “Babu sauran jinkiri. (aiōn g165)
7 तर त्यस दिन सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्‍नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्‍ताहरूलाई घोषणा गर्नुभएजस्तै त्यो रहस्य परमेश्‍वरले पुरा गर्नुहुनेछ ।”
Amma a ranar da mala'ika na bakwai yana dab da busa kahonsa, a lokacin ne asirin Allah zai cika, daidai da yadda ya sanar wa bayinsa annabawa.”
8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”
Muryar da na ji daga sama ta sake magana da ni: “Tafi, ka dauki budadden littafin da ke hannun mala'ikan da ke tsaye bisa teku da kan kasa.”
9 जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लाऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।”
Sai na tafi wurin mala'ikan na ce da shi ka bani karamin littafin. Yace dani, “Dauki littafin ka ci. Zai sa cikinka ya yi daci, amma a bakinka zai yi zaki kamar zuma.”
10 मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो ।
Na dauki karamin littafin daga hannun mala'ikan na ci. Ya yi zaki sosai a bakina kamar zuma, amma da na ci, sai cikina ya zama da daci.
11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
Wani yace mani, “Dole ka sake yin annabci kuma game da mutane masu yawa, da al'ummai, da harsuna da sarakuna.”

< प्रकाश 10 >