< भजनसंग्रह 9 >
1 हे परमप्रभु, म तपाईंलाई आफ्नो सारा हृदयले धन्यवाद दिनेछु । तपाईंका सबै अचम्मका कामहरूको वयान म गर्नेछु ।
To him that excelleth vpon Muth Laben. A Psalme of Dauid. I will praise the Lord with my whole heart: I will speake of all thy marueilous workes.
2 तपाईंमा म खुसी र आनन्दित हुनेछु । हे सर्वोच्च, तपाईंको नाउँमा म स्तुति गाउनेछु ।
I will bee glad, and reioyce in thee: I will sing praise to thy Name, O most High,
3 जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् ।
For that mine enemies are turned backe: they shall fall, and perish at thy presence.
4 किनकि तपाईंले मेरो न्यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्नुहोस्!
For thou hast maintained my right and my cause: thou art set in the throne, and iudgest right.
5 जातिहरूलाई तपाईंले हप्काउनुभयो । दुष्टहरूलाई तपाईंले नाश गर्नुभएको छ । तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ ।
Thou hast rebuked the heathen: thou hast destroyed the wicked: thou hast put out their name for euer and euer.
6 जब तपाईंले शत्रुहरूका सहरहरू विनाश गर्नुभयो, तब ती भग्नावशेषहरूझैं टुक्रा-टुक्रा भए । तिनीहरूका सबै सम्झना नष्ट भयो ।
O enemie, destructions are come to a perpetual end, and thou hast destroyed the cities: their memoriall is perished with them.
7 तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्नो सिंहासन स्थापित गर्नुभएको छ ।
But the Lord shall sit for euer: hee hath prepared his throne for iudgement.
8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्पक्ष रूपले गर्नुहुनेछ ।
For he shall iudge the worlde in righteousnes, and shall iudge the people with equitie.
9 अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्टको समयको एउटा शरणस्थान हुनुहुनेछ ।
The Lord also wil be a refuge for the poore, a refuge in due time, euen in affliction.
10 तपाईंको नाउँ जान्नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्नेहरूलाई तपाईंले त्याग्नुहुन्न ।
And they that know thy Name, will trust in thee: for thou, Lord, hast not failed them that seeke thee.
11 परमप्रभुको स्तुति गाओ, जसले सियोनमा राज्य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन ।
Sing praises to the Lord, which dwelleth in Zion: shewe the people his workes.
12 किनकि रक्तपातको बदला लिनुहुने परमेश्वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्न ।
For whe he maketh inquisition for blood, hee remembreth it, and forgetteth not the complaint of the poore.
13 हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्न सक्नुहुन्छ ।
Haue mercie vpon mee, O Lord: consider my trouble which I suffer of them that hate mee, thou that liftest me vp from the gates of death,
14 जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्दित हुनेछु ।
That I may shewe all thy praises within the gates of the daughter of Zion, and reioyce in thy saluation.
15 जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।
The heathen are sunken downe in the pit that they made: in the nette that they hid, is their foote taken.
16 परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला
The Lord is knowen by executing iudgement: the wicked is snared in the worke of his owne handes. (Higgaion, Selah)
17 दुष्टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्वरलाई बिर्सिन्छन् । (Sheol )
The wicked shall turne into hell, and all nations that forget God. (Sheol )
18 किनकि दरिद्रहरूलाई सधैं बिर्सिनेछैन, न त थिचोमिचोमा परेकाहरूका आसा सधैं चकनाचूर हुनेछैन ।
For the poore shall not bee alway forgotten: the hope of the afflicted shall not perish for euer.
19 हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्न नपाऊन् । तपाईंको दृष्टिमा जातिहरूको न्याय गरियोस् ।
Vp Lord: let not man preuaile: let the heathen be iudged in thy sight.
20 हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस् । तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून् । सेला
Put them in feare, O Lord, that the heathen may knowe that they are but men. (Selah)