< भजनसंग्रह 3 >
1 हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।
Dawid dwom a ɔtoe bere a ɔreguan afi ne babarima Absalom anim. Awurade, hwɛ sɛnea mʼatamfo dɔɔso fa! dodow no ara na wɔsɔre tia me!
2 धेरै जनाले मेरो बारेमा भन्छन्, “त्यसको निम्ति परमेश्वरबाट कुनै सहायता छैन ।” सेला
Bebree no ara ka fa me ho se, “Onyankopɔn rennye no.”
3 तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्छ, र जसले मेरो शिर उच्च पार्नुहुन्छ ।
Nanso wo, Awurade, woyɛ nkatabo a atwa me ho ahyia mʼanuonyam, nea Ɔpagyaw me ti.
4 परमप्रभुमा म आफ्नो सोर उचाल्छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला
Meteɛ mu su frɛ Awurade, na ogye me so fi ne bepɔw kronkron no so.
5 म ढल्किन्छु र सुत्छु । म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो ।
Metɔ hɔ na meda a, minyan bio, efisɛ Awurade ma migyina.
6 मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् ।
Merensuro atamfo mpem mpem a wɔatwa me ho ahyia no.
7 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्नुहुनेछ । तपाईंले दुष्टहरूका दाँतहरू भाँच्नुहुनेछ ।
Sɔre, Awurade! Gye me, me Nyankopɔn! Bobɔ mʼatamfo nyinaa abogye; na tutu amumɔyɛfo se.
8 उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्हरू तपाईंका मानिसहरूमा रहोस् । सेला
Awurade hɔ na ogye fi ba. Ma wo nhyira mmra wo nkurɔfo so. Wɔde ma dwonkyerɛfo. Wɔto wɔ sankuhama so.