< भजनसंग्रह 3 >

1 हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।
A psalm of David, when he fled from his son Absalom. How many, Lord, are my foes! Those who rise up against me are many.
2 धेरै जनाले मेरो बारेमा भन्छन्, “त्यसको निम्‍ति परमेश्‍वरबाट कुनै सहायता छैन ।” सेला
Many are those who say of me, “There is no help for him in his God.” (Selah)
3 तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्छ, र जसले मेरो शिर उच्‍च पार्नुहुन्छ ।
But you, Lord, are shield about me, my glory, who lifts up my head.
4 परमप्रभुमा म आफ्‍नो सोर उचाल्‍छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला
When loudly I call to the Lord, from his holy hill he gives answer. (Selah)
5 म ढल्किन्छु र सुत्छु । म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो ।
I laid down and slept: now I wake, for the Lord sustains me.
6 मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् ।
I fear not the myriads of people who beset me on every side.
7 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।
Arise, Lord: save me, my God, who strikes all my foes on the cheek, and shatters the teeth of the wicked.
8 उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्‌हरू तपाईंका मानिसहरूमा रहोस् । सेला
Victory belongs to the Lord: let your blessing descend on your people. (Selah)

< भजनसंग्रह 3 >