< भजनसंग्रह 147 >

1 परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।
Hvalite Gospoda, jer je slatko pjevati Boga našega, jer blagome prilikuje hvala.
2 परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।
Gospod zida Jerusalim, sabira rasijane sinove Izrailjeve;
3 तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
Iscjeljuje one koji su skrušena srca, i lijeèi tuge njihove;
4 उहाँले ताराहरू गन्‍नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।
Izbraja mnoštvo zvijezda, i sve ih zove imenom.
5 हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।
Velik je Gospod naš i velika je krjepost njegova, i razumu njegovu nema mjere.
6 परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्‍टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।
Prihvata smjerne Gospod, a bezbožne ponižava do zemlje.
7 धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्‍वरको प्रशंसा गर ।
Redom pjevajte Gospodu hvalu, udarajte Bogu našemu u gusle.
8 उहाँले आकाशलाई बादलले ढाक्‍नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।
On zastire nebo oblacima, sprema zemlji dažd, èini te raste na gorama trava;
9 उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।
Daje stoci piæu njezinu, i vraniæima, koji vièu k njemu.
10 घोडाको बलमा उहाँ प्रशन्‍न हुनुहुन्‍न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्‍न ।
Ne mari za silu konjsku, niti su mu mili kraci èovjeèiji.
11 परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन् ।
Mili su Gospodu oni koji ga se boje, koji se uzdaju u milost njegovu.
12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।
Slavi, Jerusalime, Gospoda; hvali Boga svojega, Sione!
13 किनकि उहाँले तेरा ढोकाहरूका डण्‍डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष्‌ ‌‌दिनुहुन्छ ।
Jer on utvrðuje prijevornice vrata tvojih, blagosilja sinove tvoje u tebi.
14 उहाँले तेरो सिमानाभित्र फिलिफाप ल्याउनुहुन्छ । उत्तम गहुँले उहाँले तँलाई तृप्‍त पार्नुहुन्छ ।
Ograðuje meðe tvoje mirom, nasiæava te jedre pšenice.
15 उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ ।
Šalje govor svoj na zemlju, brzo teèe rijeè njegova.
16 उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।
Daje snijeg kao vunu, sipa inje kao pepeo.
17 उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?
Baca grad svoj kao zalogaje, pred mrazom njegovijem ko æe ostati?
18 उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।
Pošlje rijeè svoju, i sve se raskravi; dune duhom svojim, i poteku vode.
19 उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।
On je javio rijeè svoju Jakovu, naredbe i sudove svoje Izrailju.
20 उहाँले अरू कुनै जातिमा त्‍यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।
Ovo nije uèinio nijednome drugom narodu, i sudova njegovijeh oni ne znaju. Aliluja!

< भजनसंग्रह 147 >