< भजनसंग्रह 109 >
1 हे परमेश्वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्नुहोस्,
わが讃たたふる神よもだしたまふなかれ
2 किनकि दुष्टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।
かれらは惡の口とあざむきの口とをあけて我にむかひ いつはりの舌をもて我にかたり
3 तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।
うらみの言をもて我をかこみ ゆゑなく我をせめて闘ふことあればなり
4 मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।
われ愛するにかれら反りてわが敵となる われただ祈るなり
5 भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।
かれらは惡をもてわが善にむくい恨をもてわが愛にむくいたり
6 यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्ट मानिसलाई नियुक्त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्त गर्नुहोस् ।
ねがはくは彼のうへに惡人をたてその右方に敵をたたしめたまへ
7 त्यसको न्याय हुँदा, त्यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।
かれが鞫かるるときはその罪をあらはにせられ又そのいのりは罪となり
8 त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।
その日はすくなく その職はほかの人にえられ
9 त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस् ।
その子輩はみなしごとなり その妻はやもめとなり
10 त्यसका छोराछोरी भौंतारिऊन् र आफ्ना भग्नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
その子輩はさすらひて乞丐 そのあれたる處よりいできたりて食をもとむべし
11 त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्यो विदेशीहरूले लुटून् ।
彼のもてるすべてのものは債主にうばはれ かれの勤勞は外人にかすめらるべし
12 त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।
かれに惠をあたふる人ひとりだになく かれの孤子をあはれむ者もなく
13 त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
その裔はたえその名はつぎの世にきえうすべし
14 त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।
その父等のよこしまはヱホバのみこころに記され その母のつみはきえざるべし
15 तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्झना पृथ्वीबाट मेटाइदेऊन् ।
かれらは恒にヱホバの前におかれ その名は地より斷るべし
16 परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्वस्तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।
かかる人はあはれみを施すことをおもはず反りて貧しきもの乏しきもの心のいためる者をころさんとして攻たりき
17 त्यसले सराप्न मन परायो । त्यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्लाई घृणा गर्यो । त्यसकहाँ कुनै आशिष् नआओस् ।
かかる人は詛ふことをこのむ この故にのろひ己にいたる惠むことをたのしまず この故にめぐみ己にとほざかれり
18 त्यसले सरापलाई आफ्नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।
かかる人はころものごとくに詛をきる この故にのろひ水のごとくにおのれの衷にいり油のごとくにおのれの骨にいれり
19 त्यसको सराप त्यसले आफैलाई ढाक्नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्यसैमा परोस् ।
ねがはくは詛をおのれのきたる衣のごとく帶のごとくなして恒にみづから纏はんことを
20 मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्नेलाई परमप्रभुबाट यो इनाम होस् ।
これらの事はわが敵とわが霊魂にさからひて惡言をいふ者とにヱホバのあたへたまふ報なり
21 हे परमप्रभु मेरो परमेश्वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्वस्तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
されど主ヱホバよなんぢの名のゆゑをもて我をかへりみたまへ なんぢの憐憫はいとふかし ねがはくは我をたすけたまへ
22 किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।
われは貧しくして乏し わが心うちにて傷をうく
23 साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्लाइएको छ ।
わがゆく状はゆふ日の影のごとく また蝗のごとく吹さらるるなり
24 उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।
わが膝は斷食によりてよろめき わが肉はやせおとろふ
25 मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्दा, तिनीहरूले आफ्ना शिर हल्लाउँछन् ।
われは彼等にそしらるる者となれり かれら我をみるときは首をふる
26 हे परमप्रभु परमेश्वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्वस्तताद्वारा बचाउनुहोस् ।
わが神ヱホバよねがはくは我をたすけその憐憫にしたがひて我をすくひたまへ
27 हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।
ヱホバよこれらは皆なんぢの手よりいで 汝のなしたまへることなるを彼等にしらしめたまへ
28 तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष् दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्दित होस् ।
かれらは詛へども汝はめぐみたまふ かれらの立ときは恥かしめらるれどもなんぢの僕はよろこばん
29 मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्ना लाज लुगाझैं लगाऊन् ।
わがもろもろの敵はあなどりを衣おのが恥を外袍のごとくにまとふべし
30 म आफ्नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।
われはわが口をもて大にヱホバに謝し おほくの人のなかにて讃まつらむ
31 किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।
ヱホバはまづしきものの右にたちてその霊魂を罪せんとする者より之をすくひたまへり