< भजनसंग्रह 105 >
1 परमप्रभुलाई धन्यवाद देओ । उहाँको नाउँमा पुकारा गर । उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर ।
Da Awurade ase na da ne kɛseyɛ adi. Ma wiase nyinaa nhu nea wayɛ.
2 उहाँको निम्ति गाओ । उहाँको स्तुति गाओ । उहाँका सबै अचम्मका कामहरूका बारेमा भन ।
Monto dwom mma no, monto ayeyi dwom mma no; monka nʼanwonwade no nyinaa.
3 उहाँको पवित्र नाउँमा गर्व गर । परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्दित होस् ।
Monhoahoa mo ho wɔ ne din kronkron mu; momma wɔn a wɔhwehwɛ Awurade no nnya koma mu anigye.
4 परमप्रभु र उहाँको शक्तिको खोजि गर । उहाँको उपस्थितिको निरन्तर खोजी गर ।
Momma mo ani nna Awurade ne nʼahoɔden no so; na monhwehwɛ nʼanim bere biara.
5 उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर,
Monkae anwonwade a wayɛ ne nsɛnkyerɛnne, ne atɛn a obui,
6 ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।
Abraham mma, Onyankopɔn asomfo, Yakob mma a wapaw wɔn.
7 उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् ।
Ɔyɛ Awurade, yɛn Nyankopɔn. Nʼahenni da adi wɔ asase so nyinaa.
8 उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्म सम्झनुहुन्छ ।
Ɔkae nʼapam daa nyinaa, asɛm a ɔhyɛ maa awo ntoantoaso apem no,
9 आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।
apam a ɔne Abraham yɛe no, ntam a ɔka kyerɛɛ Isak no.
10 यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्टि गर्नुभयो ।
Ɔhyɛɛ mu den maa Yakob sɛ mmara, de maa Israel sɛ apam a ɛbɛtena hɔ afebɔɔ.
11 उहाँले भन्नुभयो, “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई म कनान देश दिनेछु ।”
Ɔkae se, “Mede Kanaan asase no bɛma wo sɛ kyɛfa a ɛbɛyɛ wʼagyapade.”
12 तिनीहरू संख्यामा थोरै, अति थोरै मात्र हुँदा र देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्नुभयो ।
Ɔkaa eyi bere a na wɔnnɔɔso, ahɔhokuw ketewa bi a wɔwɔ Kanaan.
13 तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए ।
Wofii aman so kɔɔ aman so; fii ahemman mu kɔɔ ahemman mu.
14 उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्काउनुभयो ।
Wamma obi anhyɛ wɔn so; wɔn nti, ɔkaa ahene anim se:
15 उहाँले भन्नुभयो, “मेरो अभिषिक्त जनलाई नछोओ र मेरा अगमवक्ताहरूका हानि नगर ।”
“Mommfa mo nsa nka wɔn a masra wɔn ngo; na monnyɛ mʼadiyifo bɔne bi.”
16 उहाँ देशमा अनिकाल ल्याउनुभयो । उहाँ खानेकुराको सारा आपूर्ती बन्द गर्नुभयो ।
Ɔmaa ɔkɔm baa asase no so na ɔsɛee akwan a wɔfa so nya wɔn aduan nyinaa;
17 उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।
na ɔsomaa ɔbarima bi dii wɔn anim, Yosef a wɔtɔn no sɛ akoa no.
18 तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए । तिनको घाँटीमा फालमको जन्जीर लगाइयो,
Wɔde mpokyerɛ guu ne nʼanan, na wɔde dade nkɔnsɔnkɔnsɔn hyɛɛ ne kɔn,
19 तिनले जे भनेका थिए सो हुन नआएसम्म । परमप्रभुको वचनले तिनको जाँच गर्यो ।
kosii sɛ nea ɔhyɛɛ ho nkɔm no baa mu, kosii sɛ Awurade asɛm no daa no adi sɛ ɔyɛ ɔnokwafo.
20 तिनलाई मुक्त गर्न राजाले सेवकहरू पठाए । मानिसहरूका शासकले तिनलाई मुक्त गरे ।
Ɔhene no soma ma wokoyii no; aman no sodifo gyaa no.
21 उनले तिनलाई आफ्नो सारा सम्पत्तिको शासकको रूपमा आफ्नो दरवारको निरीक्षक बनाए,
Ɔyɛɛ no ne fi so wura nea ɔwɔ nyinaa sodifo,
22 तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्लाह दिन र उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन ।
sɛ ɔnkyerɛ ne mmapɔmma nea ɔpɛ na ɔnkyerɛ ne mpanyimfo nyansa.
23 त्यसपछि इस्राएल मिश्रदेशमा गए र याकूब केही समय हामको देशमा बसे ।
Na Israel kɔɔ Misraim; Yakob kɔtenaa Ham asase so sɛ ɔnanani.
24 परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो र तिनीहरूलाई आफ्ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो ।
Awurade maa ne nkurɔfo ase dɔe; ɔyɛɛ wɔn bebree dodo maa wɔn atamfo,
25 उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने, आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो ।
wɔn a ɔdan wɔn koma sɛ wɔntan ne nkurɔfo na wɔmpam nʼasomfo ti so.
26 आफूले चुन्नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।
Ɔsomaa ne somfo Mose, ne Aaron a na wayi no no.
27 तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू, हामको देशमा उहाँ अचम्मका कामहरू गरे ।
Wɔyɛɛ ne nsɛnkyerɛnne nwonwaso wɔ wɔn mu, nʼanwonwade wɔ Ham asase so.
28 उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्यारो बनाउनुभयो, तर त्यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् ।
Ɔsomaa sum, na ɔmaa asase duruu sum, efisɛ na wɔatew nʼasɛm no so atua.
29 उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो र तिनीहरूका माछाहरू मार्नुभयो ।
Ɔmaa wɔn nsu nyinaa dan mogya, nam so kum mu mpataa.
30 तिनीहरूका देश, तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए ।
Mpɔtorɔ bɛhyɛɛ asase no so ma, na wɔhyɛn ɔman no sodifo mpia mu.
31 उहाँले बोल्नुभयो र झिंगाहरू र भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए ।
Ɔkasae, na nwansena bebree ne ntontom baa ɔman no mu baabiara.
32 तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित, उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो ।
Ɔmaa wɔn osu dan mparuwbo a anyinam nenam mu wɔ ɔman no nyinaa mu;
33 उहाँले तिनीहरूका दाखका बोटहरू र अञ्जीरका रूखहरू नष्ट पार्नुभयो । उहाँ तिनीहरूका देशका रूखहरू भाँच्नुभयो ।
Ɔsɛee wɔn bobe ne borɔdɔma nnua na obubuu ɔman no so nnua pasaa.
34 उहाँ बोल्नुभयो र सलहहरू, साह्रै नै धेरै सलहहरू आए ।
Ɔkasae, na mmoadabi bae, tɛwtɛw a wontumi nkan wɔn;
35 सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए । तिनीहरूले जमिनका सबै फसलहरू खाए ।
wɔwee ahabammono biara a ɛwɔ wɔn asase no so, na wodii wɔn mfuw so nnuan.
36 तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान, तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो ।
Afei okunkum wɔn asase so mmakan nyinaa, wɔn mmarimayɛ mu aba a edi kan nyinaa.
37 उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्ये कुनैले पनि बाटोमा ठेस खाएन ।
Oyii Israel a ɔso dwetɛ ne sikakɔkɔɔ fii wɔn mmusuakuw mu a obiara ho antɔ kyima.
38 तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।
Misraim ani gyei, bere a wɔkɔe, efisɛ na Israelfo ho hu atɔ wɔn so.
39 उहाँले ढाक्नलाई बादल फिंजाउनुभयो र रातलाई उज्यालो पार्न आगो बाल्नुभयो ।
Ɔtrɛw omununkum mu kataa wɔn so, na ogya maa wɔn hann anadwo.
40 इस्राएलीहरूले खानेकुरा मागे र उहाँले बट्टाई चरा दिनुभयो र स्वर्गको रोटीले तिनीहरूलाई सन्तुष्ट पार्नुभयो ।
Wobisae, na ɔbrɛɛ wɔn mparuwbo ɔmaa ɔsoro aduan mee wɔn.
41 उहाँले चट्टानलाई चिरा पार्नुभयो र त्यसबाट पानी बगेर निस्क्यो । उजाडस्थानमा ती नदीझैं बगे ।
Obuee ɔbotan mu maa nsu fii mu bae; na ɛsen faa sare no so sɛ asubɔnten.
42 किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो ।
Ɔkaee ne bɔ kronkron bi a ɔhyɛɛ ne somfo Abraham no.
43 आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्याउनुभयो ।
Oyii ne nkurɔfo maa wɔn ani gyei; wɔn a wapaw wɔn no dii ahurusi;
44 उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,
ɔde amanaman no nsase maa wɔn, na nea ebinom abrɛ anya no bɛyɛɛ wɔn agyapade
45 ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून् । परमप्रभुको प्रशंसा गर ।
na wɔahwɛ nʼahyɛde adi ne mmara so. Munyi Awurade ayɛ.