< भजनसंग्रह 100 >

1 हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।
Zaburi ya shukrani. Mpigieni Bwana kelele za shangwe, dunia yote.
2 खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।
Mwabuduni Bwana kwa furaha; njooni mbele zake kwa nyimbo za shangwe.
3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
Jueni kwamba Bwana ndiye Mungu. Yeye ndiye alituumba, sisi tu mali yake; sisi tu watu wake, kondoo wa malisho yake.
4 धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर ।
Ingieni malangoni mwake kwa shukrani na katika nyua zake kwa kusifu, mshukuruni yeye na kulisifu jina lake.
5 किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
Kwa maana Bwana ni mwema na upendo wake wadumu milele; uaminifu wake unadumu kwa vizazi vyote.

< भजनसंग्रह 100 >