< हितोपदेश 15 >
1 विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।
Gyöngéd felelet elfordítja az indulatot, de bántó szó haragot kelt.
2 बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।
A bölcsek nyelve jó tudást ad és a balgák szája oktalanságot bugyogtat.
3 परमप्रभुको दृष्टि जताततै छ । उहाँले दुष्ट र असलमाथि नजर लगाउनुहुन्छ ।
Minden helyen vannak az Örökkévaló szemei, szemlélve a rosszakat és jókat.
4 निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्याउँछ ।
A nyelv szelídsége életnek fája, de ferdeség benne romlás a lélekben.
5 मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्नेचाहिँ विवेकशील हो ।
Az oktalan megveti atyjának oktatását, de a ki a feddést megőrzi, okossá lesz.
6 धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्ट मानिसको कमाइले त्यसलाई कष्ट दिन्छ ।
Az igaznak házában nagy készlet van, de a gonosznak jövedelmében zavarodás.
7 बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।
A bölcsek ajkai szórják a tudást, de a balgák szíve helytelen.
8 परमप्रभुले दुष्ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।
A gonoszok áldozata utálata az Örökkévalónak, de az egyenesek imádsága kedvére van.
9 परमप्रभुले दुष्ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्नेलाई उहाँले प्रेम गर्नुहुन्छ ।
Az Örökkévaló utálata a gonosznak útja, de az igazságra törekvőt szereti.
10 कठोर अनुशासनले आफ्नो बाटो त्याग्नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ ।
Súlyos fenyítés jut annak, ki az utat elhagyja, a ki a feddést gyűlöli, meghal.
11 पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला? (Sheol )
Alvilág és enyészet az Örökkévaló előtt vannak, hát még az ember fiainak szívei. (Sheol )
12 गिल्ला गर्ने सुधारदेखि अप्रसन्न हुन्छ । त्यो बुद्धिमान्कहाँ जाँदैन ।
Nem szereti a csúfoló, hogy feddik őt: bölcsekhez el nem jár.
13 आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्याउँछ ।
Örvendő szív derültté teszi az arczot, de a szív fájdalmában levert a lélek.
14 विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।
Értelmes szív tudást keres, de a balgák szája oktalanságot követ.
15 थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।
A szegénynek napjai mind szomorúak, de a vidám szívű – állandó lakoma.
16 भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।
Jobb kevés istenfélelemmel, mint sok kincs és háborúság vele.
17 घृणा भएको ठाउँमा पुष्टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो ।
Jobb egy étel zöldség, a hol szeretet van, mint hizlalt ökör és gyűlölet mellette.
18 रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।
Az indulatos ember viszályt gerjeszt, de a hosszantűrő lecsendesíti a pörlekedést.
19 अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।
A restnek útja akár a tövis-sövény, de az egyenesek pályája fel van töltve.
20 बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।
Bölcs fiú megörvendezteti atyját, s ember, a ki balga, megveti anyját.
21 मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
Az oktalanság öröm az esztelennek, de az értelem embere egyenesen jár.
22 सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।
Meghiúsulnak a gondolatok tanácskozás híján, de ha sok a tanácsadó, megállanak.
23 उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!
Öröm jut az embernek szája feleletében, és szó a maga idején – mi jó!
24 जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ । (Sheol )
Az élet pályája fölfelé megy az eszes számára, azért hogy távozzék az alvilágtól alant. (Sheol )
25 परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ ।
A gőgösek házát kiszakítja az Örökkévaló, de fönnállni engedi az özvegynek határát.
26 परमप्रभुले दुष्ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् ।
Az Örökkévaló utálata rossz gondolatok, de tiszták a kedves beszédek.
27 चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।
Megzavarja házát a nyerészkedést űző, de a ki ajándékokat gyűlöl, élni fog.
28 जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।
Az igaznak szíve gondolkozik azon, mit feleljen, de a gonoszok szája bugyogtatja a rosszaságokat.
29 दुष्ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नुहुन्छ ।
Távol van az Örökkévaló a gonoszoktól, de az igazak imádságát meghallja.
30 आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।
A szemek világossága megörvendezteti a szívet, jó hír zsírossá teszi a csontot.
31 कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ ।
Fül, mely hallgat az élet feddésére, bölcsek között fog időzni.
32 अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।
A ki elveti az oktatást, megveti a lelkét, de a ki feddésre hallgat, észt szerez.
33 परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।
Istenfélelem oktatás a bölcsességre, és a tisztelet előtt jár az alázatosság.