< मत्ती 25 >
1 तब स्वर्गको राज्य ती दस कन्याजस्तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए ।
「その時,天の王国は,自分のともし火を持って花婿を迎えに出た十人の処女のようになる。
2 तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।
そのうち五人は愚かで,五人は賢かった。
3 किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।
愚かな者たちは,ともし火を持って行くとき,一緒に油を持って行かなかった。
4 तर बुद्धिमती कन्याहरू प्रत्येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे ।
だが,賢い者たちは,ともし火と一緒に油を器に入れて持って行った。
5 दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्द्रामा परे र सुते ।
さて,花婿が遅れている間に,彼女たちはみな,うとうとして眠り込んでしまった。
6 तर मध्यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’
ところが,真夜中に,『見よ! 花婿が来た! 彼を迎えに出よ!』という叫びが上がった。
7 त्यसपछि ती सबै कन्या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्क पारे ।
その時,それらの処女たちはみな起き上がり,自分たちのともし火を整えた。
8 निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्न लागेका छन् ।’
愚かな者たちは賢い者たちに言った,『あなた方の油を少し分けてください。わたしたちのともし火は消えそうですから』。
9 तर बुद्धिमती कन्याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’
だが,賢い者たちは答えて言った,『わたしたちとあなた方に足りるほどはないかも知れません。それより,商人たちのところに行って,自分のために買いなさい』。
10 जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्द गरियो ।
彼女たちが買いに出ている間に,花婿が来た。そして,用意ができている者たちは,彼と共に婚宴の部屋に入った。それから戸が閉められた。
11 केही समयपछि अरू कन्याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस् ।’
その後,ほかの処女たちもやって来て,『主よ,主よ,わたしたちに開けてください』と言った。
12 तर उनले जवाफ दिएर भने, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।’
だが,彼は答えた,『本当にはっきりとあなた方に告げる。わたしはあなた方を知らない』。
13 त्यसकारण, जागा रहो, किनकि त्यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।
だから,見張っていなさい。あなた方は人の子が来るその日もその時も知らないからだ。
14 किनकि यो परदेश जानै लागेको मानिसजस्तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्पत्तिको जिम्मा दिए ।
「それは,外国に出かけるとき,自分の召使いたちを呼んで,彼らに自分の財産を託した人のようだからだ。
15 उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्का दिए; अर्कोलाई दुई सिक्का र फेरि अर्कोलाई उनले एक सिक्का दिए । प्रत्यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।
それぞれの能力に応じて,ある者には五タレント,別の者には二タレント,別の者には一タレントを与えてから,旅に出た。
16 पाँच सिक्का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्यो, र त्यसबाट अर्को पाँच सिक्का कमायो ।
五タレントを受けた者はすぐに出て行き,それを使って商売をし,ほかに五タレントをもうけた。
17 त्यसै गरी, जसले दुई सिक्का पाएको थियो, उसले पनि त्यसबाट अर्का दुई सिक्का कमायो ।
二タレントを受けた者も,同じくほかに二タレントをもうけた。
18 तर एउटा मात्र सिक्का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।
だが,一タレントを受けた者は,出て行って地面に穴を掘り,自分の主人のお金を隠しておいた。
19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
「さて,長い時ののち,それらの召使いたちの主人がやって来て,彼らと貸し借りを精算した。
20 पाँच सिक्का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्का कमाएको छु ।’
五タレントを受けた者が進み出て,ほかの五タレントを差し出して言った,『ご主人様,あなたはわたしに五タレントを渡されました。ご覧ください,わたしはさらに五タレントをもうけました』。
21 उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
「彼の主人は彼に言った,『よくやった,忠実な善い召使いよ。あなたはわずかなものに忠実だったから,多くのものの上に任命しよう。あなたの主人の喜びに入りなさい』。
22 दुईवटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्का दिनुभएको थियो । हेर्नुहोस्, मैले अर्का दुईवटा सिक्का कमाएको छु ।’
「二タレントを受けた者が進み出て言った,『ご主人様,あなたはわたしに二タレントを渡されました。ご覧ください,わたしはさらに二タレントをもうけました』。
23 उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
「彼の主人は彼に言った,『よくやった,忠実な善い召使いよ。あなたはわずかなものに忠実だったから,多くのものの上に任命しよう。あなたの主人の喜びに入りなさい』。
24 त्यसपछि एउटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्वभावको मानिस हुनुहुन्छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।
「一タレントを受けた者も進み出て言った,『ご主人様,わたしはあなたが厳しい方で,種をまかなかった所で刈り取り,散らさなかった所で集められるということを知っていました。
25 मलाई डर थियो । त्यसकारण, म गएँ र तपाईंको सिक्कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’
わたしは怖くなり,行ってあなたの一タレントを地中に隠しました。ご覧ください,これがあなたのものです』。
26 तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।
「だが,彼の主人は彼に答えた,『無精な悪い召使いよ。あなたはわたしが種をまかなかった所で刈り取り,散らさなかった所で集めることを知っていたのか。
27 त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्याजसहित पाउने थिएँ ।
それなら,わたしのお金を銀行家に預けておくべきだった。そうすれば,帰って来た時,自分のものを利息と一緒に戻してもらえただろうに。
28 त्यसकारण, त्योसँग भएको एक सिक्का लेओ र जुन नोकरसँग दस सिक्का छ त्यसलाई देओ ।
だから,その一タレントを彼から取り上げて,十タレント持っている者に与えなさい。
29 किनकि जससँग छ त्यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
だれでも持っている者にはさらに与えられて豊かになるが,持っていない者からはその持っているものまでも取り去られることになるからだ。
30 त्यो बेकम्मा नोकरलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
この役に立たない召使いを外の闇に投げ出せ。そこには嘆きと歯ぎしりとがあるだろう』。
31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
「さて,人の子が自分の栄光のうちに到来し,すべての聖なるみ使いたちが彼と共に到来するその時,彼は自分の栄光の座に着くだろう。
32 उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
すべての民族が彼の前に集められるだろう。そして彼は,羊飼いが羊をヤギからより分けるように,彼らを互いにより分け,
33 उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन् ।
羊を自分の右に,ヤギを自分の左に置くだろう。
34 त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर ।
その時,王は自分の右にいる者たちにこう告げるだろう。『さあ,わたしの父に祝福された者たち,世の基礎が据えられて以来あなた方のために備えられていた王国を受け継ぎなさい。
35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;
わたしが飢えると食べ物を与え,わたしが渇くと飲み物を与え,よそから来ると宿を貸し,
36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’
裸でいると服を着せ,病気でいると見舞い,ろうやにいると来てくれたからだ』。
37 त्यसपछि धर्मी जनहरूले जवाफ दिई भन्नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ?
「その時,義人たちは彼に答えてこう言うだろう。『主よ,いつわたしたちは,あなたが飢えておられるのを見て食物を差し上げたり,渇いておられるのを見て飲み物を差し上げましたか。
38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्यौँ र तपाईंलाई भित्र ल्यायौँ?
いつわたしたちは,あなたがよそから来られたのを見て宿を貸し,裸でおられるのを見て服をお着せしましたか。
39 र हामीले तपाईंलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’
いつわたしたちは,あなたが病気をなさったり,ろうやにおられるのを見て,あなたのところに参りましたか』。
40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’
「王は彼らにこう答えるだろう。『本当にはっきりとあなた方に告げる。これらわたしの最も小さい兄弟たちの一人にあなた方がしたことは,わたしにしたのだ』。
41 त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो, (aiōnios )
それから,王はまた自分の左にいる者たちにこう言うだろう。『のろわれた者たちよ,わたしから離れて,悪魔とその使いたちのために備えられた永遠の火に入りなさい。 (aiōnios )
42 किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;
わたしが飢えても食べ物を与えず,わたしが渇いても飲み物を与えず,
43 म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’
よそから来ても宿を貸さず,裸でいても服を着せず,病気でいたり,ろうやにいても見舞ってくれなかったからだ』。
44 त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’
「その時,彼らも答えてこう言うだろう。『主よ,いつわたしたちは,あなたが飢えておられたり,渇いておられたり,よそから来られたり,裸でおられたり,病気をなさったり,ろうやにおられるのを見て,お世話をしませんでしたか』。
45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानोलाई तिमीहरूले जे गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
「その時,彼は彼らに答えてこう言うだろう。『本当にはっきりとあなた方に告げる。これらわたしの最も小さい兄弟たちの一人にあなた方がしなかったことは,わたしにしなかったのだ』。
46 यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन् ।” (aiōnios )
これらの者は永遠の処罰に入り,義人たちは永遠の命に入るだろう」 。 (aiōnios )