< मत्ती 22 >

1 तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो,
et respondens Iesus dixit iterum in parabolis eis dicens
2 “स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
simile factum est regnum caelorum homini regi qui fecit nuptias filio suo
3 उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
et misit servos suos vocare invitatos ad nuptias et nolebant venire
4 फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’
iterum misit alios servos dicens dicite invitatis ecce prandium meum paravi tauri mei et altilia occisa et omnia parata venite ad nuptias
5 तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
illi autem neglexerunt et abierunt alius in villam suam alius vero ad negotiationem suam
6 अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।
reliqui vero tenuerunt servos eius et contumelia adfectos occiderunt
7 तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।
rex autem cum audisset iratus est et missis exercitibus suis perdidit homicidas illos et civitatem illorum succendit
8 त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
tunc ait servis suis nuptiae quidem paratae sunt sed qui invitati erant non fuerunt digni
9 त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’
ite ergo ad exitus viarum et quoscumque inveneritis vocate ad nuptias
10 ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।
et egressi servi eius in vias congregaverunt omnes quos invenerunt malos et bonos et impletae sunt nuptiae discumbentium
11 तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।
intravit autem rex ut videret discumbentes et vidit ibi hominem non vestitum veste nuptiali
12 राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्‍तिले केही बोल्न सकेन ।
et ait illi amice quomodo huc intrasti non habens vestem nuptialem at ille obmutuit
13 त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
tunc dixit rex ministris ligatis pedibus eius et manibus mittite eum in tenebras exteriores ibi erit fletus et stridor dentium
14 किनकि बोलाइएकहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”
multi autem sunt vocati pauci vero electi
15 त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए ।
tunc abeuntes Pharisaei consilium inierunt ut caperent eum in sermone
16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्‍ने कुरालाई वास्ता गर्नुहुन्‍न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्‍न ।
et mittunt ei discipulos suos cum Herodianis dicentes magister scimus quia verax es et viam Dei in veritate doces et non est tibi cura de aliquo non enim respicis personam hominum
17 त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”
dic ergo nobis quid tibi videatur licet censum dare Caesari an non
18 तर येशूले तिनीहरूको दुष्‍टता थाहा पाउनुभयो, र भन्‍नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन जाँच्दछौ?
cognita autem Iesus nequitia eorum ait quid me temptatis hypocritae
19 कर तिर्ने सिक्‍का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए ।
ostendite mihi nomisma census at illi obtulerunt ei denarium
20 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यी कसका नाम र छाप हुन्?”
et ait illis Iesus cuius est imago haec et suprascriptio
21 तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्, ती परमेश्‍वरलाई देओ ।”
dicunt ei Caesaris tunc ait illis reddite ergo quae sunt Caesaris Caesari et quae sunt Dei Deo
22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।
et audientes mirati sunt et relicto eo abierunt
23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे । तिनीहरूले उहाँलाई सोधे,
in illo die accesserunt ad eum Sadducaei qui dicunt non esse resurrectionem et interrogaverunt eum
24 “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्‍यो भने, उसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।
dicentes magister Moses dixit si quis mortuus fuerit non habens filium ut ducat frater eius uxorem illius et suscitet semen fratri suo
25 तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्‍यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो ।
erant autem apud nos septem fratres et primus uxore ducta defunctus est et non habens semen reliquit uxorem suam fratri suo
26 त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।
similiter secundus et tertius usque ad septimum
27 तिनीहरू सबै मरेपछि त्यो स्‍त्री पनि मरी ।
novissime autem omnium et mulier defuncta est
28 अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्‍त्री कुन चाहिँको पत्‍नी हुन्छे? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।”
in resurrectione ergo cuius erit de septem uxor omnes enim habuerunt eam
29 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्‍त्र वा परमेश्‍वरको शक्‍तिलाई जान्दैनौ ।
respondens autem Iesus ait illis erratis nescientes scripturas neque virtutem Dei
30 किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु, तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् ।
in resurrectione enim neque nubent neque nubentur sed sunt sicut angeli Dei in caelo
31 तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्‍वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,
de resurrectione autem mortuorum non legistis quod dictum est a Deo dicente vobis
32 ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ?’ परमेश्‍वर मृतकहरूको परमेश्‍वर हुनुहुन्‍न, तर उहाँ जीवितहरूका परमेश्‍वर हुनुहुन्छ ।”
ego sum Deus Abraham et Deus Isaac et Deus Iacob non est Deus mortuorum sed viventium
33 जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्‍क परे ।
et audientes turbae mirabantur in doctrina eius
34 तर येशूले सदुकीहरूलाई चुप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू भेला भए ।
Pharisaei autem audientes quod silentium inposuisset Sadducaeis convenerunt in unum
35 तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्‍न सोधे,
et interrogavit eum unus ex eis legis doctor temptans eum
36 “गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिँ कुन हो?”
magister quod est mandatum magnum in lege
37 येशूले उनलाई भन्‍नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू ।
ait illi Iesus diliges Dominum Deum tuum ex toto corde tuo et in tota anima tua et in tota mente tua
38 योचाहिँ पहिलो र महान् आज्ञा हो ।
hoc est maximum et primum mandatum
39 अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’
secundum autem simile est huic diliges proximum tuum sicut te ipsum
40 सारा व्यवस्था र अगमवक्‍ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन् ।”
in his duobus mandatis universa lex pendet et prophetae
41 फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।
congregatis autem Pharisaeis interrogavit eos Iesus
42 उहाँले भन्‍नुभयो, “तिमीहरू ख्रीष्‍टको बारेमा के विचार गर्दछौ? ख्रीष्‍ट कसका पुत्र हुन्?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”
dicens quid vobis videtur de Christo cuius filius est dicunt ei David
43 येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे,
ait illis quomodo ergo David in spiritu vocat eum Dominum dicens
44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस ।’?”
dixit Dominus Domino meo sede a dextris meis donec ponam inimicos tuos scabillum pedum tuorum
45 यदि दाऊदले ख्रीष्‍टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त?”
si ergo David vocat eum Dominum quomodo filius eius est
46 तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्‍नहरू सोध्‍ने साहस गरेन ।
et nemo poterat respondere ei verbum neque ausus fuit quisquam ex illa die eum amplius interrogare

< मत्ती 22 >