< मर्कूस 3 >
1 उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो ।
ཨནནྟརཾ ཡཱིཤུཿ པུན རྦྷཛནགྲྀཧཾ པྲཝིཥྚསྟསྨིན྄ སྠཱནེ ཤུཥྐཧསྟ ཨེཀོ མཱནཝ ཨཱསཱིཏ྄།
2 उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।
ས ཝིཤྲཱམཝཱརེ ཏམརོགིཎཾ ཀརིཥྱཏི ནཝེཏྱཏྲ བཧཝསྟམ྄ ཨཔཝདིཏུཾ ཚིདྲམཔེཀྵིཏཝནྟཿ།
3 येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।”
ཏདཱ ས ཏཾ ཤུཥྐཧསྟཾ མནུཥྱཾ ཛགཱད མདྷྱསྠཱནེ ཏྭམུཏྟིཥྛ།
4 तब उहाँले मानिसहरूलाई भन्नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ?” तर उनीहरू चुप लागे ।
ཏཏཿ པརཾ ས ཏཱན྄ པཔྲཙྪ ཝིཤྲཱམཝཱརེ ཧིཏམཧིཏཾ ཏཐཱ ཧི པྲཱཎརཀྵཱ ཝཱ པྲཱཎནཱཤ ཨེཥཱཾ མདྷྱེ ཀིཾ ཀརཎཱིཡཾ? ཀིནྟུ ཏེ ནིཿཤབྡཱསྟསྠུཿ།
5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो ।
ཏདཱ ས ཏེཥཱམནྟཿཀརཎཱནཱཾ ཀཱཋིནྱཱདྡྷེཏོ རྡུཿཁིཏཿ ཀྲོདྷཱཏ྄ ཙརྟུདཤོ དྲྀཥྚཝཱན྄ ཏཾ མཱནུཥཾ གདིཏཝཱན྄ ཏཾ ཧསྟཾ ཝིསྟཱརཡ, ཏཏསྟེན ཧསྟེ ཝིསྟྲྀཏེ ཏདྡྷསྟོ྅ནྱཧསྟཝད྄ ཨརོགོ ཛཱཏཿ།
6 तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे ।
ཨཐ ཕིརཱུཤིནཿ པྲསྠཱཡ ཏཾ ནཱཤཡིཏུཾ ཧེརོདཱིཡཻཿ སཧ མནྟྲཡིཏུམཱརེབྷིརེ།
7 तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,
ཨཏཨེཝ ཡཱིཤུསྟཏྶྠཱནཾ པརིཏྱཛྱ ཤིཥྱཻཿ སཧ པུནཿ སཱགརསམཱིཔཾ གཏཿ;
8 यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो ।
ཏཏོ གཱལཱིལྱིཧཱུདཱ-ཡིརཱུཤཱལམ྄-ཨིདོམ྄-ཡརྡནྣདཱིཔཱརསྠཱནེབྷྱོ ལོཀསམཱུཧསྟསྱ པཤྩཱད྄ གཏཿ; ཏདནྱཿ སོརསཱིདནོཿ སམཱིཔཝཱསིལོཀསམཱུཧཤྩ ཏསྱ མཧཱཀརྨྨཎཱཾ ཝཱརྟྟཾ ཤྲུཏྭཱ ཏསྱ སནྣིདྷིམཱགཏཿ།
9 भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् ।
ཏདཱ ལོཀསམཱུཧཤྩེཏ྄ ཏསྱོཔརི པཏཏི ཨིཏྱཱཤངྐྱ ས ནཱཝམེཀཱཾ ནིཀཊེ སྠཱཔཡིཏུཾ ཤིཥྱཱནཱདིཥྚཝཱན྄།
10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए ।
ཡཏོ྅ནེཀམནུཥྱཱཎཱམཱརོགྱཀརཎཱད྄ ཝྱཱདྷིགྲསྟཱཿ སཪྻྭེ ཏཾ སྤྲཥྚུཾ པརསྤརཾ བལེན ཡཏྣཝནྟཿ།
11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्थे उहाँको सामु ढल्थे र चिच्च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।”
ཨཔརཉྩ ཨཔཝིཏྲབྷཱུཏཱསྟཾ དྲྀཥྚྭཱ ཏཙྩརཎཡོཿ པཏིཏྭཱ པྲོཙཻཿ པྲོཙུཿ, ཏྭམཱིཤྭརསྱ པུཏྲཿ།
12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।
ཀིནྟུ ས ཏཱན྄ དྲྀཌྷམ྄ ཨཱཛྙཱཔྱ སྭཾ པརིཙཱཡིཏུཾ ནིཥིདྡྷཝཱན྄།
13 उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए ।
ཨནནྟརཾ ས པཪྻྭཏམཱརུཧྱ ཡཾ ཡཾ པྲཏིཙྪཱ ཏཾ ཏམཱཧཱུཏཝཱན྄ ཏཏསྟེ ཏཏྶམཱིཔམཱགཏཱཿ།
14 उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्नुभएको होस्,
ཏདཱ ས དྭཱདཤཛནཱན྄ སྭེན སཧ སྠཱཏུཾ སུསཾཝཱདཔྲཙཱརཱཡ པྲེརིཏཱ བྷཝིཏུཾ
15 अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।
སཪྻྭཔྲཀཱརཝྱཱདྷཱིནཱཾ ཤམནཀརཎཱཡ པྲབྷཱཝཾ པྲཱཔྟུཾ བྷཱུཏཱན྄ ཏྱཱཛཡིཏུཉྩ ནིཡུཀྟཝཱན྄།
16 अनि उहाँले यी बाह्र जनालाई नियुक्त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो;
ཏེཥཱཾ ནཱམཱནཱིམཱནི, ཤིམོན྄ སིཝདིཔུཏྲོ
17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;
ཡཱཀཱུབ྄ ཏསྱ བྷྲཱཏཱ ཡོཧན྄ ཙ ཨཱནྡྲིཡཿ ཕིལིཔོ བརྠལམཡཿ,
18 अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी,
མཐཱི ཐོམཱ ཙ ཨཱལྥཱིཡཔུཏྲོ ཡཱཀཱུབ྄ ཐདྡཱིཡཿ ཀིནཱནཱིཡཿ ཤིམོན྄ ཡསྟཾ པརཧསྟེཥྭརྤཡིཥྱཏི ས ཨཱིཥྐརིཡོཏཱིཡཡིཧཱུདཱཤྩ།
19 अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो ।
ས ཤིམོནེ པིཏར ཨིཏྱུཔནཱམ དདཽ ཡཱཀཱུབྱོཧནྦྷྱཱཾ ཙ བིནེརིགིཤ྄ ཨརྠཏོ མེགྷནཱདཔུཏྲཱཝིཏྱུཔནཱམ དདཽ།
20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भिड जम्मा भए । त्यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन ।
ཨནནྟརཾ ཏེ ནིཝེཤནཾ གཏཱཿ, ཀིནྟུ ཏཏྲཱཔི པུནརྨཧཱན྄ ཛནསམཱགམོ ྅བྷཝཏ྄ ཏསྨཱཏྟེ བྷོཀྟུམཔྱཝཀཱཤཾ ན པྲཱཔྟཱཿ།
21 जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग बिग्रेको छ ।”
ཏཏསྟསྱ སུཧྲྀལློཀཱ ཨིམཱཾ ཝཱརྟྟཱཾ པྲཱཔྱ ས ཧཏཛྙཱནོབྷཱུད྄ ཨིཏི ཀཐཱཾ ཀཐཡིཏྭཱ ཏཾ དྷྲྀཏྭཱནེཏུཾ གཏཱཿ།
22 यरूशलेमबाट आएका शास्त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।”
ཨཔརཉྩ ཡིརཱུཤཱལམ ཨཱགཏཱ ཡེ ཡེ྅དྷྱཱཔཀཱསྟེ ཛགདུརཡཾ པུརུཥོ བྷཱུཏཔཏྱཱབིཥྚསྟེན བྷཱུཏཔཏིནཱ བྷཱུཏཱན྄ ཏྱཱཛཡཏི།
23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्टान्तमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ?”
ཏཏསྟཱནཱཧཱུཡ ཡཱིཤུ རྡྲྀཥྚཱནྟཻཿ ཀཐཱཾ ཀཐིཏཝཱན྄ ཤཻཏཱན྄ ཀཐཾ ཤཻཏཱནཾ ཏྱཱཛཡིཏུཾ ཤཀྣོཏི?
24 यदि राज्य आफैँमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्न सक्दैन ।
ཀིཉྩན རཱཛྱཾ ཡདི སྭཝིརོདྷེན པྲྀཐག྄ བྷཝཏི ཏརྷི ཏད྄ རཱཛྱཾ སྠིརཾ སྠཱཏུཾ ན ཤཀྣོཏི།
25 यदि घर आफैँमा विभाजित हुन्छ भने, त्यो घर टिक्न सक्दैन ।
ཏཐཱ ཀསྱཱཔི པརིཝཱརོ ཡདི པརསྤརཾ ཝིརོདྷཱི བྷཝཏི ཏརྷི སོཔི པརིཝཱརཿ སྠིརཾ སྠཱཏུཾ ན ཤཀྣོཏི།
26 यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ ।
ཏདྭཏ྄ ཤཻཏཱན྄ ཡདི སྭཝིཔཀྵཏཡཱ ཨུཏྟིཥྛན྄ བྷིནྣོ བྷཝཏི ཏརྷི སོཔི སྠིརཾ སྠཱཏུཾ ན ཤཀྣོཏི ཀིནྟཱུཙྪིནྣོ བྷཝཏི།
27 तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरमा पस्न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ ।
ཨཔརཉྩ པྲབལཾ ཛནཾ པྲཐམཾ ན བདྡྷཱ ཀོཔི ཏསྱ གྲྀཧཾ པྲཝིཤྱ དྲཝྱཱཎི ལུཎྛཡིཏུཾ ན ཤཀྣོཏི, ཏཾ བདྭྭཻཝ ཏསྱ གྲྀཧསྱ དྲཝྱཱཎི ལུཎྛཡིཏུཾ ཤཀྣོཏི།
28 म तिमीहरूलाई साँचो साँचो भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्वर-निन्दा पनि क्षमा गरिनेछन्,
ཨཏོཧེཏོ ཪྻུཥྨབྷྱམཧཾ སཏྱཾ ཀཐཡཱམི མནུཥྱཱཎཱཾ སནྟཱནཱ ཡཱནི ཡཱནི པཱཔཱནཱིཤྭརནིནྡཱཉྩ ཀུཪྻྭནྟི ཏེཥཱཾ ཏཏྶཪྻྭེཥཱམཔརཱདྷཱནཱཾ ཀྵམཱ བྷཝིཏུཾ ཤཀྣོཏི,
29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ । (aiōn , aiōnios )
ཀིནྟུ ཡཿ ཀཤྩིཏ྄ པཝིཏྲམཱཏྨཱནཾ ནིནྡཏི ཏསྱཱཔརཱདྷསྱ ཀྵམཱ ཀདཱཔི ན བྷཝིཥྱཏི སོནནྟདཎྜསྱཱརྷོ བྷཝིཥྱཏི། (aiōn , aiōnios )
30 येशूले यसो भन्नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “त्योसँग अशुद्ध आत्मा छ ।”
ཏསྱཱཔཝིཏྲབྷཱུཏོ྅སྟི ཏེཥཱམེཏཏྐཐཱཧེཏོཿ ས ཨིཏྠཾ ཀཐིཏཝཱན྄།
31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए ।
ཨཐ ཏསྱ མཱཏཱ བྷྲཱཏྲྀགཎཤྩཱགཏྱ བཧིསྟིཥྛནཏོ ལོཀཱན྄ པྲེཥྱ ཏམཱཧཱུཏཝནྟཿ།
32 एउटा भिड उहाँको वरिपरि बस्यो, र तिनीहरूले उहाँलाई भने, “तपाईंका आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।”
ཏཏསྟཏྶནྣིདྷཽ སམུཔཝིཥྚཱ ལོཀཱསྟཾ བབྷཱཥིརེ པཤྱ བཧིསྟཝ མཱཏཱ བྷྲཱཏརཤྩ ཏྭཱམ྄ ཨནྭིཙྪནྟི།
33 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन्?”
ཏདཱ ས ཏཱན྄ པྲཏྱུཝཱཙ མམ མཱཏཱ ཀཱ བྷྲཱཏརོ ཝཱ ཀེ? ཏཏཿ པརཾ ས སྭམཱིཔོཔཝིཥྚཱན྄ ཤིཥྱཱན྄ པྲཏི ཨཝལོཀནཾ ཀྲྀཏྭཱ ཀཐཡཱམཱས
34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्!”
པཤྱཏཻཏེ མམ མཱཏཱ བྷྲཱཏརཤྩ།
35 जसले परमेश्वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”
ཡཿ ཀཤྩིད྄ ཨཱིཤྭརསྱེཥྚཱཾ ཀྲིཡཱཾ ཀརོཏི ས ཨེཝ མམ བྷྲཱཏཱ བྷགིནཱི མཱཏཱ ཙ།