< मर्कूस 15 >

1 बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।
And immediately early in the morning the high priests having made counsel with the elders and scribes, and all the sanhedrim, having bound Jesus, led Him away, and delivered Him to Pilate.
2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”
And Pilate asked Him, Art thou the King of the Jews? And responding He says to him, Thou sayest it.
3 मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।
And the chief priests were accusing Him of many things.
4 पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्?”
And Pilate again asked Him, saying, Do you not answer? behold, how many things they witness against you.
5 तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे ।
And Jesus responded nothing at all; so that Pilate marveled.
6 अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे ।
But during the feast he was accustomed to release unto them one prisoner, whom they asked,
7 विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए ।
And there was one called Barabbas, having been bound along with the insurrectionists, who had committed murder during the insurrection.
8 भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले ।
And the multitude crying out began to ask, as he was always accustomed to do unto them.
9 पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ?”
And Pilate responded to them, saying, Do you wish that I may release unto you the King of the Jews?
10 किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो ।
For he knew that the chief priests had delivered Him on account of envy.
11 तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए ।
And the chief priests persuaded the multitude that he should rather release unto them Barabbas.
12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?”
And Pilate responding again said to them, Then what do you wish that I shall do unto Him whom you call the King of the Jews.
13 तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस्!”
And they again cried out, Crucify Him.
14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् ।”
And Pilate said to them, For what evil hath He done? And they cried out uproariously, Crucify Him.
15 पिलातसले भिडलाई सन्तुष्‍ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए ।
And Pilate, wishing to do the multitude a favor, released unto them Barabbas. And having scourged Jesus, he delivered Him up that He should be crucified.
16 सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।
And the soldiers led Him into the court, which is the judgment hall; and call around Him the whole band.
17 तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।
And they put on Him a purple robe, and having plaited a thorny crown, put it on Him.
18 तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले ।
And they began to mock Him, Hail, King of the Jews!
19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके ।
And they continued to strike His head with a reed, and spit on Him, and putting down their knees worshiped Him.
20 जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।
And when they mocked Him, they divested Him of the purple robe, and put on Him His own raiment: and lead Him away in order that they may crucify Him.
21 तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए ।
And they compel a certain Simon, a Cyrenean, coming from the country, the father of Alexander and Rufus, that he must take His cross.
22 सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः “खप्परको ठाउँ”) ।
And they lead Him to Golgotha, a place which is interpreted, The place of a skull.
23 तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन ।
And they gave Him myrrhed wine to drink: and He did not take it.
24 तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।
And they crucify Him, and divide His garments, casting the lot upon them, what each one may take.
25 तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो ।
And it was the third hour, and they crucified Him.
26 तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”
And the superscription of His accusation was written over Him, THE KING OF THE JEWS.
27 तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।
And they crucify two thieves along with Him; the one on His right, and one on His left.
28 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो ।
29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,
And passing by they continued to blaspheme Him, wagging their heads, and saying, Aha, thou that destroyest the temple, and buildest it in three days,
30 आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ!”
save thyself, and come down from the cross.
31 त्यसै गरी, मुख्य पुजारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन ।
Likewise also the chief priests mocking to one another with the scribes, continued to say, He saved others; He is not able to save Himself.
32 इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।
Let Christ, the King of Israel, now come down from the cross, in order that we may see and believe. And those being crucified along with Him were reproaching Him.
33 छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो ।
And it being the sixth hour, there was darkness over all the earth until the ninth hour.
34 नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको?” भन्‍ने हुन्छ ।
And at the ninth hour Jesus cried with a loud voice, saying, Eloi, Eloi, lama sabachthani? which is interpreted, My God, my God, why hast thou forsaken me?
35 त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।”
And certain ones of those standing by said, Behold, He is calling Elijah.
36 कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”
And one running and filling a sponge with vinegar, and reaching it forth on a reed, gave Him drink, saying, Let Him alone, let us see if Elijah comes to take Him down.
37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो ।
And Jesus, sending forth a loud voice, expired.
38 मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो ।
And the veil of the temple was rent in twain from top even to the bottom.
39 जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए ।”
And the centurion standing by in front of Him, seeing that He thus expired, said; Surely this man was the Son of God.
40 त्यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए ।
And there were women looking on from a distance: among whom was Mary Magdalene, and Mary the mother of James the less and Joses, and Salome;
41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍त्री पनि उहाँसँग यरूशलेम आएका थिए ।
who when He was in Galilee, were accustomed both to follow Him, and minister unto Him. And many other women who came up to Jerusalem along with Him.
42 जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले
And it already being evening, since it was the Preparation, which is the day before the Sabbath,
43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे ।
Joseph, who is from Arimathea, an honorable councilor, who also himself was waiting for the kingdom of God; having taken courage came to Pilate, and begged the body of Jesus.
44 येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।
And Pilate was astonished if He had died already. And having called the centurion, asked him if He was already dead.
45 जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए ।
And having learned from the centurion, he gave the body to Joseph.
46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे ।
And having purchased linen, and taking Him down, he wrapped Him in the linen, and placed Him in a sepulcher which had been hewn out of the rock; and he rolled a stone to the door of the sepulcher.
47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।
And Mary Magdalene and Mary the mother of Joses were looking where He is placed.

< मर्कूस 15 >