< लुका 4 >
1 तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्याइनुभयो ।
Ie niliforeñe amy Arofo Masiñey t’Iesoà le nibalike boak’ am’ Iordaney, vaho niaoloa’ i Arofoy mb’am-babangoañ’ añe,
2 त्यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्यो समयको अन्त्यमा उहाँ भोकाउनुभएको थियो ।
efapolo andro te nanjizia’ i mpañìnjey ie tsy nikama ndra inoñ’ inoñe amy andro rezay. Modo izay le nisaliko,
3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”
vaho hoe i mpañìnjey tama’e: Naho toe Anan’ Añahare irehe, ampinjareo mofo o vatoo.
4 येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्न सक्दैन ।”
Hoe ty natoi’ Iesoà aze: Pinatetse ty hoe: Tsy mofo avao ty mahaveloñe ondaty,
5 त्यसपछि, शैतानले उहाँलाई उच्च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो ।
Le nendese’ i mpañìnjey niañambone vohitse mitiotiotse eñe vaho natoro’e aze amy zao ze kila fifeheañe an-tane atoy.
6 शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु ।
Le hoe i Ratiy tama’e: Hatoloko Azo o haozarañe iaby zao naho o enge’ iareoo, fa natolots’ ahy, vaho hatoloko amy ze satriko;
7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।”
le kila ho Azo t’ie hiambane amako etoañe.
8 तर येशूले जवाफ दिनुभयो र त्यसलाई भन्नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
Hoe ty natoi’ Iesoà: Hoe ty pinatetse: Iehovà Andrianañahare’o ro hitalahoa’o, ie avao ty hitoroña’o.
9 त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्दिरको उच्च स्थानको टुप्पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।
Le nendese’e mb’e Ierosaleme mb’eo naho nampiningire’e an-dengom-pitalakesan’ abo’ i Anjomban’Añaharey vaho nanoa’e ty hoe: Naho toe Anan’ Añahare irehe, miponaha ambane ey,
10 किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’
ty amy pinatetse ty hoe: Ho lilie’e amo Anjeli’eo irehe, ty hañaro azo;
11 अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।”
vaho, Ho tanatanà’ iereo, tsy ho dasirem-bato o fandia’oo.’
12 येशूले जवाफ दिँदै त्यसलाई भन्नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको परीक्षा नगर्नू ।”
Tinoi’ Iesoà ty hoe: Hoe ty tsara: Asoao tsy ho tsohe’o t’Iehovà Andrianañahare’o.
13 अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।
Ie nagado’ i mpañìnjey i fanjiziañe iaby zay, le nidisak’aze heike.
14 त्यसपछि पवित्र आत्माको शक्तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
Aa le nibalike mb’e Galilia mb’eo t’Iesoà ami’ty haozara’ i Arofoy; le niboele tok’aia tok’aia amy tane nañohokey ty enge’e.
15 उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
Nañoke amo fitontonañeo re le hene nañonjoñ’ aze.
16 एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्त्र पाठ गर्नुभयो ।
Nimb’e Nazareta mb’eo re, i rova nahabey azey, le ami’ty lili’e, nizilik’ am-pitontonañe ao ami’ty andro Sabotse, vaho niongake hamaky.
17 उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
Natolotse aze ty boke’ Isaia mpitoky; vinela’e i bokey, vaho nioni’e ao ty nisokirañe ty hoe:
18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्टिविहीनहरूलाई दृष्टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न,
Amako t’i Arofo’ Iehovà, Fa noriza’e hitsey i talili-soay amo rarakeo, Nafanto’e hikoike famotsorañe amo mpirohio, naho fampaha-isahañe amo feio, vaho fampidadàñe amo dinemokeo,
19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
hitsey ty taon-joba’ Iehovà.
20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्यो ।
Napele’ Iesoà amy zao i bokey le nahere’e amy mpamandroñey le niambesatse; vaho hene nitalatse aze ty fihaino o am-pitontonañeo.
21 उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”
Le hoe t’Iesoà tam’ iereo: Fa nihenek’ anindroany an-dravembia’ areo i Sokitse Masiñe zay.
22 उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस योसेफका छोरा होइनन् र?
Aa le sindre nitalily soa aze vaho nidaba amo tsara soa naakam-palie’eo, fe hoe iareo: Tsy ana’ Iosefe v’itoio?
23 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
Aa le hoe re tam’iereo: Va’e hatao’ areo amako ze oha-drehake zao: O mpanaha, afaho ty vata’o, vaho anò an-tane’o etoan-ka o raha jinanji’ay te nanoe’o e Kapernaomy añeo.
24 साँच्चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
Le tinovo’e ty hoe: Eka! to t’Itaroñako te tsy eo ty mpitoky to-saontsy an-tane’e ao;
25 तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
To ty volako ama’areo te: Maro ty vantotse e Israele ao tañandro’ i Elia, ie nagabeñe telo taoñe tsy enem-bolañe i likerañey vaho nandrambañe i Taney ty kerè;
26 तर एलियालाई अन्य कुनै व्यक्ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।
fe leo raik’ ama’e tsy nañirahañe i Elia naho tsy i rakemba vantotse nte Zarefata e Sidona añey.
27 अगमवक्ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।
Maro ka ty niazo’ ty angamàe e Israele ao tañandro’ i Elisa mpitoky, fe tsy ama’e ty nafahañe naho tsy i Namana nte-Sore.
28 जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।
Ie nahajanjiñe izay o am-pitontonañeo, le fonga nilifo-kabosehañe,
29 तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्न गरे ।
naho niongake nanafasiotse aze mb’ alafe’ i rovay añe, vaho nendese’ iereo mb’an-tevam-bohi’ i rovay mb’eo hampitsirikoàk’ aze an-kereretsak’ ao,
30 तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्नुभयो ।
f’ie nienga, niranga iareo mb’eo.
31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
Nizotso mb’e Kapernaomy, rova e Galilia añe re naho nañanatse amo Sabotseo.
32 तिनीहरू उहाँको शिक्षामा आश्चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।
Le nidaba iereo amy fañòha’ey amy te ninday lily o tsara’eo.
33 त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो,
Teo ty lahilahy am-pitontonañe ao nangara’ ty kokolampa, nitazataza
34 “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।”
ty hoe: Hete! Ino ty itraofan-tikañe, ry Iesoà nte Nazareta? Niavy hanjamañ’ anay v’ Iheo? Fantako irehe; Ihe i Masin’Añaharey.
35 येशूले दुष्टात्मालाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।
Trinevo’ Iesoà ami’ty hoe: Mamantsy, iakaro! Aa le nafetsa’ i kokolampay añivo eo re, vaho nifaok’ añe fe tsy nijoia’e.
36 सबै मानिसहरू अति आश्चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”
Fonga nilatsa, le hoe ty vesoveso’ iareo: Aa vaho akore i tsara zay t’ie aman-dily naho haozarañe ro mañendake kokolampa hifaoke.
37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।
Le niboele nanitsike i fariparitsey ty enge’e.
38 त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्नुभयो । सिमोनकी सासुलाई उच्च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे ।
Ie nienga i fitontonañey t’Iesoà, le nizilik’ añ’anjomba’ i Simona ao. Niremboremboe’ ty hamae-sandriñe ty rene’ i vali’ i Simonay le nihalalia’ iareo ty ama’e.
39 उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
Aa le nijohañe ambone’e eo re nitrevoke i hasilokey, vaho nisitak’amy rekambay zay; tsipaepae’e nitroatse re niatrake iareo.
40 साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्नुभयो र सबैलाई निको पार्नुभयो ।
Ie nimotak’àndro, le nendeseñe ze nanañe marare nisilofe’ndra inoñ’ inoñe mb’ ama’e mb’eo, naho songa nanampeza’e fitàñe vaho nampijangañe’e.
41 तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।
Niakatse ami’ty maro ka o kokolampao nikoiake ty hoe: Ihe i Norizañe, Anan’Añaharey! Le nendaha’e vaho nafanto’e tsy hivolañe amy te napota’ iareo t’ie i Norizañey.
42 जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्त जानबाट रोक्ने कोसिस गरे ।
Ie manjirik’ andro le nienga mb’ an-tane bangìñe mb’eo fe nitsoeha’ i lahialeñey, ie nomb’ ama’e mb’eo vaho ho nanjitse aze tsy hienga;
43 तर येशूले भन्नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।”
fe hoe re am’iereo: Tsy mahay tsy mitaroñe i Talili-soam-Pifehean’Añaharey an-drova ila’e ka iraho fa izay ty nañirahañ’ ahy.
44 त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।
Le nitaroñe amo fitontonañe e Galiliao re.