< लुका 20 >
1 येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्त्रीहरू येशूकहाँ आए ।
ཨཐཻཀདཱ ཡཱིཤུ རྨནིདརེ སུསཾཝཱདཾ པྲཙཱརཡན྄ ལོཀཱནུཔདིཤཏི, ཨེཏརྷི པྲདྷཱནཡཱཛཀཱ ཨདྷྱཱཔཀཱཿ པྲཱཉྩཤྩ ཏནྣིཀཊམཱགཏྱ པཔྲཙྪུཿ
2 तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”
ཀཡཱཛྙཡཱ ཏྭཾ ཀརྨྨཱཎྱེཏཱནི ཀརོཥི? ཀོ ཝཱ ཏྭཱམཱཛྙཱཔཡཏ྄? ཏདསྨཱན྄ ཝད།
3 उहाँले जवाफ दिएर भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु ।
ས པྲཏྱུཝཱཙ, ཏརྷི ཡུཥྨཱནཔི ཀཐཱམེཀཱཾ པྲྀཙྪཱམི ཏསྱོཏྟརཾ ཝདཏ།
4 यूहन्नाको बप्तिस्माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट?”
ཡོཧནོ མཛྫནམ྄ ཨཱིཤྭརསྱ མཱནུཥཱཎཱཾ ཝཱཛྙཱཏོ ཛཱཏཾ?
5 उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’
ཏཏསྟེ མིཐོ ཝིཝིཙྱ ཛགདུཿ, ཡདཱིཤྭརསྱ ཝདཱམསྟརྷི ཏཾ ཀུཏོ ན པྲཏྱཻཏ ས ཨིཏི ཝཀྵྱཏི།
6 तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने उनीहरूले यूहन्नालाई अगमवक्ता हो भनी विश्वास गरेका छन्’ ।”
ཡདི མནུཥྱསྱེཏི ཝདཱམསྟརྷི སཪྻྭེ ལོཀཱ ཨསྨཱན྄ པཱཥཱཎཻ རྷནིཥྱནྟི ཡཏོ ཡོཧན྄ བྷཝིཥྱདྭཱདཱིཏི སཪྻྭེ དྲྀཌྷཾ ཛཱནནྟི།
7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”
ཨཏཨེཝ ཏེ པྲཏྱཱུཙུཿ ཀསྱཱཛྙཡཱ ཛཱཏམ྄ ཨིཏི ཝཀྟུཾ ན ཤཀྣུམཿ།
8 येशूले तिनीहरूले भन्नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”
ཏདཱ ཡཱིཤུརཝདཏ྄ ཏརྷི ཀཡཱཛྙཡཱ ཀརྨྨཱཎྱེཏཱཏི ཀརོམཱིཏི ཙ ཡུཥྨཱན྄ ན ཝཀྵྱཱམི།
9 उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।
ཨཐ ལོཀཱནཱཾ སཱཀྵཱཏ྄ ས ཨིམཱཾ དྲྀཥྚཱནྟཀཐཱཾ ཝཀྟུམཱརེབྷེ, ཀཤྩིད྄ དྲཱཀྵཱཀྵེཏྲཾ ཀྲྀཏྭཱ ཏཏ྄ ཀྵེཏྲཾ ཀྲྀཥཱིཝལཱནཱཾ ཧསྟེཥུ སམརྤྱ བཧུཀཱལཱརྠཾ དཱུརདེཤཾ ཛགཱམ།
10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।
ཨཐ ཕལཀཱལེ ཕལཱནི གྲཧཱིཏུ ཀྲྀཥཱིཝལཱནཱཾ སམཱིཔེ དཱསཾ པྲཱཧིཎོཏ྄ ཀིནྟུ ཀྲྀཥཱིཝལཱསྟཾ པྲཧྲྀཏྱ རིཀྟཧསྟཾ ཝིསསརྫུཿ།
11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्जत गरी रित्तै हात पठाए ।
ཏཏཿ སོདྷིཔཏིཿ པུནརནྱཾ དཱསཾ པྲེཥཡཱམཱས, ཏེ ཏམཔི པྲཧྲྀཏྱ ཀུཝྱཝཧྲྀཏྱ རིཀྟཧསྟཾ ཝིསསྲྀཛུཿ།
12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए ।
ཏཏཿ ས ཏྲྀཏཱིཡཝཱརམ྄ ཨནྱཾ པྲཱཧིཎོཏ྄ ཏེ ཏམཔི ཀྵཏཱངྒཾ ཀྲྀཏྭཱ བཧི རྣིཙིཀྵིཔུཿ།
13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’
ཏདཱ ཀྵེཏྲཔཏི ཪྻིཙཱརཡཱམཱས, མམེདཱནཱིཾ ཀིཾ ཀརྟྟཝྱཾ? མམ པྲིཡེ པུཏྲེ པྲཧིཏེ ཏེ ཏམཝཤྱཾ དྲྀཥྚྭཱ སམཱདརིཥྱནྟེ།
14 तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’
ཀིནྟུ ཀྲྀཥཱིཝལཱསྟཾ ནིརཱིཀྵྱ པརསྤརཾ ཝིཝིཙྱ པྲོཙུཿ, ཨཡམུཏྟརཱདྷིཀཱརཱི ཨཱགཙྪཏཻནཾ ཧནྨསྟཏོདྷིཀཱརོསྨཱཀཾ བྷཝིཥྱཏི།
15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
ཏཏསྟེ ཏཾ ཀྵེཏྲཱད྄ བཧི རྣིཔཱཏྱ ཛགྷྣུསྟསྨཱཏ྄ ས ཀྵེཏྲཔཏིསྟཱན྄ པྲཏི ཀིཾ ཀརིཥྱཏི?
16 उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”
ས ཨཱགཏྱ ཏཱན྄ ཀྲྀཥཱིཝལཱན྄ ཧཏྭཱ པརེཥཱཾ ཧསྟེཥུ ཏཏྐྵེཏྲཾ སམརྤཡིཥྱཏི; ཨིཏི ཀཐཱཾ ཤྲུཏྭཱ ཏེ ྅ཝདན྄ ཨེཏཱདྲྀཤཱི གྷཊནཱ ན བྷཝཏུ།
17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “यो धर्मशास्त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो?’
ཀིནྟུ ཡཱིཤུསྟཱནཝལོཀྱ ཛགཱད, ཏརྷི, སྠཔཏཡཿ ཀརིཥྱནྟི གྲཱཝཱཎཾ ཡནྟུ ཏུཙྪཀཾ། པྲདྷཱནཔྲསྟརཿ ཀོཎེ ས ཨེཝ ཧི བྷཝིཥྱཏི། ཨེཏསྱ ཤཱསྟྲཱིཡཝཙནསྱ ཀིཾ ཏཱཏྤཪྻྱཾ?
18 त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।”
ཨཔརཾ ཏཏྤཱཥཱཎོཔརི ཡཿ པཏིཥྱཏི ས བྷཾཀྵྱཏེ ཀིནྟུ ཡསྱོཔརི ས པཱཥཱཎཿ པཏིཥྱཏི ས ཏེན དྷཱུལིཝཙ྄ ཙཱུརྞཱིབྷཝིཥྱཏི།
19 त्यसकारण, शास्त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भन्नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
སོསྨཱཀཾ ཝིརུདྡྷཾ དྲྀཥྚཱནྟམིམཾ ཀཐིཏཝཱན྄ ཨིཏི ཛྙཱཏྭཱ པྲདྷཱནཡཱཛཀཱ ཨདྷྱཱཔཀཱཤྩ ཏདཻཝ ཏཾ དྷརྟུཾ ཝཝཱཉྪུཿ ཀིནྟུ ལོཀེབྷྱོ བིབྷྱུཿ།
20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
ཨཏཨེཝ ཏཾ པྲཏི སཏརྐཱཿ སནྟཿ ཀཐཾ ཏདྭཱཀྱདོཥཾ དྷྲྀཏྭཱ ཏཾ དེཤཱདྷིཔསྱ སཱདྷུཝེཤདྷཱརིཎཤྩརཱན྄ ཏསྱ སམཱིཔེ པྲེཥཡཱམཱསུཿ།
21 उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न तर परमेश्वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।
ཏདཱ ཏེ ཏཾ པཔྲཙྪུཿ, ཧེ ཨུཔདེཤཀ བྷཝཱན྄ ཡཐཱརྠཾ ཀཐཡན྄ ཨུཔདིཤཏི, ཀམཔྱནཔེཀྵྱ སཏྱཏྭེནཻཤྭརཾ མཱརྒམུཔདིཤཏི, ཝཡམེཏཛྫཱནཱིམཿ།
22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”
ཀཻསརརཱཛཱཡ ཀརོསྨཱབྷི རྡེཡོ ན ཝཱ?
23 येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्नुभयो,
ས ཏེཥཱཾ ཝཉྩནཾ ཛྙཱཏྭཱཝདཏ྄ ཀུཏོ མཱཾ པརཱིཀྵདྷྭེ? མཱཾ མུདྲཱམེཀཾ དརྴཡཏ།
24 “मलाई एउटा सिक्का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ?” उनीहरूले भने, “कैसरको ।”
ཨིཧ ལིཁིཏཱ མཱུརྟིརིཡཾ ནཱམ ཙ ཀསྱ? ཏེ྅ཝདན྄ ཀཻསརསྱ།
25 उहाँले उनीहरूलाई भन्नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्वरको हो परमेश्वरलाई देओ ।”
ཏདཱ ས ཨུཝཱཙ, ཏརྷི ཀཻསརསྱ དྲཝྱཾ ཀཻསརཱཡ དཏྟ; ཨཱིཤྭརསྱ ཏུ དྲཝྱམཱིཤྭརཱཡ དཏྟ།
26 मानिसहरूको सामुन्ने उहाँले बोल्नुभएका कुरामा शास्त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्क परे र केही पनि भन्न सकेनन् ।
ཏསྨཱལློཀཱནཱཾ སཱཀྵཱཏ྄ ཏཏྐཐཱཡཱཿ ཀམཔི དོཥཾ དྷརྟུམཔྲཱཔྱ ཏེ ཏསྱོཏྟརཱད྄ ཨཱཤྩཪྻྱཾ མནྱམཱནཱ མཽནིནསྟསྠུཿ།
27 त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्ने सदूकीहरू उहाँकहाँ आए,
ཨཔརཉྩ ཤྨཤཱནཱདུཏྠཱནཱནངྒཱིཀཱརིཎཱཾ སིདཱུཀིནཱཾ ཀིཡནྟོ ཛནཱ ཨཱགཏྱ ཏཾ པཔྲཙྪུཿ,
28 र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ ।
ཧེ ཨུཔདེཤཀ ཤཱསྟྲེ མཱུསཱ ཨསྨཱན྄ པྲཏཱིཏི ལིལེཁ ཡསྱ བྷྲཱཏཱ བྷཱཪྻྱཱཡཱཾ སཏྱཱཾ ནིཿསནྟཱནོ མྲིཡཏེ ས ཏཛྫཱཡཱཾ ཝིཝཧྱ ཏདྭཾཤམ྄ ཨུཏྤཱདཡིཥྱཏི།
29 सात भाइ थिए । जेठोले एउटी पत्नी ल्यायो र निसन्तान मर्यो
ཏཐཱཙ ཀེཙིཏ྄ སཔྟ བྷྲཱཏར ཨཱསན྄ ཏེཥཱཾ ཛྱེཥྛོ བྷྲཱཏཱ ཝིཝཧྱ ནིརཔཏྱཿ པྲཱཎཱན྄ ཛཧཽ།
30 अनि माहिलाले पनि त्यसलाई विवाह गर्यो र निसन्तान मर्यो ।
ཨཐ དྭིཏཱིཡསྟསྱ ཛཱཡཱཾ ཝིཝཧྱ ནིརཔཏྱཿ སན྄ མམཱར། ཏྲྀཏཱིཡཤྩ ཏཱམེཝ ཝྱུཝཱཧ;
31 साहिँलाले पनि त्यसलाई विवाह गर्यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे ।
ཨིཏྠཾ སཔྟ བྷྲཱཏརསྟཱམེཝ ཝིཝཧྱ ནིརཔཏྱཱཿ སནྟོ མམྲུཿ།
32 पछिबाट त्यो स्त्री पनि मरी ।
ཤེཥེ སཱ སྟྲཱི ཙ མམཱར།
33 यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसकी पत्नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्नीको रूपमा लिएका थिए ।”
ཨཏཨེཝ ཤྨཤཱནཱདུཏྠཱནཀཱལེ ཏེཥཱཾ སཔྟཛནཱནཱཾ ཀསྱ སཱ བྷཱཪྻྱཱ བྷཝིཥྱཏི? ཡཏཿ སཱ ཏེཥཱཾ སཔྟཱནཱམེཝ བྷཱཪྻྱཱསཱིཏ྄།
34 येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् । (aiōn )
ཏདཱ ཡཱིཤུཿ པྲཏྱུཝཱཙ, ཨེཏསྱ ཛགཏོ ལོཀཱ ཝིཝཧནྟི ཝཱགྡཏྟཱཤྩ བྷཝནྟི (aiōn )
35 तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । (aiōn )
ཀིནྟུ ཡེ ཏཛྫགཏྤྲཱཔྟིཡོགྱཏྭེན གཎིཏཱཾ བྷཝིཥྱནྟི ཤྨཤཱནཱཙྩོཏྠཱསྱནྟི ཏེ ན ཝིཝཧནྟི ཝཱགྡཏྟཱཤྩ ན བྷཝནྟི, (aiōn )
36 तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्थानका सन्तान भएकाले परमेश्वरका सन्तान हुन् ।
ཏེ པུན རྣ མྲིཡནྟེ ཀིནྟུ ཤྨཤཱནཱདུཏྠཱཔིཏཱཿ སནྟ ཨཱིཤྭརསྱ སནྟཱནཱཿ སྭརྒཱིཡདཱུཏཱནཱཾ སདྲྀཤཱཤྩ བྷཝནྟི།
37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए ।
ཨདྷིཀནྟུ མཱུསཱཿ སྟམྦོཔཱཁྱཱནེ པརམེཤྭར ཨཱིབྲཱཧཱིམ ཨཱིཤྭར ཨིསྷཱཀ ཨཱིཤྭརོ ཡཱཀཱུབཤྩེཤྭར ཨིཏྱུཀྟྭཱ མྲྀཏཱནཱཾ ཤྨཤཱནཱད྄ ཨུཏྠཱནསྱ པྲམཱཎཾ ལིལེཁ།
38 उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”
ཨཏཨེཝ ཡ ཨཱིཤྭརཿ ས མྲྀཏཱནཱཾ པྲབྷུ རྣ ཀིནྟུ ཛཱིཝཏཱམེཝ པྲབྷུཿ, ཏནྣིཀཊེ སཪྻྭེ ཛཱིཝནྟཿ སནྟི།
39 अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।”
ཨིཏི ཤྲུཏྭཱ ཀིཡནྟོདྷྱཱཔཀཱ ཨཱུཙུཿ, ཧེ ཨུཔདེཤཀ བྷཝཱན྄ བྷདྲཾ པྲཏྱུཀྟཝཱན྄།
40 उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्न सोध्ने आँट गरेनन् ।
ཨིཏཿ པརཾ ཏཾ ཀིམཔི པྲཥྚཾ ཏེཥཱཾ པྲགལྦྷཏཱ ནཱབྷཱུཏ྄།
41 येशूले उनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्?
པཤྩཱཏ྄ ས ཏཱན྄ ཨུཝཱཙ, ཡཿ ཁྲཱིཥྚཿ ས དཱཡཱུདཿ སནྟཱན ཨེཏཱཾ ཀཐཱཾ ལོཀཱཿ ཀཐཾ ཀཐཡནྟི?
42 किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,
ཡཏཿ མམ པྲབྷུམིདཾ ཝཱཀྱམཝདཏ྄ པརམེཤྭརཿ། ཏཝ ཤཏྲཱུནཧཾ ཡཱཝཏ྄ པཱདཔཱིཋཾ ཀརོམི ན། ཏཱཝཏ྄ ཀཱལཾ མདཱིཡེ ཏྭཾ དཀྵཔཱརྴྭ ཨུཔཱཝིཤ།
43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’
ཨིཏི ཀཐཱཾ དཱཡཱུད྄ སྭཡཾ གཱིཏགྲནྠེ྅ཝདཏ྄།
44 यसकारण, दाऊदले ख्रीष्टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए?”
ཨཏཨེཝ ཡདི དཱཡཱུད྄ ཏཾ པྲབྷུཾ ཝདཏི, ཏརྷི ས ཀཐཾ ཏསྱ སནྟཱནོ བྷཝཏི?
45 सबै मानिसहरूले सुन्ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
པཤྩཱད྄ ཡཱིཤུཿ སཪྻྭཛནཱནཱཾ ཀརྞགོཙརེ ཤིཥྱཱནུཝཱཙ,
46 “शास्त्रीहरूदेखि होसियार रहो जो लामा वस्त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् ।
ཡེ྅དྷྱཱཔཀཱ དཱིརྒྷཔརིཙྪདཾ པརིདྷཱཡ བྷྲམནྟི, ཧཊྚཱཔཎཡོ རྣམསྐཱརེ བྷཛནགེཧསྱ པྲོཙྩཱསནེ བྷོཛནགྲྀཧསྱ པྲདྷཱནསྠཱནེ ཙ པྲཱིཡནྟེ
47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”
ཝིདྷཝཱནཱཾ སཪྻྭསྭཾ གྲསིཏྭཱ ཚལེན དཱིརྒྷཀཱལཾ པྲཱརྠཡནྟེ ཙ ཏེཥུ སཱཝདྷཱནཱ བྷཝཏ, ཏེཥཱམུགྲདཎྜོ བྷཝིཥྱཏི།