< लेवीहरू 4 >

1 परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो,
耶和华对摩西说:
2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘यदि परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कार्यहरू गरेर कसैले अजानमा पाप गर्छ, र यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने, तल भनिएझैँ गर्नू ।
“你晓谕以色列人说:若有人在耶和华所吩咐不可行的什么事上误犯了一件,
3 यदि मानिसहरूमा दोष ल्याउने गरी मुख्‍य पुजारीले पाप गर्दछ भने, आफूले गरेको पापको निम्ति त्यसले परमप्रभुको अगि पापबलिको रूपमा एउटा निष्‍खोट साँढे ल्याओस् ।
或是受膏的祭司犯罪,使百姓陷在罪里,就当为他所犯的罪把没有残疾的公牛犊献给耶和华为赎罪祭。
4 त्यसले त्यो साँढेलाई परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्, त्यसको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यस साँढेलाई परमप्रभुको अगि मारोस् ।
他要牵公牛到会幕门口,在耶和华面前按手在牛的头上,把牛宰于耶和华面前。
5 अभिषिक्‍त पुजारीले त्यस साँढेको रगत लिएर भेट हुने पालमा लगोस् ।
受膏的祭司要取些公牛的血带到会幕,
6 त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
把指头蘸于血中,在耶和华面前对着圣所的幔子弹血七次,
7 त्यसपछि पुजारीले परमप्रभुको अगि सुगन्धित धूपको वेदीमा भएका सिङहरूमा केही रगत लगाओस्, र त्यसले साँढेको बाँकी रगत भेट हुने पालको प्रवेशद्वारमा भएको वेदीको मुनि होमबलिको निम्ति खन्याओस् ।
又要把些血抹在会幕内、耶和华面前香坛的四角上,再把公牛所有的血倒在会幕门口、燔祭坛的脚那里。
8 पापबलिको साँढेको जम्मै बोसो, र भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै जोडिएको बोसो त्यसले झिकोस्,
要把赎罪祭公牛所有的脂油,乃是盖脏的脂油和脏上所有的脂油,
9 दुईवटा मृगौला र त्यसमा भएको बोसो, कम्मरमा भएको बोसो, र कलेजोको भागलाई त्यसले झिकोस् ।
并两个腰子和腰子上的脂油,就是靠腰两旁的脂油,与肝上的网子和腰子,一概取下,
10 मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।
与平安祭公牛上所取的一样;祭司要把这些烧在燔祭的坛上。
11 साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्‍टाहरू, भित्री भागहरू र त्यसको गोबर,
公牛的皮和所有的肉,并头、腿、脏、腑、粪,
12 र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।
就是全公牛,要搬到营外洁净之地、倒灰之所,用火烧在柴上。
13 यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,
“以色列全会众若行了耶和华所吩咐不可行的什么事,误犯了罪,是隐而未现、会众看不出来的,
14 तिनीहरूले गरेका पाप प्रकट भएपछि त्यस समुदायले पापबलिको निम्ति एउटा साँढे चढाओस् र त्यसलाई भेट हुने पालको अगाडि ल्याओस् ।
会众一知道所犯的罪就要献一只公牛犊为赎罪祭,牵到会幕前。
15 त्यस समुदायका एल्डरहरूले परमप्रभुको अगि त्यस साँढेको टाउकोमाथि आफ्ना हातहरू राखून्, र त्यसलाई परमप्रभुको अगि मारून् ।
会中的长老就要在耶和华面前按手在牛的头上,将牛在耶和华面前宰了。
16 अभिषिक्‍त पुजारीले साँढेको केही रगत भेट हुने पालमा ल्याओस्,
受膏的祭司要取些公牛的血带到会幕,
17 र पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस् ।
把指头蘸于血中,在耶和华面前对着幔子弹血七次,
18 परमप्रभुको सामु रहेको भेट हुने पालको वेदीमा त्यसले केही रगत खन्याओस्, र सबै रगत त्यसले भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमुनि होमबलिको निम्ति खन्याओस् ।
又要把些血抹在会幕内、耶和华面前坛的四角上,再把所有的血倒在会幕门口、燔祭坛的脚那里。
19 त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।
把牛所有的脂油都取下,烧在坛上;
20 त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
收拾这牛,与那赎罪祭的牛一样。祭司要为他们赎罪,他们必蒙赦免。
21 त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।
他要把牛搬到营外烧了,像烧头一个牛一样;这是会众的赎罪祭。
22 शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, र त्यो दोषी ठहरियो भने,
“官长若行了耶和华—他 神所吩咐不可行的什么事,误犯了罪,
23 त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्‍खोट बोको ल्याओस् ।
所犯的罪自己知道了,就要牵一只没有残疾的公山羊为供物,
24 त्यसले त्यस बोकोको टाउकोमाथि आफ्नो हात राखोस् र परमप्रभुको अगि होमबलिलाई मार्ने स्थानमा त्यसलाई मारोस् । यो पापबलि हो ।
按手在羊的头上,宰于耶和华面前、宰燔祭牲的地方;这是赎罪祭。
25 पुजारीले आफ्नो औँलाले पापबलिको रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र होमबलिको वेदीको फेदमा त्यसले त्यसको रगत खन्याओस् ।
祭司要用指头蘸些赎罪祭牲的血,抹在燔祭坛的四角上,把血倒在燔祭坛的脚那里。
26 मेलबलिको बोसोझैँ त्यसले जम्मै बोसो वेदीमा जलाओस् । त्यस शासकको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस शासकलाई क्षमा हुने छ ।
所有的脂油,祭司都要烧在坛上,正如平安祭的脂油一样。至于他的罪,祭司要为他赎了,他必蒙赦免。
27 यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,
“民中若有人行了耶和华所吩咐不可行的什么事,误犯了罪,
28 र त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा त्यसले आफ्नो दोष स्वीकार्छ भने, त्यसले आफूले गरेको पापको निम्ति एउटा निष्‍खोट बाख्री बलिको लागि ल्याओस् ।
所犯的罪自己知道了,就要为所犯的罪牵一只没有残疾的母山羊为供物,
29 त्यसले त्यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस् र होमबलिकै स्थानमा त्यस पापबलिलाई मारोस् ।
按手在赎罪祭牲的头上,在那宰燔祭牲的地方宰了。
30 पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् ।
祭司要用指头蘸些羊的血,抹在燔祭坛的四角上,所有的血都要倒在坛的脚那里,
31 मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् । परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र उसलाई क्षमा हुने छ ।
又要把羊所有的脂油都取下,正如取平安祭牲的脂油一样。祭司要在坛上焚烧,在耶和华面前作为馨香的祭,为他赎罪,他必蒙赦免。
32 यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्‍चा ल्याउँछ भने, त्यसले एउटा निष्‍खोट पाठी ल्याओस् ।
“人若牵一只绵羊羔为赎罪祭的供物,必要牵一只没有残疾的母羊,
33 त्यसले आफ्नो हात त्यस पापबलिको टाउकोमाथि राखोस् र होमबलिलाई मार्ने स्थानमा त्यसलाई पापबलिको निम्ति मारोस् ।
按手在赎罪祭牲的头上,在那宰燔祭牲的地方宰了作赎罪祭。
34 पुजारीले पापबलिको केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र त्यसको जम्मै रगत त्यसले वेदीको फेदमा खन्याओस् ।
祭司要用指头蘸些赎罪祭牲的血,抹在燔祭坛的四角上,所有的血都要倒在坛的脚那里,
35 मेलबलिको निम्ति चढाइएको भेडाको बच्‍चाको बोसोझैँ त्यसले जम्मै बोसो काटी झिकोस्, र पुजारीले परमप्रभुको वेदीमाथिको होमबलिमा त्यो जलाओस् । पुजारीले त्यस मानिसले गरेको पापको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
又要把所有的脂油都取下,正如取平安祭羊羔的脂油一样。祭司要按献给耶和华火祭的条例,烧在坛上。至于所犯的罪,祭司要为他赎了,他必蒙赦免。”

< लेवीहरू 4 >