< न्यायकर्ताहरू 9 >

1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने,
Siku moja Abimeleki mwana wa Yerub-Baali akaenda kwa ndugu ya mama yake huko Shekemu na kuwaambia yeye na ukoo wote wa mama yake,
2 “यो कुरा सोध्‍नुहोस् ताकि शकेमका सबै अगुवाहरूले सुन्‍न सकून्, ‘तपाईंहरूका निम्ति के असल हुन्‍छ, यरूब-बालका सबै सत्तरी जना छोराले तपाईंहरूमाथि शासन गरेको, कि एक जनाले मात्र शासन गरेको?’ म तपाईंहरूकै हाड र मासु हुँ भन्‍ने कुरा सम्झनुहोस् ।”
“Waulizeni watu wote wa Shekemu, ‘Lipi lililo bora kwenu: Kutawaliwa na wana wote sabini wa Yerub-Baali, au mtu mmoja peke yake?’ Kumbukeni kwamba, mimi ni mfupa wenu nyama yenu hasa.”
3 तिनकी आमाका नातेदारहरूले तिनको बारेमा शकेमका अगुवाहरूसँग कुरा गरे, र तिनीहरू अबीमेलेकको पछि लाग्‍न सहमत भए, किनकि तिनीहरूले भने, “उनी हाम्रै भाइ हुन् ।”
Ndugu za mama yake walipowaeleza watu wote wa Shekemu, wakaelekea kumkubali Abimeleki, kwa kuwa walisema, “Yeye ni ndugu yetu.”
4 उनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरीवटा सिक्‍का दिए र अबीमेलेकले ती सिक्‍काले हुर्दुङ्गे र साहसी मानिसहरू भाडामा लिए, जो तिनको पछि लागे ।
Wakampa shekeli sabini za fedha kutoka hekalu la Baal-Berithi, naye Abimeleki akaitumia kuajiri watu ovyo wasiojali, wakawa ndio wafuasi wake.
5 अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए, र तिनले एउटा ढुङ्गामा आफ्ना सत्तरी जना दाजुभाइ, यरूब-बालका छोराहरूलाई मारे । यरूब-बालका कान्छा छोरा, योताममात्र बाँकी रहे, किनभने उनी लुकेका थिए ।
Akaenda nyumbani kwa baba yake huko Ofra, na juu ya jiwe moja wakawaua ndugu zake sabini, ambao ni wana wa Yerub-Baali. Lakini Yothamu, mwana mdogo wa wote wa Yerub-Baali, akaokoka kwa kujificha.
6 शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठुलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए ।
Ndipo watu wote wa Shekemu na Beth-Milo wakakusanyika pamoja chini ya mti mkubwa wa mwaloni penye nguzo iliyoko Shekemu wakamvika Abimeleki taji kuwa mfalme.
7 जब योतमलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए । तिनले ठुलो सोरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून् ।
Yothamu alipoambiwa hayo, akapanda juu ya kilele cha mlima Gerizimu, akawapazia sauti yake akawaambia, “Nisikilizeni enyi watu wa Shekemu, ili Mungu naye apate kuwasikiliza ninyi.
8 एकपल्‍ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्‍य गर्नुहोस् ।’
Siku moja miti ilitoka ili kwenda kujitawazia mfalme. Ikauambia mzeituni, ‘Wewe uwe mfalme wetu.’
9 तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्‍मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’
“Lakini mzeituni ukaijibu, ‘Je, niache kutoa mafuta yangu ambayo kwake miungu na wanadamu huheshimiwa, ili nikawe juu ya miti?’
10 ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’
“Kisha miti ikauambia mtini, ‘Njoo na uwe mfalme wetu!’
11 तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’
“Lakini mtini ukaijibu, ‘Je, niache kutoa matunda yangu mazuri na matamu, ili niende nikawe juu ya miti?’
12 ती रूखहरूले दाखको बोटलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’
“Ndipo miti ikauambia mzabibu, ‘Njoo na uwe mfalme wetu.’
13 दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’
“Lakini mzabibu ukaijibu, ‘Je, niache kutoa divai yangu inayofurahisha miungu na wanadamu ili nikawe juu ya miti?’
14 अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’
“Mwishoni miti yote ikauambia mti wa miiba, ‘Njoo na uwe mfalme wetu.’
15 त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्‍चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस । होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस् ।’
“Nao mti wa miiba ukaijibu, ‘Kama kweli mnataka niwe mfalme wenu, basi njooni mpate kupumzika chini ya kivuli changu. Lakini kama sivyo, moto na utoke kwenye mti wa miiba ukateketeze mierezi ya Lebanoni!’
16 अब यसकारण, के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्यता र इमान्दारितामा काम गरेका छौ, र तिमिहरूले यरूब-बाल र उनका घरानालाई ठिक व्यवहार गरेका छौ, र उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने,
“Basi ikiwa mmetenda kwa uaminifu na heshima kumfanya Abimeleki kuwa mfalme, na kama mmetendea vyema Yerub-Baali na jamaa yake kama ilivyostahili:
17 र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने,
kwa kuwa baba yangu aliwapigania ninyi na kuhatarisha nafsi yake na kuwaokoa ninyi kutoka mikononi mwa Wamidiani
18 तर तिमीहरू त मेरा बुबाका घरानाका विरुद्धमा उठेका छौ र उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामा मारेका छौ । अनि तिमीहरूले उनकी कमारीको छोरो, अबीमेलेकलाई शकेमका अगुवाहरूमाथि राजा तुल्याएका छौ, किनभने त्यो तिमीहरूको नातेदार हो ।
(lakini leo mmeasi dhidi ya jamaa ya baba yangu, na kuwaua wanawe sabini juu ya jiwe moja, nanyi mkamfanya Abimeleki mwana wa mwanamke mtumwa kuwa mfalme juu ya Shekemu, kwa kuwa yeye ni ndugu yenu),
19 तिमीहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेका भए, तिमीहरू अबीमेलेकमा खुशी रहो, र ऊ पनि तिमीहरूसँग खुशी रहोस् ।
nanyi kama basi mmemtendea Yerub-Baali na jamaa yake kwa heshima na uaminifu, basi Abimeleki na awe furaha yenu, nanyi mwe furaha yake pia!
20 तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।”
Lakini kama sivyo, moto na utoke kwa Abimeleki na uwateketeze, ninyi watu wa Shekemu na Beth-Milo, nao moto utoke kwenu, watu wa Shekemu na Beth-Milo umteketeze Abimeleki!”
21 योताम भागेर बेअरमा गए । उनी त्यहाँ बसे किनभने त्यो ठाउँ उनको दाजु अबीमेलेकबाट धेरै टाढा थियो ।
Ndipo Yothamu akakimbia, akatoroka akaenda Beeri, akaishi huko, kwa sababu alimwogopa ndugu yake Abimeleki.
22 अबीमेलेकले इस्राएलमाथि तिन वर्षसम्‍म राज्य गरे ।
Baada ya Abimeleki kutawala Israeli kwa muda wa miaka mitatu,
23 परमेश्‍वरले अबीमेलेक र शकेमका अगुवाहरूबिच एउटा दुष्‍ट आत्मा पठाउनुभयो । शकेमका अगुवाहरूले अबीमेलेकप्रतिको विश्‍वासमा धोका दिए ।
Mungu akaruhusu roho mbaya kati ya Abimeleki na watu wa Shekemu, nao watu wa Shekemu wakamtendea Abimeleki kwa hila.
24 यरूब-बालका सत्तरी जना छोराको हत्याको बदलास्वरूप, र तिनीहरूका हत्याको निम्ति तिनीहरूका भाइ अबीमेलेक दोषी होस्, र तिनीहरूलाई मार्नको निम्ति शकेमका मानिसहरूले उनलाई सहायता गरेका हुनाले तिनीहरू दोषी होऊन् भनेर परमेश्‍वरले यस्तो गर्नुभयो ।
Hili lilitokea ili ule ukatili waliotendewa hao wana sabini wa Yerub-Baali upatilizwe, na damu yao iwe juu ya Abimeleki ndugu yao aliyewaua, na pia iwe juu ya watu wa Shekemu, ambao walimsaidia kuua ndugu zake.
25 यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे, र त्यो बाटो भएर हिंड्ने सबैलाई तिनीहरूले लुटे । यस बारेमा अबीमेलेकलाई भनियो ।
Hivyo, kutokana na uadui juu yake watu wa Shekemu wakaweka watu wa kumvizia katika vilele vya milima. Wakawanyangʼanya watu wote waliopita karibu nao, nayo haya yakaarifiwa kwa Abimeleki.
26 एबेदका छोरा गाल आफ्ना नातेदारहरूसँग आए र तिनीहरू शकेममा गए । शकेमका अगुवाहरूले तिनीमाथि भरोसा गर्थे ।
Basi Gaali mwana wa Ebedi akaenda pamoja na ndugu zake wakaingia Shekemu, nao watu wa huko wakamtumainia yeye.
27 तिनीहरू बाहिर खेतमा गए र दाखका बोटहरूबाट दाखहरू बटुले, र तिनीहरूलाई कुल्चे । आफ्‍ना देवताहरूका मन्‍दिरमा तिनीहरूले एउटा चाड मनाए, र त्यहाँ तिनीहरूले खाए र पिए, र तिनीहरूले अबीमेलेकलाई सरापे ।
Wakaenda mashambani mwao kuvuna zabibu na kuzisindika hizo zabibu, wakafanya sikukuu katika hekalu la mungu wao. Wakati wakila na kunywa, wakamlaani Abimeleki.
28 एबेदका छोरा गालले भने, “अबीमेलेक को हो, र शकेम को हो, कि हामीले त्यसको सेवा गर्नुपर्ने? के त्यो यरूब-बालको छोरा होइन? के जबूल त्यसको अधिकारी होइन? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने?
Gaali mwana wa Ebedi akasema, “Abimeleki ni nani, na Shekemu ni nani, hata tumtumikie? Je, yeye si mwana wa Yerub-Baali? Naye Zebuli si ndiye msaidizi wake? Basi watumikieni watu wa Hamori, babaye Shekemu. Kwa nini tumtumikie Abimeleki?
29 यी मानिसहरू मेरो कमाण्‍डमा भएदेखि म अबीमेलेकलाई हटाइदिनेथिएँ । मैले अबीमेलेकलाई भन्‍नेथिएँ, ‘तेरो सबै सेनालाई बाहिर बोला ।’”
Laiti watu hawa wangekuwa chini ya amri yangu! Basi mimi ningemwondoa huyo Abimeleki. Ningemwambia Abimeleki, ‘Ondoa jeshi lako lote.’”
30 जब सहरका अधिकारी जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी रिसले चूर भए ।
Zebuli aliyekuwa mtawala wa mji aliposikia aliyosema Gaali mwana wa Ebedi, akakasirika sana.
31 तिनले धोका दिने उद्देश्यले अबीमेलेककहाँ दूतकहरू पठाए, र यसो भन्‍न लगाए, “हेर्नुहोस्, एबेदका छोरा गाल र तिनका नातेदारहरू शकेममा आउँदैछन्, र तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन् ।
Akatuma ujumbe uende kwa Abimeleki kwa siri na kusema, “Gaali mwana wa Ebedi na ndugu zake wamekuja Shekemu, na wanauchochea mji huu kinyume chako.
32 अब, तपाईं र तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस्, र मैदानमा आक्रमण गर्नलाई तयार बस्‍नुहोस् ।
Sasa, basi, usiku huu wewe uondoke na watu wako ili mje kuwavizia mashambani.
33 अनि बिहान, घाम उदाउने बित्तिकै, उठ्नुहोस् र सहरमा आक्रमण गर्नुहोस् । जब तिनी र तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन्, तब तिनीहरूलाई के गर्नुपर्छ त्यो गर्नुहोस् ।”
Kisha asubuhi wakati wa kuchomoza jua, amka mapema na ujipange dhidi ya huo mji. Wakati yeye na jeshi lililo pamoja naye watakapotoka kukabiliana nanyi, mwaweza kuwatendea kwa kadiri mnavyoweza.”
34 यसैकारण अबीमेलेक, र उनीसँग भएका सबै मानिस रातको समयमा उठे, र शकेमलाई आक्रमण गर्नको निम्ति चार समुहमा विभाजित भई ढुकेर बसे ।
Kwa hiyo Abimeleki pamoja na jeshi lake lote wakaondoka usiku na kujificha karibu na Shekemu wakiwa vikosi vinne.
35 एबेदका छोरा गाल बाहिर निस्के र सहरको ढोकामा खडा भए । अबीमेलेक र उनीसँग भएका मानिसहरू तिनीहरू लुकिरहेका ठाउँबाट बाहिर निस्के ।
Basi Gaali mwana wa Ebedi alikuwa ametoka nje akawa amesimama katika ingilio la mji wakati ule ule ambao Abimeleki na watu wake walipokuwa wanatoka sehemu zao za maficho.
36 जब गालले मानिसहरूलाई देखे, उनले जबूललाई भने, “हेर, मानिसहरू डाँडाका चुचुराबाट तल आउँदैछन्!” जबूलले तिनलाई भने, “तिमीले जे देख्दैछौ त्यो मानिसहरूजस्ता डाँडाका छाया हुन् ।”
Gaali alipowaona, akamwambia Zebuli, “Tazama, watu wanashuka kutoka kwenye vilele vya milima!” Zebuli akajibu, “Wewe unaona vivuli vya milima kana kwamba ni watu.”
37 गालले फेरि बोले र यसो भने, “हेर, मानिसहरू तल मैदानको बिचमा आइरहेका छन् र एउटा समुहचाहिं जोखना हेर्नेको रूखको बाटो हुँदै आउँदैछ ।”
Lakini Gaali akasema tena, “Tazama, watu wanashuka kutoka katikati ya nchi na kikosi kimoja kinakuja kutoka Tabur-Ezeri na kikosi kingine kutoka upande wa Elon-Meonenimu.”
38 अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्? तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?’ तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड ।”
Ndipo Zebuli akamwambia, “Kuko wapi kujivuna kwako sasa, wewe uliyesema, ‘Huyo Abimeleki ni nani hata tumtumikie?’ Hawa si wale watu uliowadharau? Toka nje sasa ukapigane nao!”
39 गाल बाहिर निस्के र तिनी शकेमका मानिसहरूका अगि-अगि गए, र तिनले अबीमेलेकसँग युद्ध लडे ।
Basi Gaali akatoka akawaongoza watu wa Shekemu kupigana na Abimeleki.
40 अबीमेलेकले तिनलाई खेदे र गाल तिनको सामुबाट भागे । सहरको ढोकामा धेरै जना घाइते भएर मरे ।
Abimeleki akamfukuza, watu wengi wakajeruhiwa katika kukimbia huko, njia nzima hadi kwenye ingilio la lango.
41 अबीमेलेक अरूमाहमा बसे । जबूलले गाल र तिनका नातेदारहरूललाई शकेमबाट बाहिर निकाले ।
Abimeleki akakaa Aruma, naye Zebuli akawafukuza Gaali na ndugu zake watoke Shekemu.
42 अर्को दिन शकेमका मानिसहरू मैदानमा निस्के, र यस कुराको जानकारी अबीमेलेकलाई दिइयो ।
Kesho yake watu wa Shekemu wakatoka wakaenda mashambani, Abimeleki akaambiwa juu ya jambo hili.
43 तिनले आफ्ना मानिसहरू लिए, उनीहरूलाई तिन समुहमा बाँडे, र तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे । उनले हेरे र सहरबाट मानिसहरू बाहिर आइरहेका देखे, र उनले आक्रमण गरे र तिनीहरूलाई मारे ।
Hivyo akawachukua watu wake, akawagawanya katika vikosi vitatu na kuwaweka waviziao huko mashambani. Alipowaona watu wanatoka kwenda nje ya mji, akainuka dhidi yao na kuwashambulia.
44 अबीमेलेक र उनीसँग भएका समुहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए । अरू दुई समुहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे र तिनीहरूलाई मारे ।
Abimeleki pamoja na vile vikosi wakaharakisha kwenda mbele kwenye nafasi, mahali pa ingilio la lango la mji. Vile vikosi viwili vikawawahi wale waliokuwa mashambani na kuwaua.
45 अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे । तिनले त्यो सहरमाथि कब्जा गरे, र त्यहाँ भएका मानिसहरूलाई मारे । तिनले सहरका पर्खालहरूलाई भत्काइदिए र त्यसमाथि नून छरिदिए ।
Siku hiyo nzima Abimeleki akazidisha mashambulizi yake dhidi ya mji hadi akawa ameuteka na kuwaua watu wa huo mji. Kisha akauangamiza mji na kusambaza chumvi juu yake.
46 शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने, तब तिनीहरू एल-बरीतको मन्‍दिरको किल्‍लामा प्रवेश गरे ।
Kwa kusikia jambo hili watu wote katika mnara wa Shekemu, wakaingia kwenye ngome ya hekalu la El-Berithi.
47 सबै अगुवाहरू शकेमको किल्लामा भेला भएका छन् भनेर अबीमेलेकलाई बताइयो ।
Abimeleki aliposikia kuwa wamekusanyika huko,
48 अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए । अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे । तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्यसै गर ।”
yeye na watu wake wote wakakwea kwenye Mlima Salmoni. Abimeleki akachukua shoka, akakata baadhi ya matawi, ambayo aliyachukua mabegani. Akawaagiza wale watu waliokuwa pamoja naye kuwa, “Fanyeni kile mlichoona mimi nikifanya!”
49 यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे ।
Basi watu wote wakakata matawi na kumfuata Abimeleki. Wakayakusanya hayo matawi juu ya ngome na kuitia moto ili kuwachoma wale watu wote waliokuwa ndani yake. Hivyo watu wote katika mnara wa Shekemu, karibia watu 1,000 waume kwa wake, pia wakafa.
50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र उनले तेबेसको विरूद्ध छाउनी हाले र त्यसलाई कब्जा गरे ।
Baadaye Abimeleki akaenda Thebesi na kuuzingira kwa jeshi na kuuteka.
51 तर त्यस सहरमा एउटा बलियो किल्ला थियो, अनि त्यस सहरका सबै पुरुष र स्‍त्री र सबै अगुवाहरू त्यहाँ भागेर भित्रबाट ढोका थुने । तब तिनीहरू त्यस किल्लाको टुप्पोमा गए ।
Hata hivyo, ndani ya huo mji kulikuwa na mnara imara, ambako watu wote wa mji wanaume na wanawake, watu wote wa mji, walikimbilia ndani yake. Wakajifungia ndani yake na kupanda juu ya paa la mnara.
52 अबीमेलेक त्‍यो किल्लामा आए र त्यसको विरुद्ध लडे, र त्यस किल्लालाई जलाउन भनेर तिनी त्यसको ढोकानजिक आइपुगे ।
Abimeleki akaja kwenye ule mnara na kuushambulia, lakini alipokaribia kwenye ingilio la mnara ili kuuchoma kwa moto,
53 तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो ।
mwanamke mmoja akaangusha sehemu ya juu ya jiwe la kusagia juu ya kichwa cha Abimeleki, likapasua fuvu la kichwa chake.
54 त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।
Akamwita kwa haraka kijana yule aliyechukua silaha zake, na kumwambia, “Chukua upanga wako na uniue, watu wasije wakasema kwamba, ‘Mwanamke amemuua.’” Basi yule kijana akamchoma upanga, naye akafa.
55 जब इस्राएलका मानिसहरूले अबीमेलेक मरेको देखे, तिनीहरू घर फर्के ।
Waisraeli walipoona kuwa Abimeleki amekufa, kila mtu akaenda nyumbani kwake.
56 यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्‍टताको बदला लिनुभयो ।
Hivyo ndivyo Mungu alivyolipiza uovu ule ambao Abimeleki alikuwa ameutenda kwa baba yake kwa kuwaua ndugu zake sabini.
57 परमेश्‍वरले शकेमका मानिसहरूका दुष्‍टतालाई तिनीहरूकै टाउकोमा खन्याइदिनुभयो र तिनीहरूमाथि यरूब-बालका छोरा योतामको सराप पर्‍यो ।
Mungu akawapatiliza watu wa Shekemu uovu wao juu ya vichwa vyao, na juu yao ikaja laana ya Yothamu mwana wa Yerub-Baali.

< न्यायकर्ताहरू 9 >