< न्यायकर्ताहरू 15 >
1 केही दिनपछि, गहुँ कटनीको समयमा, शिमशोनले एउटा पाठो लिए र आफ्नी पत्नीलाई भेट्न गए । तिनले मनमनै भने, “म मेरी पत्नीको कोठामा जानेछु ।” तर उनका बुबाले तिनलाई भित्र जान दिएनन् ।
Mas depois de um tempo, na época da colheita do trigo, Samson visitou sua esposa com um cabrito jovem. Ele disse: “Vou para o quarto da minha esposa”. Mas seu pai não permitiria que ele entrasse.
2 उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”
O pai dela disse: “Eu certamente pensava que você a odiava totalmente; por isso a entreguei ao seu companheiro”. Sua irmã mais nova não é mais bonita do que ela? Por favor, leve-a no lugar dela”.
3 शिमशोनले तिनीहरूलाई भने, “यसपल्ट मैले पलिश्तीहरूलाई चोट दिंदा म निर्दोष हुनेछु ।”
Sansão disse a eles: “Desta vez serei irrepreensível no caso dos filisteus quando os prejudicar”.
4 शिमशोन गए र तिन सयवटा स्यालहरू समाते र हरेकलाई दुई-दुईचटा गरेर पुच्छर-पुच्छर बाँधिदिए । तब तिनले राँको लिएर हरेक जोडीको पुच्छरको बिचमा राखे ।
Sansão foi e pegou trezentas raposas, pegou tochas, virou cauda a cauda, e colocou uma tocha no meio entre cada duas caudas.
5 जब तिनले राँकाहरूमा आगो सल्काए, तब तिनले स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्नमा छोडिदिए, र तिनीहरूले जम्मा गरेर राखिएका अन्न र खेतमा पाकेका अन्न दुवैमा, दाखवारीहरू र जैतूनका बगैंचाहरूलाई डढाए ।
Quando ele pegou fogo às tochas, deixou-as ir para o grão em pé dos filisteus e queimou tanto os choques como o grão em pé, e também os olivais.
6 पलिश्तीहरूले सोधे, “यो कसले गर्यो?” तिनीहरूलाई भनियो, “तिम्नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्नाका मानिसहरूले शिमशोनकी पत्नीलाई लिए र तिनको साथमा बसेको मित्रलाई दिए ।” त्यसपछि पलिश्तीहरू गएर त्यस स्त्री र त्यसका बुबालाई जलाइदिए ।
Então os filisteus disseram: “Quem fez isso?” Eles disseram: “Sansão, o genro do Timnite, porque ele levou sua esposa e a entregou ao seu companheiro”. Os filisteus apareceram e queimaram-na e ao pai dela com fogo.
7 शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूको व्यवहार यस्तै हो भने, म तिमीहरूका विरुद्ध बदला लिनेछु, र त्यसो गरेपछि मात्र म रोकिनेछु ।”
Samson disse a eles: “Se vocês se comportarem assim, certamente me vingarei de vocês e, depois disso, cessarei”.
8 तब तिनले उनीहरूलाई कम्मर र जाँघबाट टुक्रा-टुक्रा गरी काटे र धेरैको हत्या गरे । त्यसपछि उनी तल गए र एतामको चट्टानको गुफामा बसे ।
Ele bateu-lhes no quadril e na coxa com uma grande matança; e desceu e viveu na caverna na rocha de Etam.
9 त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।
Então os filisteus subiram, acamparam em Judá, e se espalharam em Lehi.
10 तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्यसलाई त्यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”
Os homens de Judah disseram: “Por que você se deparou conosco?” Eles disseram: “Nós viemos para amarrar Sansão, para fazer com ele como ele fez conosco”.
11 तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”
Então três mil homens de Judá desceram à caverna na rocha de Etam e disseram a Sansão: “Você não sabe que os filisteus são os governantes sobre nós? Então o que é isso que vocês nos fizeram?” Ele lhes disse: “Como eles fizeram comigo, assim eu fiz com eles”.
12 तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”
Disseram-lhe: “Descemos para amarrá-lo, para que o entreguemos na mão dos filisteus”. Sansão disse-lhes: “Jurem-me que vocês mesmos não me atacarão”.
13 तिनीहरूले तिनलाई भने, “हामी तिमीलाई केवल डोरीले बाँध्नेछौं र तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौं । हामी यो प्रतिज्ञा गर्छौं, कि हामी तिमीलाई मार्नेछैनौं ।” यसैले तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र त्यस चट्टानबाट माथि ल्याए ।
Eles falaram com ele, dizendo: “Não, mas nós o amarraremos com segurança e o entregaremos em suas mãos; mas certamente não o mataremos”. Amarraram-no com duas novas cordas e o trouxeram da rocha.
14 जब तिनी लहीमा आए, पलिश्तीहरूले तिनलाई भेट्नेवित्तिकै ठुलो सोरमा कराउँदै आए । अनि परमप्रभुका आत्मा शक्तिको साथमा उनीमाथि आउनुभयो । तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैं भए, र तिनीहरू तिनका हातबाट झरे ।
Quando ele chegou a Lehi, os filisteus gritaram quando o conheceram. Então o Espírito de Yahweh veio poderosamente sobre ele, e as cordas que estavam em seus braços se tornaram como linho que foi queimado com fogo; e suas faixas caíram de suas mãos.
15 शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।
Ele encontrou uma mandíbula fresca de um burro, estendeu sua mão, pegou-a e bateu em mil homens com ela.
16 शिमशोनले भने, “एउटा गधाको बङ्गारोले रासमाथि रास पारें ।” एउटा गधाको बङ्गारोले मैले एक हजार जना मानिसलाई मारें ।”
Sansão disse: “Com a mandíbula de um burro, montões em montões; com a mandíbula de um burro, bati em mil homens”.
17 जब शिमशोनले बोलिसके, तब तिनले त्यो बङ्गारोलाई फालिदिए, र तिनले त्यस ठाउँलाई रामत-लही नाउँ राखे ।
Quando terminou de falar, ele atirou a mandíbula da mão; e aquele lugar se chamava Ramath Lehi.
18 शिमशोन धेरै तिर्खाए र परमप्रभुलाई पुकारा गरे र भने, “तपाईंले आफ्नो दासलाई यो महान् विजय दिनुभएको छ । तर के अब म तिर्खाले मर्ने, अनि खतना नभएका मानिसहरूका हातमा पर्नेछु?”
Ele estava muito sedento, chamou Javé e disse: “Você deu esta grande libertação pela mão de seu servo; e agora morrerei de sede e cairei nas mãos dos incircuncisos”...
19 परमेश्वरले लहीमा भएको खाल्डोलाई चिरिदिनुभयो र त्यहाँबाट पानी निस्कियो । जब तिनले पानी पिए, तब तिनको शक्ति फर्कियो र तिनी ताजा भए । यसैले तिनले त्यस ठाउँको नाउँ एन-हक्कोरे राखे, र आजको दिनसम्मै त्यो लहीमा छ ।
Mas Deus dividiu o lugar oco que está em Lehi, e a água saiu dele. Quando ele tinha bebido, seu espírito veio novamente, e ele reviveu. Portanto, seu nome era En Hakkore, que está em Lehi, até os dias de hoje.
20 शिमशोनले पलिश्तीहरूको समयमा इस्राएलमा बिस वर्ष न्याय गरे ।
Ele julgou Israel durante vinte anos nos dias dos filisteus.