< यहोशू 8 >
1 परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा; निरुत्साहित नहो । युद्ध गर्ने सबै मानिसलाई तँसँगै लैजा । ऐमा जा । हेर्, मैले ऐका राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको भूमिलाई तेरो हातमा दिएको छु ।
And the Lord said to Josue: Fear not, nor be thou dismayed: take with thee all the multitude of fighting men, arise and go up to the town of Hai. Behold I have delivered into thy hand the king thereof, and the people, and the city, and the land.
2 तैँले ऐ र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्नू ।
And thou shalt do to the city of Hai, and to the king thereof, as thou hast done to Jericho, and to the king thereof: but the spoils and all the cattle you shall take for a prey to yourselves: lay an ambush for the city behind it.
3 त्यसैले यहोशू उठे र तिनीसँग भएका युद्ध गर्ने सबै मानिसलाई लिए । त्यसपछि यहोशूले बलियो र सहासी तिस हजार मानिस चुनी तिनीहरूलाई राति नै पठाए ।
And Josue arose, and all the army of the fighting men with him, to go up against Hai: and he sent thirty thousand chosen valiant men in the night,
4 तिनले तिनीहरूलाई आज्ञा गरे, “हेर, तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्ने छौ । सहरभन्दा धेरै टाढा नजाओ, तर तिमीहरू सबै तयार होओ ।
And commanded them, saying: Lay an ambush behind the city: and go not very far from it: and be ye all ready.
5 म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्ने छौँ ।
But I and the rest of the multitude which is with me; will approach on the contrary side against the city. And when they shall come out against us, we will flee, and turn our backs, as we did before:
6 हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्ने छौँ ।
Till they pursuing us be drawn farther from the city: for they will think that we flee as before.
7 त्यसपछि तिमीहरू आ-आफ्नो लुक्ने ठाउँबाट निस्केर आउने छौ, र तिमीहरूले सहरलाई कब्जा गर्ने छौ । परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई तिमीहरूको हातमा दिनुहुने छ ।
And whilst we are fleeing, and they pursuing, you shall arise out of the ambush, and shall destroy the city: and the Lord your God will deliver it into our hands.
8 जब तिमीहरूले सहर कब्जा गर्छौ, तिमीहरूले यसलाई आगोले जलाइदिनू । परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ । हेर, मैले तिमीहरूलाई आज्ञा गरेको छु ।
And when you shall have taken it, set it on fire, and you shall do all things so as I have commanded.
9 यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू लुक्ने ठाउँतिर गएर तिनीहरू ऐको पश्चिमपट्टि बेथेल र ऐको बिचमा लुके ।
And he sent them away, and they went on to the place of the ambush, and abode between Bethel and Hai, on the west side of the city of Hai. But Josue stayed that night in the midst of the people,
10 यहोशू बिहान सबेरै उठे र तिनका सिपाहीहरूलाई तयार पारे । योहोशू र इस्राएलका धर्म-गुरुहरूले ऐका मानिसहरूलाई आक्रमण गरे ।
And rising early in the morning, he mustered his soldiers, and went up with the ancients in the front of the army environed with the aid of the fighting men.
11 तिनीसँग भएका लड्ने मानिसहरू गए र सहरको नजिक पुगे । तिनीहरू सहरको नजिक आइपुगे र ऐको उत्तरतिर छाउनी हाले । ऐ र तिनीहरू बिचमा एउटा बेँसी थियो ।
And when they were come, and were gone up over against the city, they stood on the north side of the city, between which and them there was a valley in the midst.
12 तिनले झण्डै पाँच हजार जना मानिस लिए र सहरको पश्चिमपट्टि बेथेल र ऐको बिचमा लुक्न पठाए ।
And he had chosen five thousand men, and set them to lie in ambush between Bethel and Hai, on the west side of the same city:
13 तिनीहरूले मुख्य फौजलाई सहरको उत्तरतिर र पछाडितिरको सुरक्षाकर्मीहरूलाई पश्चिमपट्टि गरी सबै सिपाहीलाई तैनाथ गरे । त्यस रात यहोशूले बेँसीमा नै रात बिताए ।
But all the rest of the army went in battle array on the north side, so that the last of that multitude reached to the west side of the city. So Josue went that night, and stood in the midst of the valley.
14 जब ऐका राजाले यो देखे, तिनी र तिनका फौज बिहान सबेरै उठे र माथिबाट यर्दन नदीलाई देख्ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के । लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्ने तिनलाई थाहा थिएन ।
And when the king of Hai saw this, he made haste in the morning, and went out with all the army of the city, and set it in battle array toward the desert, not knowing that there lay an ambush behind his back.
15 यहोशू र सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए र तिनीहरू मरुभूमितिर भागे ।
But Josue, and all Israel gave back, making as if they were afraid, and fleeing by the way of the wilderness.
16 सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो ।
But they shouting together, and encouraging one another, pursued them. And when they were come from the city,
17 इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।
And not one remained in the city of Hai and of Bethel, that did not pursue after Israel, leaving the towns open as they had rushed out,
18 परमप्रभुले यहोशूलाई भन्नुभयो, “तेरो हातमा भएको भालालाई ऐतिर पसार, किनभने म ऐलाई तेरो हातम दिने छु ।” यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे ।
The Lord said to Josue: Lift up the shield that is in thy hand, towards the city of Hai, for I will deliver it to thee.
19 तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार-हतार निस्के । तिनीहरू दौडे र सहरभित्र पसी यसलाई कब्जा गरे । तिनीहरूले सहरलाई आगो लगाइदिए ।
And when he had lifted up his shield towards the city, the ambush that lay hid, rose up immediately: and going to the city, took it and set it on fire.
20 ऐका मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए ।
And the men of the city, that pursued after Josue, looking back and seeing the smoke of the city rise up to heaven, had no more power to flee this way or that way: especially as they that had counterfeited flight, and were going toward the wilderness, turned back most valiantly against them that pursued.
21 जब यहोशू र सारा इस्राएलले धूवाँको मुस्लोसँगै सहर कब्जा गरेको देखे, तिनीहरू फर्के र ऐका मानिसहरूलाई मारे ।
So Josue and all Israel seeing that the city was taken, and that the smoke of the city rose up, returned and slew the men of Hai.
22 सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् ।
And they also that had taken and set the city on fire, issuing out of the city to meet their own men, began to cut off the enemies who were surrounded by them. So that the enemies being cut off on both sides, not one of so great a multitude was saved.
23 तिनीहरूले ऐका राजालाई सुरक्षित राखे, जसलाई तिनीहरूले जीवितै समातेका थिए र तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए ।
And they took the king of the city of Hai alive, and brought him to Josue.
24 जब इस्राएलले मरुभूमि नजिकैको मैदानमा ऐका बासिन्दाहरू सबैलाई मारिसिद्ध्याए, जहाँ उनीहरूले तिनीहरूको पिछा गरेका थिए र तिनीहरू सबै तरवारद्वारा मारिए, तब सबै इस्राएल ऐतिर फर्के । तिनीहरूले यसलाई तरवारले आक्रमण गरे ।
So all being slain that had pursued after Israel in his flight to the wilderness, and tailing by the sword in the same place, the children of Israel returned and laid waste the city.
25 त्यस दिन मरेका पुरुष र महिला बाह्र हजार जना थिए । ऐका सबै मानिस यति नै थिए ।
And the number of them that fell that day, both of men and women, was twelve thousand persons all of the city of Hai.
26 यहोशूले ऐका मानिसहरू सबैलाई पूर्ण रूपमा नष्ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् ।
But Josue drew not back his hand, which he had stretched out on high, holding the shield, till all the inhabitants of Hai were slain.
27 परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए ।
And the children of Israel divided among them the cattle and the prey of the city, as the Lord had commanded Josue.
28 यहोशूले ऐलाई जलाए र यसलाई भग्नावशेषको थुप्रोमा परिणत गरिदिए । यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको छ ।
And he burned the city, and made it a heap for ever:
29 तिनले ऐका राजालाई साँझसम्मै रुखमा झुण्ड्याए । जब सूर्य अस्ताउँदै थियो, यहोशूले आज्ञा दिए र तिनीहरूले राजाको शरीरलाई रुखबाट निकाले र यसलाई सहरको प्रवेशद्वारअगि फ्याँके । तिनीहरूले यसमाथि ढङ्गाको ठुलो थुप्रो लगाए । त्यहाँ त्यो थुप्रो आजसम्म पनि छ ।
And he hung the king thereof on a gibbet until the evening and the going down of the sun. Then Josue commanded, and they took down his carcass from the gibbet: and threw it in the very entrance of the city, heaping upon it a great heap of stones, which remaineth until this present day.
30 त्यसपछि यहोशूले परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई
Then Josue built an altar to the Lord the God of Israel in mount Hebal,
31 आज्ञा गरेअनुसार परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एबाल डाँडामाथि एउटा वेदी बनाए, जस्तो मोशाको व्यवस्थाको पुस्तकमा लेखिएको छः “नकाटेका ढुङ्गाहरूबाट बनाइएको एउटा वेदी, जसमाथि कसैले पनि फलामको हतियार चलाएको छैन ।” तिनले वेदीमाथि परमप्रभुको होमबलि चढाए र तिनीहरूले मेलबलि चढाए ।
As Moses the servant of the Lord had commanded the children of Israel, and it is written in the book of the law of Moses: an altar of unhewn stones which iron had not touched: and he offered upon it holocausts to the Lord, and immolated victims of peace offerings.
32 त्यहाँ तिनले इस्राएलका मानिसहरूको सामु मोशाको व्यवस्थाको प्रतिलिपी ढुङ्गाहरूमा लेखे ।
And he wrote upon stones the Deuteronomy of the law of Moses, which he had ordered before the children of Israel.
33 स्वदेशी र विदेशी सारा इस्राएल, तिनीहरूका धर्म-गुरुहरू, अधिकृतहरू र तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्ने लेवीहरू र पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए । तिनीहरूको आधा भाग गीरीज्जीम डाँडाको अगि र अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए । परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए ।
And all the people, and the ancients, and the princes and judges stood on both sides of the ark, before the priests that carried the ark of the covenant of the Lord, both the stranger and he that was born among them, half of them by mount Garizim, and half by mount Hebal, as Moses the servant of the Lord had commanded. And first he blessed the people of Israel.
34 त्यसपछि यहोशूले व्यवस्थाका वचनहरू अर्थात् आशिष्हरू र सरापहरू सबै पढे, जस्तो तिनीहरूलाई व्यवस्थाको पुस्तकमा लेखिएको थियो ।
After this he read all the words of the blessing and the cursing and all things that were written in the hook of the law.
35 इस्राएलको भेला अर्थात् महिला, स-साना छोराछोरीहरू र तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूको सामु मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन् ।
He left out nothing of those things which Moses had commanded, but he repeated all before all the people of Israel, with the women and children and strangers that dwelt among them.