< यूहन्ना 1 >
1 सुरुमा वचन हुनुहुन्थ्यो । वचन परमेश्वरसँग हुनुहुन्थ्यो । अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो ।
V začetku je bila beseda, in beseda je bila pri Bogu, in Bog je bila beseda.
2 उहाँ सुरुदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो ।
Ta je bila v začetku pri Bogu.
3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।
Vse je po njej postalo, in brez nje ni nič postalo, kar je postalo.
4 उहाँमा जीवन थियो, अनि त्यो जीवन सबै मानिसहरूका लागि ज्योति थियो ।
V njej je bilo življenje, in življenje je bilo luč ljudém,
5 ज्योति अन्धकारमा चम्किन्छ, अनि अन्धकारले यसलाई जितेन ।
In luč v temi sveti, in tema je ni zapopadla.
6 परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो ।
Bil je človek poslan od Boga, kteremu je bilo ime Janez.
7 उहाँद्वारा सबैले विश्वास गरून् भनेर उहाँ ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।
Ta pride na pričevanje, da priča za luč, da bi vsi verovali po njem.
8 यूहन्ना ज्योति थिएनन्, तर ज्योतिको बारेमा गवाही दिन भनेर उनी आए ।
On ni bil luč, nego da priča za luč.
9 उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्य ज्योति हुनुहुन्थ्यो ।
Bila je prava luč, ktera razsvetljuje vsakega, kteri pride na svet.
10 उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन ।
Na svetu je bil, in svet je po njem postal, in svet ga ni poznal.
11 उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्वीकार गरेनन् ।
V svoje je prišel, in svoji ga niso sprejeli.
12 तर जतिले उहाँलाई स्वीकार गरे अर्थात् उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
A kterikoli so ga sprejeli, dal jim je oblast, da postanejo sinovi Božji, kteri verujejo v ime njegovo;
13 यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए ।
Kteri se niso od krví, ne od volje telesne, ne od volje možá, nego od Boga rodili.
14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
In beseda je telo postala, in nastanila se je med nami, (in videli smo slavo njeno, slavo kakor edinorojenega od očeta, ) polna milosti in resnice.
15 यूहन्नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्यक्ति उहाँ नै हुनुहुन्छ ।”
Janez pričuje za-nj, in vpije, govoreč: Ta je bil, za kogar sem rekel: Ta, ki bo prišel za menoj, postal je pred menoj; kajti bil je poprej, nego jaz.
16 किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ ।
In od polnosti njegove smo mi vsi prejeli, tudi milost za milost.
17 किनकि व्यवस्था मोशाद्वारा दिइयो । अनुग्रह र सत्यता येशू ख्रीष्टद्वारा आयो ।
Kajti postava se je po Mojzesu dala, milost in resnica je postala po Jesusu Kristusu.
18 कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन । पिताको छातीमा अडेस लाग्नुहुने एक मात्र परमेश्वरले उहाँलाई चिनाउनुभएको छ ।
Boga ni nikoli nihče videl; edinorojeni sin, ki je na naročji očetovem, on nam je oznanil.
19 यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ?” भनी सोध्न पठाउँदा यूहन्नाको गवाही यही हो ।
In to je pričevanje Janezovo, ko so poslali Judje iz Jeruzalema duhovne in Levite, naj ga vprašajo: Kdo si ti?
20 उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्ट होइनँ ।”
In priznal je, in ni utajil; in prizna: Jaz nisem Kristus.
21 त्यसकारण, तिनीहरूले उनलाई भने, “त्यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइनँ ।”
In vprašajo ga: Kaj si torej? Elija si ti? Pa reče: Nisem. Prerok si ti? Pa odgovorí: Ne.
22 तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ? तिमी आफ्नै बारेमा के भन्छौ?”
Rekó mu torej: Kdo si? da odgovor dámo tem, kteri so nas poslali. Kaj praviš sam za-se?
23 उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्ताले भने ।”
Reče: Jaz sem "glas vpijočega v puščavi: Poravnajte pot Gospodov;" kakor je povedal Izaija prerok.
24 ती पठाइएकाहरू फरिसीहरूबाटका थिए ।
Ti pa, kteri so bili poslani, bili so izmed Farizejev.
25 तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्ट, न एलिया, न अगमवक्ता नै हौ भने किन बप्तिस्मा दिन्छौ?”
In vprašajo ga, in rekó mu: Za kaj torej krščuješ, če ti nisi Kristus, ne Elija, ne prerok?
26 अनि यूहन्नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्तिस्मा दिन्छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्छ,
Odgovorí jim Janez, govoreč: Jaz krščujem z vodo; stojí pa med vami, kogar vi ne poznate.
27 उहाँ जो मपछि आउनुहुन्छ, म उहाँको जुत्ताको फित्ता खोल्न लायकको छैनँ ।”
On je, kteri ima za menoj priti; komur jaz nisem vreden odvezati jermena na obutalu njegovem.
28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए ।
To se je zgodilo v Betabari onkraj Jordana, kjer je Janez krščeval.
29 अर्को दिन यूहन्नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्वरका थुमा!
Drugi dan ugleda Janez Jezusa, da gre k njemu, ter teče: Glej, jagnje Božje, ktero jemlje greh sveta.
30 मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।
Ta je, za kogar sem jaz rekel: Za menoj gre mož, kteri je pred menoj bil; kajti bil je poprej, nego jaz.
31 म उहाँलाई चिन्दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्तिस्मा दिँदै आएँ ।”
In jaz ga nisem poznal: ali da se razodene Izraelu, za to sem jaz prišel krščevat z vodo.
32 यूहन्नाले यसरी गवाही दिए, “मैले पवित्र आत्मा स्वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्नुभएको देखेँ ।
In pričeval je Janez, govoreč: Videl sem Duha, da shaja ko golob z neba, in ostal je na njem.
33 मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्तिस्मा दिन पठाउनुहुनेले मलाई भन्नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’
In jaz ga nisem poznal; ali kteri me je poslal krščevat, z vodo, ta mi je rekel: Na kogar boš videl, da shaja Duh in ostane na njem, ta je, kteri bo krščeval z Duhom svetim.
34 मैले देखेको, र उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर गवाही दिएको छु ।”
In jaz sem ga videl, in pričeval sem, da je ta sin Božji.
35 फेरि अर्को दिन यूहन्ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
Drugi dan je zopet Janez stal, in dva od učencev njegovih.
36 तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्नाले भने, “हेर, परमेश्वरका थुमा!”
In ko ugleda Jezusa, da gre, reče: Glej, jagnje Božje.
37 यी दुई चेलाले यूहन्नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए ।
In slišala sta ga oba učenca, ko je govoril, ter odideta za Jezusom.
38 तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्नुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरु), तपाईं कहाँ बस्दै हुनुहुन्छ?”
Obrnivši se pa Jezus, in ugledavši ju, da gresta za njim, reče jima: Koga iščeta? Ona mu pa rečeta: Rabi, (kar se pravi, če raztolmačiš: Učenik, ) kje stanuješ?
39 उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि देख्छौ ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे । त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो ।
Velí jima: Pridita in poglejta. Šla sta, in videla sta, kje stanuje; in ostala sta tisti dan pri njem; bilo je pa okoli desete ure.
40 यूहन्नाले भनेको सुन्ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए ।
Eden od teh dveh, ktera sta bila slišala od Janeza, in sta bila šla za njim, bil je Andrej, brat Simona Petra.
41 अन्द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्ट भनिन्छ) लाई भेट्टाएका छौँ ।”
Ta najde najprej brata svojega Simona, in reče mu: Našli smo Mesija (kar se tolmači: Kristus).
42 उनले आफ्ना भाइलाई येशूकहाँ ल्याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ ।
In odpelje ga k Jezusu. Pogledavši pa na-nj Jezus, reče: Ti si Simon sin Jonov; ti se boš imenoval Kefa (kar se tolmači: Peter).
43 अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्नुभयो र उनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
Drugi dan je hotel Jezus vniti v Galilejo; in najde Filipa, in reče mu: Pojdi za menoj.
44 फिलिप बेथसेदाका थिए जुन अन्द्रियास र पत्रुसको सहर थियो ।
Bil je pa Filip iz Betsajde, iz mesta Andrejevega in Petrovega.
45 फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्यवस्थामा र अगमवक्ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ ।”
Filip najde Natanaela, in reče mu: Našli smo ga, za kogar je pisal Mojzes v zakonu in preroki, Jezusa sina Jožefovega iz Nazareta.
46 नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्छ र?” फिलिपले उनलाई भने, “आएर हेर!”
Pa mu Natanael reče: Iz Nazareta da more kaj dobrega biti? Velí mu Filip: Pridi in poglej.
47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्नुभयो र उनलाई उनको बारेमा भन्नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली!”
Jezus vidi Natanaela, da gre k njemu, ter reče za-nj: Glej, prav Izraelec, v kterem ni zvijače.
48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्नुहुन्छ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्नुभयो, “फिलिपले बोलाउनुभन्दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ ।”
Reče mu Natanael: Odkod me poznaš? Jezus odgovorí in mu reče: Videl sem te, predno te je Filip poklical, ko si bil pod smokvo.
49 नथानेलले जवाफ दिए, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ! तपाईं इस्राएलका राजा हुनुहुन्छ!”
Natanael odgovorí in mu reče: Rabi, ti si sin Božji, ti si kralj Izraelov.
50 येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्वास गर्छौ? तिमीले योभन्दा ठुला-ठुला कुराहरू देख्नेछौ ।”
Jezus odgovorí in mu reče: Ker sem ti rekel: Videl sem te pod smokvo, veruješ. Videl boš več od tega.
51 येशूले भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, “तिमीहरूले स्वर्ग उघ्रिएको, अनि परमेश्वरका स्वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्लिरहेका देख्नेछौ ।”
In reče mu: Resnično resnično vam pravim: Odslej boste videli nebo odprto, in angelje Božje stopati gar in dol na sina človečjega.