< यूहन्‍ना 17 >

1 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्‍नुभयो, “पिता, समय आएको छ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस्, ताकि पुत्रले तपाईंलाई महिमित पारोस्,
These words spoke Jesus, and lifted up his eyes to heaven, and said, Father, the hour is come; glorify thy Son, that thy Son also may glorify thee:
2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस् । (aiōnios g166)
As thou hast given him power over all flesh, that he should give eternal life to as many as thou hast given him. (aiōnios g166)
3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्‍टलाई चिनून् । (aiōnios g166)
And this is life eternal, that they may know thee the only true God, and Jesus Christ whom thou hast sent. (aiōnios g166)
4 मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्याएको छु ।
I have glorified thee on the earth: I have finished the work which thou gavest me to do.
5 अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।
And now, O Father, glorify thou me with thy ownself, with the glory which I had with thee before the world was.
6 तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरेँ । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् ।
I have manifested thy name to the men whom thou gavest to me out of the world: thine they were, and thou gavest them to me; and they have kept thy word.
7 अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन्,
Now they have known that all things whatever thou hast given me are from thee.
8 किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्‍चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरे ।
For I have given to them the words which thou gavest me; and they have received [them], and have known surely that I came from thee, and they have believed that thou didst send me.
9 म तिमीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु, किनकि तिनीहरू तपाईंका हुन् ।
I pray for them: I pray not for the world, but for them whom thou hast given to me; for they are thine.
10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु ।
And all mine are thine, and thine are mine; and I am glorified in them.
11 अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन् ।
And now I am no more in the world, but these are in the world, and I come to thee. Holy Father, keep through thy own name those whom thou hast given to me, that they may be one, as we [are].
12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्‍ट भएन, ताकि धर्मशास्‍त्र पुरा होस् ।
While I was with them in the world, I kept them in thy name: those that thou gavest to me I have kept, and none of them is lost but the son of perdition; that the scripture might be fulfilled.
13 अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून् ।
And now I come to thee, and these things I speak in the world, that they may have my joy fulfilled in themselves.
14 मैले तिनीहरूको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।
I have given to them thy word; and the world hath hated them, because they are not of the world, even as I am not of the world.
15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानु होस् भनेर होइन, तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु ।
I pray not that thou shouldst take them out of the world, but that thou shouldst keep them from the evil.
16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् ।
They are not of the world, even as I am not of the world.
17 तिनीहरूलाई सत्यतामा आफ्नै लागि समर्पण गर्नुहोस् । तपाईंको वचन सत्य छ ।
Sanctify them through thy truth: thy word is truth.
18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु ।
As thou hast sent me into the world, even so have I also sent them into the world.
19 तिनीहरूका खातिर म आफैँलाई समर्पण गर्दछु, ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन् ।
And for their sakes I sanctify myself, that they also may be sanctified through the truth.
20 म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन्,
Neither pray I for these alone; but for them also who shall believe on me through their word.
21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।
That they all may be one; as thou, Father, [art] in me, and I in thee, that they also may be one in us: that the world may believe that thou hast sent me.
22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन् ।
And the glory which thou gavest to me, I have given to them; that they may be one, even as we are one.
23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।
I in them, and thou in me, that they may be made perfect in one; and that the world may know that thou hast sent me, and hast loved them as thou hast loved me.
24 हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्‍ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्‍टिअगि देखि नै प्रेम गर्नुभएको छ ।
Father, I will that they also whom thou hast given to me be with me where I am; that they may behold my glory which thou hast given to me: for thou lovedst me before the foundation of the world.
25 हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् ।
O righteous Father, the world hath not known thee: but I have known thee, and these have known that thou hast sent me.
26 मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।
And I have declared to them thy name, and will declare [it]: that the love with which thou hast loved me, may be in them, and I in them.

< यूहन्‍ना 17 >